कोशी सरकारबारे गठबन्धनको ७ बुँदे गठबन्धन र कांग्रेसभित्र तीन दिनको टाइमलाइन

  • आश्विन २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं/  कोशी प्रदेशको राजनीतिले सत्ता गठबन्धनमा हलचल ल्याइसकेको छ । कांग्रेसभित्रकै एकले अर्कोलाई निषेध गर्ने राजनीति देखेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने आजित भएका छन् ।

कोशीमा गठबन्धनको बहुमत छ तर एक महिनापछि विश्वासको मत लिनेबेला सभाध्यक्षले मत दिन पाउँदैनन् । एमालेले उपसभामुखलाई फेरि पनि अनुपस्थित गराउने निश्चित छ । त्यो अवस्थामा कोशी मध्यावधिमा जान्छ ।

मध्यावधिमा जान नदिनका लागि राप्रपालाई मुख्यमन्त्री दिने विकल्पमा अझै गठबन्धन तयार छैन । हिजो एमालेलाई प्रतिगामीसँग मिलेको आरोप लगाउने गठबन्धन आज त्यही कथित प्रतिगामी शक्ति राप्रपालाई फकाउन प्रयासरत छ तर राजेन्द्र लिङ्देनले भाउ दिएका छैनन् ।

कांग्रेसलाई मुख्यमन्त्री मान्न गठबन्धनमा समस्या छैन । तर कांग्रेसभित्रै दलका नेता उद्धव थापाको विकल्प खोज्नेबारेमा विवाद छ । थापाले विश्वासको मत नपाउने निश्चित भएकाले उनको विकल्प खोज्नुपर्ने डा. शेखर कोइराला पक्षको प्रस्तावमा संस्थापन पक्ष असहमत देखिएको छ ।

देउवामाथि कृष्ण सिटौलाको दबाब छ । शेखर पक्षकै महामन्त्री गगन थापाले उद्धव थापाको विकल्प खोज्न नचाहेपछि संस्थापन पक्ष थप बलियो भएको छ । तर, अब शेखर एक कदम अघि बढिसकेका छन् । उनले एमालेसँग संवाद चलाएका छन् र एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउने पहल अघि बढेको छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार गठनमा हरेक सांसद स्वतन्त्र हैसियतमा रहने भएकाले ह्वीप लाग्दैन । आफैँले ल्याएको परमादेशको फन्दामा देउवा परेका छन् । देउवालाई प्रधानमन्त्री बनाउनका लागि सर्वोच्चले दिएको परमादेशमा उक्त धारामा सांसदको हैसियत स्वतन्त्र रहने र कारबाही गर्न नमिल्ने भनिएको छ ।

एमालेका लागि मध्यावधि रोक्ने र गठबन्धन पनि तोड्ने कडीका रूपमा कोशीको मुख्यमन्त्री पद शेखर पक्षलाई दिने विकल्प छ । किनकि एमाले र राप्रपा मिल्दा पनि ४६ मात्र हुने भएकाले प्रदेश प्रमुखसमक्ष दाबी गर्ने हैसियत पनि पुग्दैन । बरु कांग्रेसलाई तोडफोड गर्ने मौका उसको सामु छ जसका कारण शेखर पक्षसँग सहकार्यको ढोका पनि खुल्छ ।

शेखर पनि आफूविरुद्ध पार्टीभित्रबाटै आफ्नै गृह प्रदेशमा घेराबन्दी गर्न खोजिएपछि एमालेसँग सहकार्यको विकल्पमा जान बाध्य भएका छन् । त्यसो गर्दा सभामुख पनि एमालेले पाउन सक्छ र कोशीमा एमाले र शेखर पक्ष तथा राप्रपाको सरकार बन्न सक्छ ।

यसबीचमा शेखरले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।
यद्यपि यो विकल्प अन्तिम चरणमा भने पुगेको छैन । किनकि केदार कार्कीले त्यो विकल्पमा अन्तिमसम्म खुट्टा टेक्न सक्छन् कि सक्दैनन् भन्ने शंका एमालेलाई छ ।

शेखरले बलियो ढाडस दिएर केदारले खुट्टा टेकेको अवस्थामा एमालेले उनलाई मुख्यमन्त्री बनाइदिने नेताहरू बताउँछन् । के अब एमाले र शेखर पक्षको सरकार बन्ने हो त ? कोशीमा यसबारेमा बहस निकै अघि बढे पनि सबैको ध्यान माथितिरै छ ।

त्यसअघि गठबन्धन र कांग्रेसभित्र तीन दिनको बीचमा भएका घटनाक्रमलाई सात बुँदामा बुझौँ,

१. प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोशीमा गठबन्धन जोगाउन शेखर कोइराला पक्षलाई मुख्यमन्त्री दिन तयार छन् ।

२. सिटौलाको दबाबमा शेखर पक्षलाई मुख्यमन्त्री बनाउन देउवा तयार छैनन् । उद्धव थापा नहुने हो भने बरु माओवादीले लैजाओस् भन्नेमा संस्थापन पक्ष छ ।

३. सोमबार बिहान प्रचण्ड, शेखर र डा. मिनेन्द्रबीच भेट भएको थियो । भेटमा प्रचण्ड गठबन्धन जोगाउने मूल्यमा केदारलाई मुख्यमन्त्री मान्न तयार भए । तर, देउवा र कांग्रेसका अरू पदाधिकारीले मानेनन् ।

४. सोमवारको प्रचण्डको भेटपछि देउवासँग शेखरले मंगलबार भेटे । तर, देउवा शेखरको कुरा सुन्न तयार भएनन् । बरु उनी माओवादीलाई मुख्यमन्त्री दिन तयार देखिए । देउवाले केदारलाई मुख्यमन्त्री मान्न महामन्त्रीहरूसमेत तयार नभएको जवाफ दिएका छन् ।

५. महामन्त्री विश्वप्रकाश शर्माको प्रदेश भएकाले अर्का महामन्त्री गगन थापा यो प्रकरणमा बाहिर खुलेका छैनन् । उनीहरू दुवै आलोपालोको नाममा माओवादीलाई मुख्यमन्त्री दिन तयार छन् ।

६. माओवादी सांसद तथा सरकार गठनका लागि सभामुखबाट राजीनामा दिएर सडकमा पुगेका बाबुराम गौतम मुख्यमन्त्री माग्न प्रचण्डसमक्ष प्रचण्डले वचन दिएनन् । बरु गठबन्धन जोगाउन शेखर पक्षलाई मुख्यमन्त्री दिन सकिने संकेत गरेका थिए ।

७. कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बहुमत नपाउने निश्चित छ । किनकि त्यो अवस्थामा केदार कार्कीसहित कांग्रेसकै केही सांसदले उनलाई समर्थन नगर्ने सम्भावना छ । गठबन्धनले निर्णय नलिए एमाले र राप्रपाको समर्थन केदारले जुटाएर पनि मुख्यमन्त्री हुने सम्भावना यथावत् छ ।

अनेमसंघ मोरङको अध्यक ...

मोरङ/  नेकपा एमाले निकट अखिल नेपाल महिला संघ ...

ज्येष्ठ नागरिकलाई भ् ...

धरान/ स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको ...

वराहक्षेत्रको बाक्सि ...

वराहक्षेत्र/ गाउँमा मोटर बाटोसंगै चारपाङ्गे गाडि आ ...

कोशी सरकार : आज मुख् ...

मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved