प्रदेश एकमा ६ हजार ५९ पदका लागि साढे २२ हजारको उम्मेदवारी

  • वैशाख १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि गत आइतबार र सोमबार भएको मनोनयन दर्तामा प्रदेश नम्बर १ मा विभिन्न पदका लागि २२ हजार ५ सय ४२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा प्रमुख पदका लागि ४ सय २५ जनाले उम्मेदवारी दिएका छन् भने गाउँपालिका अध्यक्ष पदका लागि ४ सय ९१ जनाले उम्मेदवारी दिएका छन् । त्यसै गरि उपप्रमुखमा ३ सय १८, उपाध्यक्षमा ३ सय ९३ जनाले मनोनयन दर्ता गरेका छन् । त्यस्तै वडाअध्यक्षका लागि ५ हजार १ सय ४०, महिला सदस्यमा ३ हजार ९ सय १५, दलित महिला सदस्यमा ३ हजार ५ सय १२ र सदस्यमा ८ हजार ३ सय ४८ जनाले मनोनयन दर्ता गरेको आयोगको तथ्यांकले देखाएको छ ।

प्रदेश नम्बर एकमा कुल ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेका छन् । जसमध्ये महिला मतदाता १६ लाख ४७ हजार ५ सय ६१, पुरुष मतदाता १६ लाख ९९ हजार ८ सय र अन्य मतदाता २३ जना रहेका छन् । प्रदेश १ का १४ जिल्लामा एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ नगरपालिका, ८८ गाउँपालिका र १ हजार १ सय ५७ वडाहरु रहेका छन् ।

प्रदेश एकको ४९ जना नगर प्रमुख र उपप्रमुखका लागि प्रमुखमा ४ सय २५ जनाको उम्मेदवारी परेको छ भने र उपप्रमुखमा ३ सय ९३ जनाले उम्मेदवारी दिएका छन् । त्यसै गरि गाउँपालिकाको ८८ जना अध्यक्ष तथा उपाध्यक्षका लागि अध्यक्षमा ४ सय ९१ जना र उपाध्यक्षमा ३ सय ९३ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै १ हजार १ सय ५७ वडाका वडाअध्यक्षका लागि ५ हजार १ सय ४० जनाले मनोनयन दर्ता गरेका छन् भने कुल ४ हजार ६ सय २८ सदस्यका लागि १५ हजार ७ सय ७५ जनाले उम्मेदवारी दिएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङमा ८ सय २९ विभिन्न पदको लागि ४ हजार ४ सय ९१ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मोरङमा एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका सहित १७ स्थानीय तह रहेको छ । १७ प्रमुख÷अध्यक्ष, १७ उपप्रमुख÷उपाध्यक्ष, १५९ वडा अध्यक्ष र ६ सय ३६ वडा सदस्यहरू गरी ८ सय २९ जनप्रतिनिधिहरू निर्वाचित हुनुपर्ने पद संख्या हो ।

९ प्रमुख पदको लागि ८८ जना र ९ उपप्रमुखका लागि ७७, त्यस्तै ८ वटा गाउँपालिकाको अध्यक्ष पदको लागि ६३ र ८ उपाध्यक्षका लागि ५२ जनाको उम्मेदवारी परेको छ । १ सय ५९ वडाअध्यक्षका लागि १ हजार २३ जनाको उम्मेदवार रहेको छ भने ६ सय ३६ सदस्यका लागि ३ हजार १ सय ८८ जनाको उम्मेदवारी रहेको छ ।

यता इलाममा स्थानीय तह निर्वाचनका लागि १ हजार ४ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका १० पालिकामा ४ सय २५ जना जनप्रतिनिधि निर्वाचित हुनेमा ३ गुणा भन्दा बढीले उम्मेदवारी दिएका हुन् ।

इलाममा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र ८१ वडाका अध्यक्ष, सदस्य गरी ४ सय २५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । तर १० पालिकामा प्रमुख÷अध्यक्षका लागि ५९, उपप्रमुख÷उपाध्यक्षका लागि ४४, कुल ८१ वडाध्यक्षका लागि ३ सय ३४ र ३ सय २४ सदस्यका लागि १ हजार २० जनाको उम्मेदवारी परेको छ ।

सोलुखुम्बुमा विभिन्न पदका लागि ८ सय ११ जनाले उम्मेदवारी दिएका छन् । एक नगरपालिकामा १ जना प्रमुख पदका लागि ५ जना र १ उपप्रमुखका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । त्यसै गरि ७ गाउँपालिकाका ७ अध्यक्षका लागि २९ जना र ७ उपाध्यक्षका लागि २२ जनाले उम्मेदवारी दिएका छन् । त्यसै गरि ५२ वडाअध्यक्षका लागि १ सय ६६ जना र कुल २ सय ८ सदस्यका लागि ५ सय ८४ जनाको उम्मेदवारी छ ।

त्यस्तै ताप्लेजुङमा ९ स्थानीय तहको विभिन्न पदका लागि ८ सय ७३ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाको एक नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि क्रमशः ६ ना र ७ जनाले उम्मेदवार बनेका छन् । यता ८ वटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि क्रमशः २७ र ३१ जना रहेका छन् । यता ६१ वडाको अध्यक्ष पदका लागि १ सय ९१ जनाको उम्मेदवारी परेको छ भने २ सय ४४ सदस्य पदका लागि ६ सय ११ जना उम्मेदवार बनेका छन् ।

यता पाँचथरका ८ स्थानीय तहका विभिन्न पदका लागि ९ सय ५ जनाको उम्मेदवारी रहेको छ । एक नगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि ६ जना र ४ जनाको उम्मेदवारी रहेको छ । ७ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि ३२ र २३ जना उम्मेदवार बनेका छन् । ६० वडा अध्यक्षका लागि २ सय १५ जना छन् भने कुल २ सय ४० सदस्यका लागि ६ सय २५ जनाको उम्मेदवारी रहेको छ ।

त्यसै गरि संखुवासभाको १० स्थानीयतहका विभिन्न पदहरुमा १ हजार ११ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाको ५ नगरपालिकाको प्रमुख र उपप्रमुखमा २६ र १९ को उम्मेदवारी रहेको छ भने ५ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा २३ र १९ ले उम्मेदवारी दिएका छन् । कुल ७६ वडाअध्यक्षका लागि २ सय ९ जनाको उम्मेदवारी परेको छ भने ३ सय ४ जना सदस्यका लागि ७ सय १५ जना उम्मेदवार बनेका छन् ।

तेह्रथुमको ६ स्थानीयका विभिन्न पदका लागि ५ सय ८३ जनाको उम्मेदवारी छ । जिल्लाको २ नगरपालिकाको प्रमुखमा १३ र उपप्रमुख ६ जनाको उम्मेदवारी रहेको छ भने ४ गाउँपालिकाको अध्यक्ष पदका लागि १७ र उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी छ । ४३ वडाअध्यक्षका लागि १ सय २५ जना उम्मेदवार छन् भने कुल १ सय ७२ सदस्यका लागि ४ सय ८ जना उम्मेदवार छन् ।

भोजपुरको ९ स्थानीय तहको विभिन्न पदका लागि १ हजार १ सय ४० जनाको उम्मेदवारी परेको छ । जिल्लाको दुई नगरपालिकाको प्रमुखमा १२ र उपप्रमुखमा ७ जनाको उम्मेदवारी रहेको छ भने ७ गाउँपालिकाको अध्यक्षमा २७ र उपाध्यक्षमा २० जना छन् । ८१ वटा वडाअध्यक्षका लागि २ सय ४५ जनाको उम्मेदवारी छ भने ३ सय २४ सदस्यका लागि ८ सय २९ जना छन् ।

प्रदेश नम्बर १ को धनकुटा ७ स्थानीय तहको विभिन्न पदका लागि ८ सय २१ जनाको उम्मेदवारी छ । जिल्लाको ३ नगरपालिकाको प्रमुख पदका लागि १६ र उपप्रमुखका लागि १३ जनाको उम्मेदवारी छ भने ४ गाउँपालिकाको अध्यक्षमा २२ र उपाध्यक्षमा १६ जना छन् । ६० वडाअध्यक्षका लागि १ सय ९५ जनाले उम्मेदवारी दिएका छन् भने २ सय ४० सदस्यका लागि ५ सय ५९ जनाको उम्मेदवारी रहेको छ ।

यता झापाका १५ स्थानीयका विभिन्न पदहरुमा २ हजार ९ सय २१ जनाको उम्मेदवारी परेको छ । ८ वटा नगरपालिकाको प्रमुख पदका लागि ७७ र उपप्रमुखका लागि ५८ जनाको उम्मेदवारी रहेको छ भने ७ गाउँपालिकाको अध्यक्षका लागि ५३ र उपाध्यक्षका लागि ५० जना छन् । जिल्लाको कुल १ सय ३१ वडाअध्यक्षका लागि ६ सय ७९ जना उम्मेदवार छन् भने कुल ५ सय २४ सदस्यका लागि २ हजार ४ जनाको उम्मेदवारी रहेको छ ।

सुनसरीको १२ स्थानीय तहका विभिन्न पालिका तथा वडाहरुको पदका लागि ३ हजार ३ सय ९१ जनाले उम्मेदवारी दिएका छन् । दुई उपमहानगरपालिका, ४ नगरपालिकाको प्रमुख पदका लागि ८९ जना र उपप्रमुखका लागि ५२ जनाको उम्मेदवारी रहेको छ । त्यसै गरि ६ गाउँपालिकाको अध्यक्षमा ६८ जना र उपाध्यक्षमा ४३ जनाको उम्मेदवारी रहेको छ । त्यसै गरि कुल १ सय २४ वडाअध्यक्षका लागि ८ सय ३० जनाको उम्मेदवारी परेको छ भने कुल ४ सय ९६ वडासदस्यका लागि २ हजार ३ सय ३६ जनाले उम्मेदवारी दिएका छन् ।

यता खोटाङको १० पालिकाका विभिन्न पदहरुमा १ हजार ३ सय २८ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिकाको प्रमुख पदका लागि १३ जना र उपप्रमुखका लागि ९ जना उम्मेदवार छन् भने ८ गाउँपालिकाको अध्यक्षमा ३२ र उपाध्यक्षमा २७ जना छन् । जिल्लाको ७९ वडाअध्यक्षका लागि २ सय ९५ जनाको उम्मेदवारी परेको छ भने कुल ३ सय १६ जना सदस्यका लागि ९ सय ५२ जना उम्मेदवार छन् ।

उता ओखलढुङ्गाको ८ पालिकाको विभिन्न पदहरुमा १ हजार २ सय ९८ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाको एक नगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि क्रमशः ६ र ७ जना उम्मेदवारी परेको छ भने ७ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः ३९ र ३७ जना उम्मेदवार छन् । जिल्लाको कुल ७५ वडाअध्यक्षका लागि २ सय ९५ जनाले उम्मेदवारी दिएका छन् भने ३ सय सदस्य पदका लागि ९ सय १४ जना उम्मेदवार छन् ।

त्यस्तै उदयपुर जिल्लाको ८ वटा पालिकाका विभिन्न पदमा १ हजार ५ सय १२ जनाको उम्मेदवारी रहेको छ । जिल्लाको ४ नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि क्रमशः ४३ र ३३ जना उम्मेदवार रहेका छन् भने ४ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि क्रमशः २५ र १६ जनाको उम्मेदवारी रहेको छ । जिल्लाको कुल ७५ वडाअध्यक्षका लागि ३ सय ६५ जनाले उम्मेदवारी दिएका छन् भने ३ सय वडासदस्य पदका लागि १ हजार ३० जना उम्मेदवार रहेका छन् ।

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved