धरानमा तेस्रो राष्ट्रिय स्तरीय कुराश प्रतियोगीता सुरु

  • असार १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा तेस्रो राष्ट्रियस्तरीय कुराश प्रतियोगीता आज बुधबार देखी सुरु भएको छ ।

कोशी प्रदेश कुराँश संघको आयोजनामा धरान १६ स्थित रंगशालाको कर्भड हलमा बिहिबार तेस्रो राष्ट्रिय कुरांश प्रतियोगिताको उद्घाटन कोशी खेलकुद बिकास बोर्ड उपाध्यक्ष विन्दीया कार्कीले गरेका छन् ।

उनले भने खेल नै जीवन भएका भन्दै खेलमा लागेका खेलाडीहरु अनुशासीत स्वास्थ्य हुने बताईन ।  नेपालका जुनै खेलका खेलाडीहरूले राष्ट्रिय पदक प्राप्त गरी नेपालको शान मान र ईजज्त दिलाउन सफल रहँदै आएको उनले बताईन ।

खेलाडीहरु राष्ट्रका सम्पत्ति हुन उनीहरुलाई लगानी गरे उन्नत राष्ट निर्माणमा सहयोग पुग्ने बताईन ।

प्रतियोगितामा ७ प्रदेशका १०० जना खेलाडी, ४० जना अफिसियल सहभागी छन् । प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिस प्रदेशका खेलाडीहरू प्रतियोगितामा सहभागी छन् ।

३ दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न पुरूष, महिला, जुनियर र सिनियर चार क्याटेगोरी १९ बिधामा तौल समूहले प्रतिस्पर्धा गर्दैछन् ।

धरानमा हुने राष्ट्रिय प्रतियोगीताको विश्वभर प्रचार हुने भएकोले यसबाट नेपाल तथा धरानको पर्यटन प्रवर्द्धनमा सघाउन पुर्‍याउने उदेश्यले प्रतियोगीताका गरिएको कुराँश संघका केन्द्रीय सदस्य अशोक राईले बताए ।

नेपाल कुराश संघ, राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त खेल संघ हो । प्रतियोगीता संघको आयोजनामा जेठ ११, १२, १३ गते सम्म हुनेछ ।
प्रतियोगीतामा महिला जुनियरतर्फ ३६ केजीमुनि, ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि र ६३ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी महिलाकै सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि प्रतिस्पर्धा हुनेछ ।

पुरूष जुनियरमा भने सात तौल समूहमा प्रतिस्पर्धा हुने छ । पुरुष प्रतिस्पर्धामा २५ केजीमुनि, ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ५० केजीमाथि तौल समूह रहेको छ ।

पुरूषको सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७३ केजीमुनि र ७३ केजीमाथि तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा खेलाडीहरूले कुल १९ स्वर्ण, १९ कास्य र ३८ रजत पदकका प्राप्त गर्ने भएका छन ।
विजेता खेलाडीहरूले १९ स्वर्ण पदक, १९ रजत पदक र ३८ कास्य पदक प्रदान गरिने छ । प्रतियोगीताका उत्कृष्ट खेलाडी १ महिला, १ पुरुषले अतिरिक्त पदक प्राप्त गर्ने भएका छन ।

प्रतियोगीतामा खेलाडीले प्राप्त गरेको पदकको आधारमा प्रथम, द्वितीय र तृतीय टिमलाई शिल्ड प्रदान गरिने भएको छ ।
प्रतियोगिताकाे अध्यक्षता कोशी प्रदेश कुराँस संघका अध्यक्ष दर्गा राईले गरेका थिए ।

प्रतियोगितामा नेपाली काग्रेस धरानका सचिव हिमाल श्रेष्ठ ,जसपा केन्द्रीय सदस्य ताजुव लिम्बु लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरु लगायतको उपस्थिीती रहेको थियो ।

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

हाइवे विस्तारबाट जग् ...

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम् ...

६२ प्रतिशत काम सम्पन ...

धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो ...

शिक्षक आन्दोलनले निर ...

धरान । शिक्षा एउन जारी गर्न माग गर्दै निरन्तर आन्दोलनमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved