धरानमा मासु पसल बन्द : बन्दको घोषणाले स्थानीय आक्रोशित

  • आश्विन २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  बंगुरको मासुको मुल्य विवादमा धरानका मासु व्यवसायीहरुले अनिश्चितकालिन मासु पसल बन्द गर्ने घोषणा गरे पछि स्थानीयहरु आक्रोशित बनेका छन् ।

मासु व्यवसायीहरूले सुँगुरको मासुको मूल्य दुई महिनामा दुई पटक वृद्धि गरेका छन् । यसले उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।

गत सोमबार धरान उपमहानगरपालिकामा बजार अनुगमन समितियले बंगुरको मासुको ५ सय रुपैयाबाट घटाएर मुल्य ४ सय ६० मा समायोजन गर्ने निर्णय गरेको थियो । निर्णयको विरोधमा मासु व्यवसायीहरुले अनिश्चितकालिन बन्दको घोषणा गरे पछि स्थानीयहरु पनि आक्रोशित बनेका हुन् ।

आफुखुशी बंगुरको मासुको मुल्य बढाएको भन्दै सामाजिक संजालहरुमा स्थानीयले आक्रोश पोखेका छन् ।

उपमहानगरले यस अघि बंगुरको मासुको मुल्य ४ सय रुपैया तोकेको थियो । व्यवसायीले घाटा भएको भन्दै अहिले ५ रुपैया पुर्याएका थिए । उपभोक्ताहरुले भने तीन महिनामै आफूखुशी मूल्य बढाइनु न्यायोचित नभएको र आफूहरु मर्कामा परेको गुनासो गर्न थालेका छन् ।

मासु व्यवसायी संघको नेतृत्वमा मासुको मूल्य १ सय रुपैयाँले वृद्धि गरेपछि धरान उपमहानगरपालिकाले सर्वपक्षीय छलफल राख्दै प्रतिकिलो ६० रुपैयाँ मात्रै वृद्धि गर्ने निर्णय गरेको थियो । मासु व्यवसायी संघले भने निर्णयप्रति असन्तुष्ट जनाएको छ । उसले आफ्ना मातहतका सबै मासु व्यवसायी र अन्य मासु व्यवसायीलाई पनि पसल बन्द गरी सहयोग गर्न आग्रह गरेको थियो ।

मासु व्यवसायीहरूले दुई महिनाअघि मात्रै सुँगुरको मासुमा प्रतिकिलो ४० रुपैयाँ वृद्धि गरी ४ सय रुपैयाँ पुर्याएका थिए ।

धरान मासु व्यवसायी संघको निर्णयको चौतर्फी विरोध भएको छ ।
मासु व्यवसायीहरुले मंगलबार पसलहरु बन्द गर्दै आन्दोलनमा उत्रिएका छन् ।

मासु पसल बन्द भए पछि स्थानीयहरुले उपभोक्ताहरुलाई मारमा पारेको भन्दै आक्रोश पाखेका छन् भने केही मासु व्यवसायीले नै पनि बन्दको विरोध गरेका छन् ।
मासु पसल बन्द गराउँदै आए पछि धरान ७ स्थित पानवारी स्टेण्डमा रहेको मासु व्यवसायी राम साहीले पसल बन्द गर्न मानेनन् । उनले आफुहरुको अलग्गै संघ रहेको र उक्त संघले आग्रह गरेमा मात्र बन्द गर्ने अडान लिए । त्यसक्रममा केहीबेर भनाभन पनि परेको थियो ।

मासु व्यवसायीहरुको विरोध गर्दै धरान ५ का श्री राईले सामाजिक संजालमा महामारीमा मासुको पैसा बढाउने अनि मासु पसल बन्द गर्ने माफियाहरुलाई धरानबाटै लखेट्नु पर्ने बताएका छन् । सुंगुर पाल्ने आफैले काटेर बेच्न पाउने पर्ने पनि उनले बताएका छन् ।

चाडबाड नजिकिदै गर्दा मासुको मुल्य वृद्धि गरेर उपभोक्ताको ढाँड सेक्ने कामको अन्त्य गरिनुपर्ने धरान १५ का मनिष राई बताउँछन् ।

उनले भने, चाडबाड नजिकिदै छ, यस्तो समयमा आवश्यक रुपमा मासु खाने चलन छ, त्यही मौका छोपेर भाउ बढाउनु राम्रो भएन, यो घटाउनु पर्छ ।’ कृषकलाई मारमा पारेर व्यवसायीहरुले लुट्न खोजेको उनको आरोप छ ।

यता धरान उपमहानगरपालिकाले पनि विज्ञप्ती जारी गर्दै पसल बन्द नगर्न आग्रह गरेको छ । मंगलबार प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले विज्ञप्ती जारी गर्दै मासुपसल हरु बन्द नगर्न आग्रह गरेको छ ।
मासु व्यवसायी संघ धरानका अध्यक्ष मदन तामाङले व्यवसायीहरुलाई गाह्रो भएपनि बाध्य भएर आफुहरु आन्दोलनमा उत्रनुपरेको बताए ।

 

एमालेले मिसन –८४ द्ध ...

इटहरी/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उ ...

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved