हिसान सुनसरीको स्पोर्ट्स मिटमा ६ सय बिद्यार्थीले प्रतिष्पर्धा गर्ने

  • माघ १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८० आइतबार देखी सुरु हुने भएको छ ।

शुक्रबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी १० औं संस्करणको स्पोर्ट्स मिट माघ १४ देखी २० गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।

एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धीचाल र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भटराईले जानकारी दिए ।

गत बर्षदेखी सुरु गरिएको हिसान ५ किलोमिटर रनलाई यसबर्ष पनि निरन्तरता दिने कार्यक्रम संयोजक हेमन्त भण्डारीले जानकारी दिए ।

इटहरीमा हुने पांच किलोमिटर लामो दौड धरान रनको प्रबिधिक संयोजनमा गरिने बताइएको छ ।

स्पोर्टस मिट अन्तर्गत फुटबल धरान र इटहरी रंगशालामा, क्रिकेट इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा र भलिबल पूर्वाञ्चल माबि इटहरीमा हुने संयोजक भण्डारीले बताए ।

यस्तै टेबलटेनिस, ब्याडमिन्टन र एथलेटिक्सका इभेन्ट्सहरु इटहरी रंगशालामा खेलाइने र हिसान हाजिरी जवाफ र बास्केटबल इटहरीस्थित सुष्मा स्कूललमा खेलाइने कार्यक्रमका सहसंयोजक सुवास लुईटेलले बताए ।

हिसान स्पोर्टस मिटमा सुनसरी जिल्लाभरीका ६ हजार ६ सय बिद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने र ६ हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैया खर्च लाग्ने हिसान सुनसरीले जनाएको छ ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved