इनरुवा ढल्केबर ४०० केभीको विद्युत प्रवाह शुरु

  • असार १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ ।

धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मङ्गलबार बेलुका ७ः३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रशारण लाइन चार्ज गरिएको हो । ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रशारण सुरु भएको छ ।

यसअघि ढल्केबर–मुजफ्फरपुर (भारत) अन्तर्देशीय प्रशारण लाइनबाट ४०० केभीमा विद्युत् आयात–निर्यात हुँदै आएको थियो । अब देशभित्र पनि ४०० केभी प्रशारण लाइनबाट विद्युत् प्रवाह सुरु गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै मुख्य रूपमा कोशी प्रदेशका तराईका जिल्लाहरूमा विद्युत् आपूर्तिको भोल्टेज सुधार गर्न, समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापारको परिमाण वृद्धि गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । प्रशारण लाइनले करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्दछ ।

प्रशारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रशारण लाइनबाट हुने विद्युत् आयात–निर्यात परिमाण अब बढाउन सकिने कार्यकारी निर्देशक घिसिङले बताए ।

अहिले दुई देशबीचको विद्युत आयात निर्यात परिमाण ८०० मेगावाट मात्र छ । उनले कोशी कोरिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युतलाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर–इनरुवा प्रशारण लाइनमार्फत ढल्केबर ल्याएर भारतर्फ निर्यात गर्न पनि सकिने बताए ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थाना भर्‍याङस्थित हेटौँडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म दुई सय ८८ किलोमिटर प्रशारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।

प्रशारण लाइनलाई हेटौँडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ ।

डिपोर्टले गर्यो सत प ...

धरान/बिद्यार्थीको फलामे ढोकाको रुपमा रहेको एसइई परीक्षा ...

हत्या आरोपमा होटल सञ ...

विराटनगर/ मोरङको विराटनगरमा ग्राहकको हत्या आरोपमा ...

फिक्कल–नयाँबजार सडक ...

इलाम/ इलामको फिक्कल–जोगमाई–नयाँबजार&nd ...

धरान र बराहक्षेत्र ब ...

धरान/  धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved