शान्ति सुरक्षामा प्रहरीको भूमिका महत्वपूर्ण : कार्की

  • असोज २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराैला कार्कीले प्रदेश राजधानी विराटनगरलाई सुरक्षित राख्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताईन ।

६८ औं प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रदेश राजधानी विराटनगरमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् ।

राजधानी सुरक्षित भयो भने प्रदेशका अन्य स्थान पनि सुरक्षित हुने उनको भनाइ थियो ।

सीमित स्रोत साधनका बाबजुत पनि शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताईन ।

उनले विराटनगरको सुरक्षाका लागि महानगरका तर्फबाट प्रहरीलाई सधैं सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, प्रदेश तालिम केन्द्रका प्रहरी प्रमुख एसएसपी राजन अधिकारी, एसएसपी जय सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रक्तदान समेत आयोजना गरिएको थियो । कार्कीले रक्तदान कार्यक्रमको समेत शुभारम्भ गरेकी थिईन् । प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

 

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved