हिविसकसले क्विज मेनिया आयोजना गर्ने

  • आश्विन १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  हिविसकस इङलिस वोडिङ स्कुल धरान १५ ले दोस्रो हिविसकस क्विज मेनिया अयाोजना गर्ने भएको छ ।

विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्दै लोकसेवा आयोगको लागि पूर्व अभ्यास गर्नको लागि सहज होस भन्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

आयोजकले दिएको जानकारी अनुसार धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालय गरी खुल्ला धरान नगर स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

धरानमा खेलकुद लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन हुदै आएपनि हाजिरी जवाफ प्रतियोगिता भने कम हुने गरेको छ ।

विद्यार्थीहरुलाई सामान्य ज्ञानको अध्ययनमा प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको स्कुलका निर्देशक गंंगाराम राईले जानकारी दिए ।

प्रतियोगितामा सहभागीताका लागि धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालयलाई पत्राचार गरी सकेको स्कुलले जानकारी दिएको छ ।

स्कुलका निर्देशक राईका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय, चौथो र पाचौं हुने विजेताहरुलाई क्रमसः १२ हजार, १० हजार, ८ हजार, ६ हजार, ४ हजार सहित ट्रफि मेडल, प्रमाण पत्र प्रदान गरीनेछ ।

पुष १३ र १४ गते आयोजना हुने प्रतियोगितामा हरेक विद्यालयबाट ३ जना विद्यार्थी सहभागी हुने र त्यसमा एकजना महिला अनिवार्य हुने गरी सहभागी गराउनको लागि विद्यालयलाई पत्राचार गरीएको स्कुलले जनाएको छ ।

यो प्रतियोगितालाई अहिलेसम्म कै नमुना र फरक वनाउन लागिएको राईको भनाई रहेको छ ।

प्रतियोगिताले लोक सेवाको तयारी गर्ने विद्यार्थीहरुका लागि थप सहज हुने पनि स्कुलको अनुमान रहेको छ ।

गत वर्ष आयोजक समेत गरेर ३२ स्कुल सहभागी भएकोमा यस वर्ष कम्तिमा ५२ स्कुल सहभागी हुने अपेक्षा गरीएको स्कुलका सल्लाहकार पवन झा ले बताए ।

उनका अनुसार लोकसेवा आयोग दिनका लागि पूर्व तयारी गर्न समेत सहज हुनुुका साथै हाजिरी जवाफ प्रतियोगितामा आकर्षण बढदै गएको झा को भनाई रहेको छ ।

 

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved