हामी सडक दुर्घटनाको जोखिममा छौँ :अध्यक्ष भीमज्वाला राई

  • माघ १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाली जनता सडक दुर्घटनाको जोखिममा रहेको र हामी कुनैपनि समय सडक दुर्घटनाको समाचार बन्ने अवस्था रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानको १५ औँ अधिवेशन उद्घाटन समारोहमा सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष राईले नेपालमा सडक दुर्घटना महामारी झै बढिरहेको बताए ।

देशमा भइरहेको सडक दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै प्रत्येक दिन सरदर ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको र ४० जना नेपाली सडक दुर्घटनामा परेर घाइते हुनेगरेको बताए ।

जनयुद्धताका दश वर्षमा १७ हजारको ज्यान जाँदा देशले संकटकालको सामना गर्नु परेको स्मरण गर्दै अहिले भइरहेको सडक दुर्घटनाको दरलाई हेर्ने हो भने दशवर्षमा २८ हजार ८ सयले ज्यान गुमाउने गरेको बताउँदै जनयुद्धभन्दा सडक दुर्घटना भयानक र ठुलो संकट रहेको राईको कथन थियो ।

प्रमुख अतिथि राईले सडक दुर्घटनाका मूल कारण भौतिक, मानविय, यान्त्रीक र पर्यावरणीय रहेको जनाउदै सडक प्रयोगकर्ता सबैमा सचेतना फैलाउन सकिएको खण्डमा मानविय कारणबाट हुने धेरै सडक दुर्घटनाहरु न्युनिकरण गर्न सकिने बताए ।

भीमज्वाला राईले प्रस्तुत गरेको कार्यपत्रमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक सुवास केसीले सुझाव प्रस्तुत गरेका थिए ।

उनले भने, सबैले मिरेर साइलेन्ट किलरका रुपमा प्रकट भएको सडक दुर्घटनालाई न्युनिकरण गर्न सकिन्छ ।’

कोशी बस व्यवसायी तथा यात्रु सेवा प्रालीका अध्यक्ष कृष्ण सुवेदी, इलाका प्रहरी कार्याल धरानका डिएसपी नवराज मल्ल, अधिवक्त पदमप्रसाद इस्वो लगायतले कार्यपत्रमा सुझाव दिनु भएको थियो  ।

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved