शैक्षिक गुणस्तरको जानकारी लिदै वडा नम्बर चौध

  • आश्विन २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सामुदायीक तथा नीजि विद्यालयहरु स्थानीय सरकार मातहत आएपछि स्थानीय सरकारले यसको शैक्षिक गुणस्तर सुधारका लागि धरान उपमहानरपालिका वडा नं.. १४ ले सोही वडामा रहेको दन्तकाली माविको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको छ ।

नीजि विद्यालयको तुलनामा सामुदायीक विद्यालयको गुणस्तर खस्किएको विषयमा व्यापक जनगुनासो बढिरहेको छ ।

जनगुनासोलाई आत्मसात गर्दै वडामा रहेका सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको हो ।

वडाले विद्यालयको भौतिक संरचनाको अवस्था, अध्ययन तथा अध्यापन गर्ने वातावरण, विद्यालयको शैक्षिक गुणस्तरको विषयमा बुझ्ने काम गरेको थियो ।

वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको नेतृत्वमा वडा सदस्य झरना मुखिया (पौडेल), कमल भट्टराइको संयुक्त टोली दन्तकाली माविमा पुगेको थियो ।

समय समयमा स्थानीय सरकारले शैक्षिक गुणस्तरको जानकारी लिइरहनुपर्ने अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुले बताएका छन् ।

विद्यालयका निमित्त प्रधानाध्यापक दुर्गा थापाले शैक्षिक गुणस्तरको विषयमा समय समयमा स्थानीयतहले जानकारी लिनु सकारात्मक पक्ष भएको बताएका छन् ।

उनले विद्यालयको भौतिक सरचना, शैक्षिक गुणस्तरका विषयमा जानकारी लिएर सम्बन्धित पक्षलाई जानकारी गराउन पहल गर्न सके यसले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने बताए ।

दन्तकाली माविमा कक्षा ९ मा अध्ययनरत छात्रा समीक्षा पौडेलले स्थानीय सरकारले अपनत्व महसुस गरी जानकारी लिनु सकारात्मक पक्ष भएको बताएकी छन् ।

 सामुदायीक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि विद्यालयको अवस्थाको बारेमा जानकारी लिइएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

वडाबाट गरिएको यस्तो जानकारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुने अपेक्षा अभिभावकहरुले समेत लिएका छन् ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved