प्रहरी दिवसको अवसरमा विद्यालयलाई सहयोग

  • आश्विन २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाल प्रहरी श्रीमति संघले धरान १६ मा रहेको भगवती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गरेको छ ।

संघकी अध्यक्ष अजिता देवकोटा वास्तोलाको उपस्थितिमा ६८ औ प्रहरी दिवसको अवसरमा विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी एउटा व्याग, तीवटा कपी, एक प्याकेट प्यानसिल वितरण गरेको हो ।

प्रहरी संगठनको स्थापना २०१२ असोज ३१ गते भएको हो । संगठनको स्थापना भएकै दिन प्रहरी दिवसको रुपमा मनाउने गरिएको छ ।

सामाजिक कार्यमा सक्रिय यो संघले स्थापनाकालदेखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभएर सहाराविहीन, अशक्त, ज्येष्ठ नागरिक र निम्न आए भएका विद्यार्थीहरुलाई विभिन्न सहयोग पुर्‍याउदै आएको छ ।

सामाजिक कार्यमा सक्रिय संघले यस भन्दा अगाडि पनि विभिन्न विद्यालयमा वितरण गर्दै आइरहेको संघकी अध्यक्ष अजिता देवकोटा वास्तोलाले बताइन् ।

उनले यस भन्दा अगाडि मोरङका विभिन्न विद्यालय, सुनसरीको चतरा स्टेशनरी सामानहरु वितरण गरेको बताउनुभयो । निम्न आय भएका विद्यार्थीहरु जसलाई अभिभावकले व्याक, कपि, पेन्सिल जस्ता स्टेशनरी सामान खरिद गर्न नसक्ने अवस्थाका छन् उनीहरुलई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले भगवाती माविका विद्यार्थीहरुलाई सहयोग गरिएको अध्यक्ष वास्तोलाले बताइन् ।

यसका अलावा संघले कोशी प्रदेशका विभिन्न ठाउँमा स्वास्थ्य शिविर, विभिन्न जनचेतामूलक कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम लगायतका कार्यक्रम समेत गर्दै आएको उनको भनाई छ ।

संघले वितरण गरेको स्टेशनरी सामानले आफूहरुलाई धेरै सहयोग पुगेको स्वयम् विद्यार्थीहरुले बताएका थिए ।

मुलुकमा आइपरेको विपत्तिका समयमा, निम्न आय भएकाहरुको सहयोगमा तथा निम्न आय भएका विद्यार्थीहरुलाई निरन्तर सहयोग गर्दै आएको नेपाल प्रहरी श्रीमति सघको सामाजिक कार्यको धरानका बुद्धिजिवी, समाजसेवी तथा शिक्षाविद्हरुले प्रशंसा गरेका थिए ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved