सहरका चरालाई पानी पिलाउँदै

  • असोज २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt - भगीरथ भण्डारी

इलाम/  पृथ्वीमा रहेका हरेक प्राणीलाई बाँच्नका लागि पानी धेरै महत्वपूर्ण छ ।

तिर्खाएको बेला प्यास मेट्न नपाउँदाको अवस्थाले मृत्यु सम्म हुने गर्दछ ।

वन जङ्गलमा हुने चराचुरुङ्गी त खोला खोल्साबाट प्यास मेट्न पाउँछन भने सहर बजारका चरा भने छतमा पानी भेटे भने मात्रै प्यास मेट्न पाउने गर्दछन् । तर अब इलामका बजार क्षेत्रमा रहेका चराले भने प्यास मेट्न खोला खोल्सा जान नपर्ने भएको छ ।

डिभिजन वन कार्यालय इलामले चराको लागि छतमा पानी व्यवस्थापन कार्यक्रम अन्तर्गत पानी पिउनका लागि सहज बनाउने भएसँगै इलाम बजारका चराले छतबाट पानी पिउने भएका छन् । डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत गजेन्द्र श्रेष्ठका अनुसार यस कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन समेत भएको छ ।

‘सहर बजारको आकाशमा उडिरहेका चराले पानी खाने ठाउँ हुँदैन, नाली पनि बन्द हुन्छन् उनले भने, घरको छतमा एउटा भाँडो राखेर नियमित एक लिटर पानी राखिदिने हो भने त्यहाँबाटै चराले पानी पिउँछन् ।’ डिभिजन वन कार्यालयले सुरुमा इलामका सबै सरकारी कार्यालयको छतमा एउटा भाँडा राखेर दैनिक एक लिटर पानी हाल्ने गरिएको व्यवस्थापन गर्ने गरी लागेको जनाएको छ ।

सरकारी कार्यालयसँग समन्वय गरी कार्यालय खोलेपछि सुरुमा उक्त भाँडामा एक लिटर पानी हाल्ने र मात्रै अन्य कामको थालनी गर्ने गरीको समन्वय गर्न लागेको हो ।

इलामका बजार रहेको इलाम बजार, मगलबारे, फिक्कल, माई लगायतका बजार क्षेत्रमा पहिलो चरणमा काम गर्ने योजना रहेको छ । अधिकृत श्रेष्ठका अनुसार तीन देखि चार लाखमा भाँडा खरिद गरेर छतमा राख्ने र पानी हाल्ने व्यवस्थाको लागि कार्यविधि नै स्विकृत भएर आएको भन्दै भाडा कस्तो बनाउने भन्ने विषयमा छलफल गरेरै काम थाल्ने योजना रहेको छ ।

छतमा हावाले नउडाउने गरिएको र नझर्ने गरीको चाहिने भएको हुँदा माटोको फलराकिलो भाँडा बनाउनै लगाएर राख्नुपर्ने भन्दै अधिकृत श्रेष्ठले भने, बजारमा चराका लागि चारोको व्यवस्था गरिएको छ, दैनिक बिहान चोक बजारमा चारो हालिन्छ तर चराले पानी पिउन पाएका छैनन् त्यस कारण चरालाई पनि पानी आवश्यक छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गर्न लागेको हो ।’ बजार क्षेत्रमा धेरैजसो काग र परेवा हुने गर्दछन् भने अन्य चरा पनि बसोबास गर्दछन् ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved