मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने राजनितिक उतारचढावले हतारिए

  • आश्विन ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण गत शनिबार नियुक्त भएका प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार नै प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

गत शनिवार नियुक्त भई आइतवार मात्रै शपथ लिएका मुख्यमन्त्री कार्कीले हतार हतार विश्वासको मत लिन लागेका हुन् ।

कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यो धारा अनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि उनले बुधवार नै विश्वासको मत लिन लागेका छन् ।

त्यही भएर पनि उनी तत्कालै विश्वासको मत लिन लागेको कार्कीनिकट स्रोत बताउँछ ।

‘विश्वासको मत लिन ढिला गर्दा धेरै चलखेल हुने भयो, गठबन्धनले मेरो मुख्यमन्त्री भन्ने, एमालेले मैले बनाएको मुख्यमन्त्री भन्ने, मन्त्रीमण्डल विस्तार र जिम्मेवारीमा हस्तक्षेप हुने अवस्था आउने भयो’ स्रोत भन्छ, ‘विश्वासको मत लिएपछि भने जो–जोसँग मिलेर अगाडि बढे पनि भयो, मुख्यमन्त्रीलाई जोखिम हुँदा मध्यावधिमा जान्छ, मध्यावधि हुँदा सबै दललाई जोखिम हुन्छ ।’

मुख्यमन्त्री नियुक्ति भएको दिन नै कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाले गरेको सहमति पत्र सार्वजनिक भए सँगै एमाले पनि शंसकित भएको छ । यता एमालेले बनाएको मुख्यमन्त्री भएका कारण कार्कीलाई पनि आशंका र अविश्वास कायमै छ ।

शंका र अविश्वास आइतबार मुख्यमन्त्रीले लिएको शपथग्रहण र मन्त्रीमण्डल विस्तारमा पनि देखियो ।

एमालेले आफ्ना तीन जनालाई पहिलो चरणमै मन्त्री नियुक्त गर्न मुख्यमन्त्री कार्कीलाई दबाब दिएको थियो ।

जसमा रामबहादुर रानासहित एकराज कार्की र सिर्जना राई रहेका थिए । तर, कार्कीले एमालेका तीन जना नियुक्त गर्ने भए काँग्रेसबाट पनि थप्छु भनेपछि उक्त कुरा रोकियो ।

मन्त्री नियुक्त हुने दिन आइतबार संचारमाध्यामलाई प्रतिक्रिया दिँदै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सांसद संख्याको आधारमा मन्त्रीमण्डल विस्तार हुनुपर्ने बताएका थिए ।

कांग्रेस नेता कार्कीले पार्टीमा विद्रोह गरेर एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनले एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गरिसकेका छन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधवार कोशी प्रदेशसभा बैठक बोलाइएको छ ।

यता संसद सचिवालयले जारी गरेको सूचनामा भने मुख्यमन्त्रीले विश्वासको मत लिने विषय भने उल्लेख छैन ।

तर, प्रदेशसभा सचिव गोपाल पराजुलीले मंगलबार सम्ममा प्रदेशसभामा सूचना आउनसक्ने बताए । उनले भने, ‘अहिलेसम्म विश्वासको मत लिने विषयमा कुनै जानकारी आएको छैन, आइतबार दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ, सम्भवतः त्यही बैठकमा सबै कुरा थाहा होला ।’

सरकारका प्रवक्ता तथा मन्त्री शम्शेर राईले विश्वासको मत लिनकै लागि प्रदेशसभा आह्वान गरिएको भए पनि यसको मितिबारे मुख्यमन्त्रीले निर्णय गर्ने बताए । उनले भने, ‘सम्भवतः विश्वासको मत लिनकै लागि बैठक बोलाइएको हुनुपर्छ, यस विषयमा मुख्यमन्त्रीले नै निर्णय लिने कुरा हो, तर, लाक्षणिक हिसावले भन्नु पर्दा त्यही बुझ्दा हुन्छ ।’

यसअघि असोज २० गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाएको बैठकमा उनले राजीनामा घोषणा गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक अर्को मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि फेरि बोलाइएको हो ।

यदि कार्कीले विश्वासको मत लिन नसकेमा कोशी प्रदेशसभा मध्यावधि चुनावमा जाने छ ।

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सामाजिक स्वास्थ्य क् ...

धरान/  विगत ३ वर्षदेखि आयोजना हु“दै आएक ...

सार्वजनिक सम्पत्ति ...

धरान–१४ स्थित दुई धारेबाट दक्षिणतर्पm रहेको नरसिं ...

दिल्लीको होटलबाट ओखल ...

धरान/  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved