मानवसेवा आश्रमका आश्रितलाई भोजन

  • असोज २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहगोगी हातहरु पछिल्लो समय बढ्दै गएका छन् ।

विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ ।

आश्रमको कार्यबाट प्रभावित भएर समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले भोजन गराउनदेखि आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको हो ।

यसै क्रममा सोह्रश्राद्धको अवसर पारेर कवि एवं पत्रकार मीनकुमार नवोदितले मानवसेवा आश्रममा आश्रितहरुलाई आज बिहानको भोजन गराए ।

नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष समेत रहेका नवोदितले बुवा गंगाबहादुर र आमा धनमाया श्रेष्ठसहित पितृहरुको स्मृतिमा आश्रित सडकआश्रित मानवहरुलाई भोजन गराएका हुन् ।

सो अवसरमा नवोदितले अनावश्यक खर्चलाई कटौती गरेर सडक आश्रित मानवहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

वैवाहिक उत्सव, जन्मदिन, पितृकार्यलगायत विभिन्न अवसरमा हुने खर्च आश्रित मानवका लागि खर्च गर्दा छुट्टै आनन्द आउने उनको भनाइ थियो ।

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले समयसँगै संस्कार र संस्कृतिमा पनि परिवर्तन हुनुपर्ने बताए ।

मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै नेउपानेले विभिन्न नाममा गरिने अनावश्यक खर्चलाई कटौती गरेर आश्रित असहायहरुका लागि खर्च गर्न सबैलाई आग्रहसमेत गरे । युवा पत्रकार वीरेन्द्रकुमार साहले आफूले विगतदेखि नै मानव सेवा आश्रमसित नजिक भएर काम गरिरहेको सुनाए ।

सो आश्रममा ६० जना महिलाहरुले आश्रय लिएको मानवसेवा आश्रमकी स्वयमसेवक पार्वती तिवारीले जानकारी दिइन् ।

पछिल्लो समय वैवाहिक उत्सव, जन्मदिन, पितृकार्य लगायतका अवसरमा आश्रममा आश्रितलाई खाना खुवाउने र आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको तिवारीले बताइन् ।

सो अवसरमा व्यवसायी श्याम श्रेष्ठले खाद्य सामग्री प्रदान गरे ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved