लोपोन्मुख प्राणीको रूपमा सूचीकृत जनावरको संरक्षण गर्नु राज्यको मात्र होइन, सर्वसाधारण सबैको दायित्व हो । विश्वमै लोप हुने अवस्थामा रहेका जनावरहरूलाई लोपोन्मुख प्राणीको रूपमा सूचीकृत गर्ने गरिन्छ । एकसिङ्गे गैँडा पनि यस्तै जीव हो । पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा एकसिङ्गे गैँडा छन् । यीमध्ये छ सय ९४ वटा चितवन राष्ट्रिय निकुञ्जमै छन् । यिनको संरक्षण गर्नु सबैको दायित्व हो । दसवर्षे सशस्त्र द्वन्द्वकालमा तस्करीका लागि एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए । द्वन्द्व समाप्त भएपछि गैँडा संरक्षणमा विशेष प्रयास गर्न थालिएको थियो । त्यही प्रयासस्वरूप पछिल्ला वर्षमा चोरी शिकार नियन्त्
अहिले हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो छ । यससँगै अपराधीहरूले पनि अपराधका लागि भिन्न–भिन्न तरिका प्रयोग गर्ने गरेका छन् । वित्तीय अपराधमा पनि यस्तै अवस्था देखिएको छ । पछिल्लो समय डिजिटल कारोबार बढ्दै गएको छ भने अनलाइनमार्फत् हुने वित्तीय अपराध पनि बढ्दै गएको छ । चालू आर्थिक वर्षको मङ्सिरसम्म डिजिटल प्लेटफर्ममार्फत् ३२ करोड ३८ लाख ३१ हजार रुपैयाँ ठगी भएको छ । पाँच महिनाको यो तथ्याङ्क अघिल्ला तीन वर्षको कुल ‘डिजिटलाइज्ड’ ठगीभन्दा पनि धेरै भएको देखिन्छ । आर्थिक वर्ष ०७६÷०७७ देखि ०७८÷७९ सम्म तीन वर्षमा ३१ करोड २४ लाख ७२ हजार रुपैयाँ ठगी भएको थियो । यो निकै चिन
नेपाललाई अहिले पनि कृषिप्रधान देश भनिन्छ । अहिले पनि यहाँका ६० प्रतिशतभन्दा बढी मानिस कृषिमै आश्रित छन् । त्यसैले कृषि क्षेत्रकै विकासबाट यहाँ नागरिकहरूको जीवनस्तर उकास्न सकिन्छ । कृषि, पर्यटन र जलस्रोतको सदुपयोग नै हाम्रो देश विकासका प्रमुख आधार हुन् । यीमध्ये कृषिलाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ । कुनै समय खाद्यान्न निर्यातकर्ता हाम्रो देश अहिले खाद्यान्न निर्यातकर्ता बन्न पुगेको छ । यो विडम्बनाको विषय बन्न पुगेको छ । कृषि उत्पादनमा आत्मनिर्भर बन्नु सरकार र सरकारी निकायहरूको प्राथमिकताको विषय बन्नुपर्छ । रुस–युक्रेन युद्धपछि त कृषि उत्पादनमा आत्मनिर्भरताको आवश्यकता अ
विकास निर्माणको तुलनामा चालू खर्च बढ्न थालेपछि सार्वजनिक खर्चमा कटौती गर्न सरकारले बेला–बेलामा कार्यविधि बनाउने गरेको छ । त्यस्तो कार्यविधिमा सार्वजनिक खर्च कटौतीका लागि विभिन्न विकल्प प्रस्तुत गरिएका हुन्छन् । सार्वजनिक निकायका तर्पmबाट हुने कार्यालय सामान, पानी, बिजुली, इन्धन तथा मसलन्द खर्चमा मितव्ययिता अपनाउनुपर्ने, सार्वजनिक निकायले गर्र्ने गरेका वार्षिक प्रतिवेदनलगायतका प्रकाशनहरू कानुनले अनिवार्य गरेको अवस्थामा बाहेक छपाइ गर्न नपाइने र त्यस्ता प्रतिवेदन अनलाइनमा प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको हुन्छ । त्यस्तै, विभिन्न तहका सरकारबीच सहलगानीमा सञ्चालित आयोजनाबाहेक दोह
पोखरास्थित सेती नदीको खोंचमा आइतबार भयावह हवाई दुर्घटना भएको छ । आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको बताइएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको एनटीवाई ६९१, नाइन एन–एएनसी विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । नेपालकै हवाई इतिहासमा यो सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटना भएको छ । २०१२ को वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिङ्गा एयर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार पोखरामा आइतबार भएको दुर्घटना व्यावसायिक आन्तरिक उडानतर्फ ५० औँ दुर्घटना हो । सारा देश मा
वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्न थालेपछि रेमिट्यान्समा सुधार आएको समाचार प्रकाशमा आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार चालू आवको पहिलो पाँच महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भएर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यसले गर्दा विदेशी विनिमय सञ्चिति पनि बढेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मङ्सिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । गत असार मसान्तसम्मको तुलनामा अहिले भएको सञ्चिति ६.३ प्रतिशतले बढी रहेको राष्ट्र बैङ्कले जनाएको छ । नेपाली अर्थतन्त
नागरिक अधिकारप्रति आजभोलि चेतना त बढेको छ तर अधिकार हनन्का घटना रोकिएका भने छैनन् । सबै लिङ्ग, वर्ग, उमेर र समुदायका नागरिकहरूले उचित हेरचाह, अवसर वा संरक्षण प्राप्त गरून् भन्ने उद्देश्यले थरीथरीका ऐन–कानुहरू बनाइए पनि नागरिकहरू सुरक्षित भने छैनन् । सबैले आ–आप्नै अधिकार संरक्षणमा मात्र चासो देखाउँदा आप्mना अधिकारको संरक्षणमा सक्रिय हुन नसक्ने बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरू भने अधिकार र सुरक्षाबाट वञ्चित भएर जीवन बिताउन बाध्य बनेका छन् । बालअधिकारको संरक्षणका लागि संविधानमै पनि पर्याप्त् व्यस्था गरिएको छ । संविधानको धारा ३९(२) मा प्रत्येक बालबालिकालाई परिवार
रानी (विराटनगर)–किमाथाङ्का व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत इटहरी–धरान सडकखण्डमा पर्ने धरानको बजार क्षेत्र हुँदै जाने सडक कति चौडाइको बनाउने भन्ने विषयमा अभैm टुङ्गो लागेको छैन । यस्तै लामो अन्योल र विवादका बीच इटहरी क्षेत्रमा भने छ लेनको सडक निर्माण सम्पन्न भएको छ तर धरान क्षेत्रमा भने यसबारे अभैm अनिर्णीत हुँदासडकको भविष्य नै अनिश्चित बन्न पुगेको छ । धरान बजार क्षेत्रमा छ लेन सडक विस्तार गर्ने कि बाइपास गर्ने भन्ने विषयमा एक मत हुन नसक्दा यहाँ निर्णय हुन नसकेको हो । छ लेन सडक विस्तार गर्दा बजार क्षेत्रमा अर्बाैंको भौतिक संरचना नष्ट हुने भएकोले बाइपास गर्नुपर्ने एकथरी
हाम्रो देशमा आकर्षक लक्ष्य निर्धारण गरिन्छन् तर ती लक्ष्यअनुसार योजना निर्माण नहुँदा अथवा योजना कार्यान्वयन नहुँदा लक्ष्य प्राप्त हुन नसकेका थुप्रै उदाहरण छन् । हरेक वर्ष कृषिलाई प्राथमिकतामा राख्ने गरिन्छ । आवधिक योजनामा पनि कृषि क्षेत्रलाई महत्वका साथ हेर्ने गरिएको छ तर कृषि क्षेत्र र किसानको अवस्थामा भने कुनै सुधार भएको देखिँदैन । किसानहरूले लागत मूल्य पनि प्राप्त गर्न नसक्ने अवस्था छ । कतिपय कृषि क्षेत्रबाट नै पलायन भएका छन् । परम्परागत र निर्वाहमुखी कृषिमा परिवर्तन हुन नसक्दा कृषि क्षेत्रको अवस्था जहाँको त्यहीँ छ । धरान उपमहानगरपालिकाले पनि वडा नं ४, ५ र ६ मा पर्ने दानाबारी र पानबारी तथा
देशका पहाडी भूभागमा पनि चिसो बढिरहेको छ भने तराईका धेरै स्थानमा बिहानको समयमा बाक्लो हुस्सु कुहिरो लाग्न थालेको छ । हिमाली भेगका केही स्थानमा हल्का हिमपात पनि हुन थालेको छ । हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सुका कारण दैनिक जनजीवन कष्टकर हुन थालेको छ । यसले गर्दा सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने अवस्था देखिएको छ । यस्तो अवस्थामा आवश्यक सावधानी तथा सतर्कता अपनाउन आवश्यक छ । तराईमा कठ्याङ्ग्रिँदो जाडोले जनजीवन कष्टकर भएको छ । शीतलहरसँगै चिसो अत्यधिक बढेपछि तराई–मधेशका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । स्थानीय तहहरूको निर्णयबाट मधेश प्रदेशका धेरै सा