निर्वाचन

    Showing 161-169 of 169 items.
  • जनसहभागिताको शहर बनाउने अभियान्ता पदम इस्वो

    धरान । आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं १९ निवासी पदम इस्वो (लिम्वू)लाई उपमेयरको उम्मेद्धवार वनाएको छ । पद र शक्ति भन्दा पनि पार्टीलाई योगदान गर्नु पर्छ भन्ने मान्यता बोकेका इस्वोलाई धरानमा इमान्दार र झुझारु युवा नेताको रुपमा चिन्छिन् । २०५६ सालदेखि निरन्तर ११ वर्ष सम्म धरान नगर कमिटीको सदस्यमा रहेर काम गरेका उनी २०६८ सालदेखि जिल्ला कमिटीमा रहँदै हाल नेकपा एमाले सुनसरी जिल्ला सदस्य एवम् क्षेत्रीय सह–संयोजकको जिम्मेवारीमा छन् । ४० सालदेखि विद्यार्थी राजनीतिमा अहोरात्र लागेका इस्वोले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फ

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 1,103 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मतदान स्थलको सुरक्षामा तिन तहको घेरा

    धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदात स्थलको सुरक्षाका लागि तिन तहको सुरक्षा घेरा रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुनसरीमा निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गराउन तिन तहको सुरक्षा घेरा रहने प्रशासनले जनाएको छ । प्रशासनका अनुसार निर्वाचन स्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी रहने भएका छन् भने मतदान स्थलको बाहिरी घेरामा नेपाल सेनाले सुरक्षा दिने भएको छ । प्रशासनको अनुसार सुचना संकलनको लागि अनुसन्धानको जनशक्ति पनि परिचालन हुने जनाएको छ । स्थानीय तहको सुरक्षाका लागि जिल्लाको दुई उपमहानगरपालिकामा ३ वटा टोलि, नगरपालिका र गाउँपालिकामा २ टोलि सहित जिल्ला

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तह निर्वाचन: ‘स्वतन्त्र नेतृत्व प्रभावहिन हुन्छ’

    धरान । मुलुक स्थानीय तहको निर्वाचनको संघारमा छ । दलिय व्यवस्थाबाट संचालन भइरहेको मुलुकमा अधिकांश स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरुले पनि आफ्नो मनोनयन दर्ता गरेका छन् । उनीहरु स्थानीय तहको विकाशमा आफ्नो दाबी प्रस्तुत गर्दै अहिले घरदैलो समेत गर्न थालेका छन् । देशनै दलिय व्यवस्था अनुसार संचालन भइरहेको अवश्थामा स्वतन्त्र उम्मेदवारहरुले स्थानीय तहमा जित हात पारे पनि विकाश निर्माणमा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषय पनि पेचिलो बन्दै गएको छ । स्थानीय तह देखि प्रदेश र संघीय सरकारमा पनि दलिय व्यवस्था अनुसारनै हुने भए पछि स्वतन्त्र उम्मेदवारले आफ्नो क्षेत्रको विकाशमा कसरी योगदान दिन सक्छन् भन्ने सक

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 521 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रीमान्, श्रीमति नै मेयर उपमेयरको उमेद्वार

    धरान । संखुवासभाको एक पालिकामा श्रीमान् श्रीमतीनै मेयर र उपमेयरको उम्मेदवार बनेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि र खाँदबारी नगरपालिकामा स्थानीय चुनावका लागि श्रीमान श्रीमतीले उम्मेदवारी दिएका हुन् । जनता समाजवादी पार्टीले खाँदबारी नगरपालिकाको मेयरमा सिताराम तिम्सिना र उपमेयर मैयाँदेवी चिमरियाको उम्मेदवारी दर्ता गराएको छ । उनीहरु श्रीमान श्रीमति हुन् । खाँदबारीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिताराम र मैयाँदेवी श्रीमान् र श्रीमतीको नै उम्मेदवारी परेको हो । मेयर पदका उम्मेदवार बनेका तिम्सिना जनता समाजवादी पार्टीको संघीय परिषदको केन्द्रीय सदस्य हुन् । पार्टीले

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 983 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘कांग्रेसमा टिकट वितरणमा आर्थिक चलखेल भयो’

    धरान । मापदण्डविपरीत आर्थिक चलखेलमा परी इमानदार कार्यकर्तालाई पाखा लगाउने गरी टिकट वितरण गरेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा आर्थिक चलखेल भएको आरोप लगाउँदै उनले टिकट वितरणमा भएको अनियमिताको समीक्षा हुने भन्दै अहिले आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन लागि पर्न पनि आपिल गरेका छन् । उनले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अ

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 814 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘विराटनगरको साख कांग्रेसले गिरायो’

    धरान । आर्थिक, शैक्षिक र राजनैतिक हब भनेर चिनिएको विराटनगरको शाख पछिल्लो ५ वर्षमा गिराउने काम कांग्रेस नेतृत्वमा भएको नेकपा एमालेका केन्द्रिय सदस्य सागर थापाले आरोप लगाएका छन् । विराटनगरका एमालेका तर्फबाट मेयर र उपमेयर सँगको साक्षात्कार कार्यक्रममा थापाले ५ वर्ष अघि चुनिएका जनप्रतिनिधीले केही काम नगरेको बताए । अघिल्लो निर्वाचनमा कांग्रेसबाट भिम पराजुली मेयर रहेका थिए । उनले भने, ‘५ वर्षअघि चुनिएर आएका जनप्रतिनिधिले विराटनगरका लागि केही गरेनन्, सुतेर बसे, विराटनगरको गुमेको शाख फर्काउने काम अब एमालेले गर्ने छ । विराटनगरको समृद्धिका लागि नयाँ योजना ल्याइने छ ।’ महानगरमा देखिएको बे

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 1,074 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयरका उम्मेदवार किशोर राईले गरे बाईस वर्ष पछि पेश्की फच्र्यौट

    धरान । बाह्र वर्ष सम्म पेश्की लिएर फरफारक नगरेका किशोर राईले १२ वर्ष पछि फच्र्यौट गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार हुने भए पछि उनले पहिलो पेश्की लिएको २२ वर्ष पछि पुरै फच्र्यौट गरेका हुन् । उनले मनोनयन गर्ने दिन अन्तिम किस्ताको रकम फच्र्यौट गरेका छन् । उनले गत सोमबार अन्तिम किस्ता ११ हजार रुपैया फच्र्यौट गरेका हुन् । राईको नाममा २०५६ साल असोज १२ गते देखि २०६७ वैशाख २७ गते सम्म विभिन्न समयमा लिएको पेश्की बाँकी रहेको धरान उपमहानगरपालिकाको जनाएको छ । उनी सँग ११ वर्षको अवधिमा पटक पटक लिएको कुल १ लाख ३ हजार ४ सय रुपैया पेश्की लिएका थिए । अहिले निर्वाचनमा मे

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 2,152 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा ४ सय ७७ जनाको उम्मेद्वारी: मेयरमा २२, उपमेयरमा ११

    धरान । वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि धरानमा ४ सय ७१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२, र उपमेयर पदका लागि ११ जना सहित ४ सय ७१ जनाले उम्मेदवारी दिएका हुन् । मेयरमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको हो । मेयर पदका लागि मञ्जु भण्डारी सुवेदी नेपाल कम्युनिष्ट पार्टी (एमाले), किशोर राई नेपाली काँग्रेस, ताजुबकुमार लिम्बु जनता समाजवादी पार्टी, नेपाल, नरेशकुमार शाक्य राष्ट्रिय प्रजातन्त्र पार्टी, रेवतीरमण राई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 1,497 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकमा ६ हजार ५९ पदका लागि साढे २२ हजारको उम्मेदवारी

    धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि गत आइतबार र सोमबार भएको मनोनयन दर्तामा प्रदेश नम्बर १ मा विभिन्न पदका लागि २२ हजार ५ सय ४२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा प्रमुख पदका लागि ४ सय २५ जनाले उम्मेदवारी दिएका छन् भने गाउँपालिका अध्यक्ष पदका लागि ४ सय ९१ जनाले उम्मेदवारी दिएका छन् । त्यसै गरि उपप्रमुखमा ३ सय १८, उपाध्यक्षमा ३ सय ९३ जनाले मनोनयन दर्ता गरेका छन् । त्यस्तै वडाअध्यक्षका लागि ५ हजार १ सय ४०, महिला सदस्यमा ३ हजार ९ सय १५, दलित महिला सदस्यमा ३ हजार ५ सय १२ र सदस्यमा ८ हजार ३ सय ४८ जनाले मनोनयन दर्ता गरेको आयोगको तथ्यांकले देखाएको छ । प्रदे

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 919 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved