धरान हेल्पिङ ह्याण्ड्स युएईमा पुनः श्रेष्ठ

  • असोज २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

युएई/ यूएई कार्यरत धरानेहरुको साझा सामाजिक संस्था धरान हेल्पिङ ह्याण्ड्स, युएईको छैठौ महाधिवेशन सम्पन्न भएको छ ।

सर्वसम्मतरुपमा चयन भएको कार्यसमितिमा अध्यक्षमा ईश्वर श्रेष्ठ, उपाध्यक्षमा तिर्थ राई, ज्वाला श्रेष्ठ र अनुप तामाङ, महासचिवमा विक्रम तामाङ, सचिवमा मनोज मास्के, विनोद राई, देवान राई, रमेश खत्री र मनोज कुमार भुजेल, कोषाध्यक्षमा सुमित्रा लिम्बू र सहकोषाध्यक्षमा ओमप्रकाश शाह चयन भएका छन भने सदस्यमा रमेश श्रेष्ठ, मेघराज लिम्बू र असिम चाम्लीङ राई चुनिए ।

दुबईको रेनर्टी होटलमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पासाङ शेर्पा संयोजक, आदिबासी जनजाती महासंघ अन्तराष्ट्रिय समन्वय परिषद्, तथा

अध्यक्ष, गैर आवासिय नेपाली संघ, तदर्थ समिति यूएई, विशेष अतिथि सी. पी.सापकोटा, संस्थापक अध्यक्ष तथा बरिष्ठ समाजसेवी, नेपाली समाज यूएई, रेशम खनाल, उपाध्यक्ष नेपाली समाज विरेन्द्र नकर्मी, अध्यक्ष, नेवाः पुचः, यूएई, अतिथिमा सुधिर थापा, प्रकाश पौडेल, पत्रकार उमाकान्त पौडेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

संस्थाका प्रमुख संरक्षक तथा निर्वाचन समिति संयोजक सोम तामाङ, सदस्य प्रकाश देवान, किशोर मादेन समेतको समितिले नयाँ कार्य समितिको घोषणा गरेका थिए भने कार्यक्रमको स्वागत मन्तव्य ओमप्रकाश शाह, संगाठानिक प्रतिवेदन विक्रम तामाङ तथा आर्थिक प्रतिवेदन सुमित्रा लिम्वूले प्रस्तुत गरेका थिए ।

साथै संस्थालाई लामो समयदेखी आर्थिक तथा बिभिन्न सहयोग गर्नु हुने ब्यबसायी, खेलाडी तथा ब्यक्तीहरुलाई कदर पत्र प्रदान गरीएको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved