बौद्धिक अपांगताका अभिभावकहरु भए एकजुट

  • असार २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / सुनसरीमा रहेको बौद्धिक अपांगता भएका बालबालिकाहरुको अभिभावक भेलाले ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । बौद्धिक अपांगताका अभिभावक संघ नेपालका अध्यक्ष राजु बस्नेतको समन्वयमा गत सोमबार धरानमा आयोजित कार्यक्रमबाट सन्तना श्रेष्ठ शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिती बनेको हो । समितीको उपाध्यक्षमा सम्भु कटुवाल, सचिव अस्मित सुवेदी, कोषाध्यक्ष दिपा भट्टराई रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा बिनादेबि चाम्लिङ, निमा शेर्पा, सावित्री श्रेष्ठ, कविता तामाङ, सन्तोष कुमार सुवेदी चयनभएका छन। सह –सचिव र एक सदस्य पछि मनोनयन गरिने भएको छ। बौद्धिक रुपमा कमजोर र फरक क्षमता भएको बालबालिकाहरुलाई स्याहार सुसार र क्षमता बिकासमा चुनौती रहेको बताउदै अब नयाँ समितीले स्थानीय सरकार संग समन्वय गरि अगाडि केन्द्रिय अध्यक्ष बस्नेतले बताए ।

बौद्धिक अपाङ्गताको क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आएका दिपेन्द्र श्रेष्ठ कसजु , सुस्त मनस्थिति बाल कल्याण बिद्यालयका प्रधानाध्यापक आरती थापा लगायतको उपस्तिथि रहेको थियो ।

संघ २०६७ सालमा सुनसरीमा बौद्धिक अपांगताका अभिभावक संगठित भए पनि नेतृत्वर्कता कै निष्क्रियताको कारण अभिभावक एकजुट हुन नसकेको दुखेसो पोख्दै अबको समितिले अभिभावकहरुलाई समेटी बालबालिकाको स्याहार सुसारको निमित्त विभिन्न तालीमको आयोजना गर्नु पर्ने माग गरे।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved