वराहक्षेत्रमा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

  • माघ १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिकामा पाचौं माध्यमिक बिद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ वराहक्षेत्र नगरपालिका खेलकुद बिकास समितिको आयोजनामा शनिवारबाट नगर स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।

पाचौं नगर स्तरीय माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले गरेका थिए ।

नगर खेलकुद बिकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष कपिल आचार्यको सभाध्यक्षतामा आयोजना भएको उद्घाटन सभामा प्रमुख अतिथि नगर प्रमुख रमेश कार्की रहेका थिए । कार्यक्रममा नगर उप–प्रमुख नन्दकुमारी सुनुवार ,

प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्ल , वडाध्यक्षहरु विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु , कार्यपालिका सदस्यहरु , बडाका जनप्रतिनिधिहरु , बिद्यालयका प्रध्यानाध्यापक लगाएको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रमेश कार्कीले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्व रहेको बताए ।

उनका अनुसार, खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले पनि विद्यार्थी जीवनमा यसको धेरै महत्व हुन्छ ।

उनले खेलकुदले विद्यार्थी जीवनमा ऊर्जा थप्ने काम गर्ने बताए । शैक्षिक स्तरलाई सुधार गर्दै खेलकुदका विभिन्न क्षेत्रमा पनि सहभागी हुनका विद्यार्थीहरुलाई कार्कीले आग्रह गरे ।

प्रतियोगितामा एथ्लेटिक, छेलो , कबड्डी , कराते , भलिबल लगाएका विधाका खेलमा विभिन्न दुरी ,

बिभिन तौल र छात्र तथा छात्रामा बिभाजन गरेर खेल हुने वराहक्षेत्र नगरपालिका खेलकुद विकास समितिका संयोजक कपिल आचार्यले जानकारी दिए ।

प्रतियोगितामा पालिकामा रहेका सामुदायिक र संस्थागत माध्यमिक तहका विद्यालयका बिद्यार्थीहरु सहभागी रहेने नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देबेन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रतियोगितामा कक्षा ९ देखि १२ कक्षामा अध्ययन गरिरहेका बिद्यार्थीहरुको सहभागीता रहेको र प्रत्येक विधामा विजयी हुनेले सिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

वराहक्षेत्र नगरपालिका वडा नं ७ देविघाट स्थित बसन्त ऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगिता शनिबारदेखि सोमवारसम्म तिन दिन सञ्चालन हुनेछ ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved