मन्दिर आसपासका क्षेत्रमा सरसफाई

  • आश्विन २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपालीहरुको राष्ट्रिय पर्व दशै नजिकिदै जाँदा धरानको धार्मिक क्षेत्र आसपासका सडक सरसफाई शुरु भएको छ ।

अन्य दिनमा सरसफाई नभए पनि चाडवाड नजिकिएसँगै धरान १४ विजयपुर क्षेत्रमा रहेका सडकहरु सरसफाइ गरिएको हो ।

सरसफाई अभियानको अगुवाई पूर्व प्रहरी संघ धरानले गरेको छ । यसमा वहालवाला प्रहरीले समेत प्रहरीलाई सहयोग गरेको छ ।

धरान १४ विजयपुरमा रहेको दन्तकाली मन्दिरदेखि दुईधारेसम्म रहेका सडक आसपासमा भएका फोहोरहरु सरसफाई गरिएको हो ।

बहालवाला प्रहरी र पूर्व प्रहरी गरेर १ सय जनाको टोलीले सरसफाई गरको पूर्व प्रहरी संघ धरानका अध्यक्ष कालुराम राईले बताए ।

उनले सरसफाई अभियान निरन्तर गर्ने बताए ।
विगतमा मुख्य सडकमात्र सरसफाई गर्ने गरिन्थ्यो तर अहिले भने दुईधारेदेखि सिढीबाट दन्तकालीसम्म पुग्ने शाखा बाटो सरसरसफाई गर्दा दशैमा शक्तिपीठमा आउने सर्वसाधारणलाई सहज हुने मन्दिरका पूजारी कमल भट्टराईले बताए ।

धार्मिक पर्यटकीय क्षेत्रको सरसफाई विभिन्न संघ संस्थाले गरिरहँदा १४ नं. वडाले समेत तदरुकता देखाइरहेको अवस्थामा धार्मिक क्षेत्रमा भएको सडकको नियमित सरसफाइका लागि वडाबाट छलफल भइरहेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

अनेमसंघ मोरङको अध्यक ...

मोरङ/  नेकपा एमाले निकट अखिल नेपाल महिला संघ ...

ज्येष्ठ नागरिकलाई भ् ...

धरान/ स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको ...

वराहक्षेत्रको बाक्सि ...

वराहक्षेत्र/ गाउँमा मोटर बाटोसंगै चारपाङ्गे गाडि आ ...

कोशी सरकार : आज मुख् ...

मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved