वीपी प्रष्ठिानका प्रा.डा. शर्मालाई सम्मान

  • असार १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल मन्त्र बोकेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र मात्र हैन समुदायमै गएर विविध कारणले उपचार गराउन नपाएका सर्वसाधारणलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आएका प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मालाई केएचडिसी कार्यक्रम सञ्चालन गरेर लक्षित वर्गको स्वास्थ्य सेवामा समर्पित भएको भन्दै दोसल्ला सहित कदरपत्रले सम्मान गरिएको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. शर्मासँगै उनको टिमलाई धरान उपमहानगरपालिका वडा नं. ८ वडासमितिले सम्मान गरेको हो । विशेष गरी मेडिसिन विभागमा रहेर उच्च रक्तचाप, मधुमेह, मृगौलाको उपचारमा संलग्न रहँदै आएका प्रा.डा. शर्माले केएचडिसी नामक कार्यक्रम सञ्चालन गरेर पछिल्लो पटक स्थानीय तहसँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी औषधी समेत वितरण गर्दै आएका छन ।

उनीसँगै टिममा खटिएका चिकित्सक, नर्स लगायतका टिमलाई सम्मान गर्न पाउँदा ८ नं. वडा समिति धन्य भएको बताइएको थियो । ८ नं. वडा समितिकी सदस्य एवम् धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा परियारले एक महिनासम्म धरान ८मा रहेका तर स्वास्थ्यमा पहँुच नपुगेका सर्वसाधारणलाई वडामै आएर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी सेवा पुर्‍याएको प्रति धन्यवाद दिइन् । सो अवसरमा उनले धरान ८ मा रहेका १ हजार ८ सय जनाको स्वास्थ्य चेकजाँच गरिएको जानकारी दिईन् ।

प्रा.डा शर्माको टिमले गरेको शिविरबाट शिविरमा उपचार आउनेहरुलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क उपचार गराउनुभएको थियो । सम्मान गरेकोप्रति खुशी प्रकट गर्दै प्रा.डा. शर्माले समुदायमा गएर निःशुल्क उपचार गराउँदा स्वास्थ्यको पहुच नपुगेका अपांग, असहाय, बृद्धबृद्धाहरु लाभान्वित हुने भएकोले स्थानीय सरकारले अझै आफूहरुसँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिए आफू सधै सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाए ।

सो अवसरमा बोल्दै ८ नं वडासमितिका वडाध्यक्ष धनबहादुर राईले वडाबासीलाई माया गरेर चार हप्ता निरन्तर निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिकोमा केएचडिसी परिवारलाई धन्यवाद दिदै आगामी दिनमा पनिसहकार्य गरेर यस्ता प्रकारका कार्यक्रम ल्याउने बताए ।

केएचडिसीले धरान ८ मात्र हैन धरान उपमहानगरपालिकाका धेरै वडाहरुमा वडा कार्यालयसँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

यसभन्दा अगाडि पनि कोशी प्रदेशका विभिन्न जिल्लामा समेत केएचडिसीले निःशुल्क शिविरको आयोजना गर्दै आइरहेको छ । यसलाई निरन्तता दिने प्रा.डा. शर्माले सो अवसरमा प्रतिबद्धता समेत जनाएका छन् ।

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

हाइवे विस्तारबाट जग् ...

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम् ...

६२ प्रतिशत काम सम्पन ...

धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो ...

शिक्षक आन्दोलनले निर ...

धरान । शिक्षा एउन जारी गर्न माग गर्दै निरन्तर आन्दोलनमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved