सम्पादकीय

    Showing 1-10 of 204 items.
  • भुल सुुधार गरिएको

    कोशीपत्र दैनिक तथा कोशीपत्र दैनिकको अनलाईन संस्करण koshipatra.com मा २०८२ साल बैशाख १९ गते शुक्रबार प्रकाशित ‘सम्पत्तिको लोभमा श्रीमानलाई ‘मरेको’ घोषणा! जीवित भेटिएपछि वडाध्यक्ष प्रहरीको फन्दामा’ शिर्षकको समाचारमा वडाध्यक्षको मिलेमतो रहेको र मृत्युुदर्ता गरेको भन्ने ब्यहोरा समाचारमा ब्यक्तभई इटहरी उपमहानगरपालिका वडा नम्बर २०का वडाध्यक्ष मणिराम श्रेष्ठ सहितको प्रतिष्ठामा पर्न गएको क्षति प्रति हामी क्षमाप्रथी छौं । समाचारमा इटहरी २० की कुुस्मादेवी खड्काले २०८१ साल चैत्र ४ गते वडा कार्यालयमा आफ्‌ना श्रीमान २०६८ सालदेखि विपत्ता भएकाले सोही ब्यहोरोको सिफारीस दिन माग गरे

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 2,236 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आर्थिक समृद्धिमा ध्यान देऊ

    देश होस् वा परिवार, समृद्धिका लागि आवश्यक प्रमुख विषय आर्थिक पक्ष नै हो । अर्थतन्त्र सबल नभएसम्म व्यक्ति, परिवार वा देश, कोही पनि सुखी र समृद्ध हुन सक्दैन । आर्थिक उन्नतिका लागि उत्पादकत्वमा वृद्धि हुनु महत्वपूर्ण पक्ष हो । हाम्रो देशमा अपेक्षित रूपमा उत्पादकत्वमा वृद्धि हुन नसक्दा राष्ट्रिय अर्थतन्त्र बलियो हुन सकेको छैन । हामीकहाँ कृषि, पर्यटन र ऊर्जामा अथाह सम्भावना छ । यी क्षेत्रको विकास र प्रवर्धनका लागि उचित योजना तथा नीति र कार्यक्रम बनाएर तिनको प्रभावकारी कार्यान्वयन भएमा मात्र उत्पादकत्वमा अपेक्षित वृद्धि हुन सक्छ । स्वदेशमै कच्चा पदार्थ उपलब्ध हुने यिनै क्षेत्रमा आधारित उद्योगहरूको

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 177 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपभोक्ता हितको रक्षा आवश्यक

    मार्च १५ का दिन संसारभरि नै विभिन्न कार्यक्रम गरेर विश्व उपभोक्ता अधिकार दिवस मनाउने गरिन्छ । यस वर्ष पनि चैत २ (मार्च १५) मा ‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ता हित संरक्षणको दिगो आधार’ नाराका साथ यो दिवस विश्वभर मनाइएको छ । सन् १९६२ मार्च १५ मा अमेरिकी कङ्ग्रेसबाट सुरक्षा, छनोट, सुनुवाइ र सूचना चारवटा अधिकार पारित भएको दिनको सम्झनास्वरूप यो दिवस मनाउन थालिएको हो । पछिल्ला वर्षहरूमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन थालिएको छ तर एक दिन दिवस मनाएर मात्र दिवसको उद्देश्य पूरा हुँदैन । मूल विषय त उपभोक्ता अधिकार र हितको संरक्षण हो । उपभोक्ताको मौलिक अधिकारलाई संविधा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 168 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशमै रोजगार सिर्जना गरौँ

    बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका १३ सयजनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष ०८०/०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ नेपाली श्रमिकले ज्यान गुमाएको जनाएको छ । यो सङ्ख्या अझै बढ्न सक्छ किनभने यो तथ्याङ्क स्वीकृति लिएर गएका श्रमिकहरूको मात्रै हो । स्वीकृति नलिई गैरकानुनी बाटोबाट कति श्रमिक वैदेशिक रोजगारमा गए र तीमध्ये कतिजनाको मृत्यु भयो भन्ने तथ्याङ्क कतै उपलब्ध छैन । बोर्डले जनाएअनुसार आर्थिक वर्ष ०८०/०८१ मा सबैभन्दा धेरै विभिन्न रोगका कारण श्रमिकको ज्यान गएको छ । वैदेशिक रोजगारमा रहँदा ज्यान गुमाउने नागरिकहरूको यो तथ्याङ्कले जुनसुकै न

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 199 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कानुनको पालनामा जिम्मेवार बन्नु आवश्यक

    हाम्रो देशमा सुशासन छैन । हरेक क्षेत्रमा अराजकता र उद्दण्डता छ । आर्थिक अनुशासन नहुनु र ठुल्ठुला भ्रष्टाचार हुनु पनि हाम्रा समस्या हुन् तर कानुनकै अभावमा यस्ता समस्या देखिएका भने होइनन् । कतिपय ऐन–कानुनमा समयसापेक्ष संशोधनको आवश्यकता नभएको होइन । समयानुकूल कतिपय नयाँ कानुन पनि बनाउनु आवश्यक हुन्छ तर सुशासन र कानुनी राज्यका लागि अहिले भएकै कानुन पनि अपर्याप्त भने छैनन् । मुख्य विषय त कानुनको पालना हो । हामीकहाँ सामान्य ट्राफिक नियमको पालना गर्न र हेलमेट लगाएर मोटरसाइकल कुदाउन पनि ट्राफिक प्रहरीको उपस्थिति अनिवार्य हुन्छ । आप्mनै सुरक्षाका लागि पनि कसैले डण्डा चलाउनुपर्ने नागरिकहरूले बस

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 155 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वदेशमै फर्किने वातावरण बनाऊ

    गैरकानुनी रूपमा आफ्नो देशमा बसोबास गरिरहेका हजारौँ आप्रवासीलाई अमेरिकी सरकारले बर्सेनी देश निकाला गर्ने गरेको छ । कानुनी कागजातविना नै बसिरहेका त्यस्ता आप्रवासीलाई लाखौँ अमेरिकी डलर खर्चेर अमेरिकाले उनीहरूकै देशमा फर्काउने गरेको छ । यसरी आफ्नै देश फर्काइने कानुनी कागजातविहीन आप्रवासीहरूमा नेपाली नागरिक पनि हुने गरेका छन् । विश्वका १ सय ९ मुलुकका आप्रवासीमध्ये काजवातविहीनलाई फर्काउने प्रक्रियालाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तीव्रता दिइरहेका छन् । यसपटक पनि केही नेपाली नागरिकहरू फर्काइएका छन् । मध्यमवर्गीय अधिकांश नेपाली नागरिकहरूका लागि अमेरिका सपनाको देश बन्ने गरेको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 177 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवालाई कृषिमा आकर्षित गर्नु आवश्यक

    सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले तरकारी खेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गरिरहेको समाचार त्यहाँबाट आएको छ । उनी मात्र होइन, परिवारका सदस्यले पनि रोजगारी पाएका छन् । उनी तरकारी टिप्ने तथा बजारसम्म पुर्‍याएर बिक्री गर्ने काममा व्यस्त हुन्छन् । उनले वर्षको तीन यामसम्म तरकारी लाउने गरेका छन् । देशमा सुन्दर भविष्यको कुनै सम्भावना नदेख्ने धेरैका लागि उनी प्रेरणाका स्रोत हुन सक्छन् । उनले तरकारी खेतीबाट वार्षिक एक–डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यो सानो रकम होइन । उनले आफ्नै दुई कठ्ठा र लिजमा गरी चार कठ्ठा जमिनमा

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 194 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारी ढुकुटीको दुरुपयोग बन्द गर

    देशको हरेक क्षेत्रमा बेथिति छ । राजनीतिक नेतृत्व नै इमानदार हुन नसक्दा सबै क्षेत्रमा यस्तो बेथिति देखिने गरेको छ । राजनीतिक नेतृत्व इमानदार र कर्तव्यनिष्ठ हुन नसक्दा कर्मचारीतन्त्रमा पनि सुधार सम्भव हुन सकेको छैन । राजनीति स्वच्छ हुने हो भने कर्मचारीतन्त्रमा पनि दवाब पर्ने थियो तर यस्तो हुन सकेन । त्यसैले हरेक क्षेत्र अव्यवस्थित छ । यस्तै बेथिति र अनियमितताकै कारण सकारात्मक कामहरू पनि ओझेलमा पर्ने गरेका छन् । देशमा सकारात्मक काम हुँदै नभएका होइनन् । शिक्षा, यातायात, स्वास्थ्य, सञ्चारजस्ता क्षेत्रमा उल्लेख्य प्रगति भएका छन् । नागरिकहरूको चेतना स्तर पनि निकै माथि पुगेको छ तर अनेक बेथिति र भ्रष

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपद् व्यवस्थापनमा गम्भीर बन्नु आवश्यक

    दुई दिन लगातार भएको वर्षाका कारण राजधानी उपत्यकासहित देशभर ठुलो जनधनको क्षति भएको छ । मौसम विज्ञान विभागले ठुलो वर्षा हुने पूर्वानुमान सार्वजनिक गर्दै सचेत हुन आग्रह गरेको भए पनि सरकारले कुनै पूर्वतयारी नगर्दा यस्तो अवस्था आएको हो । यसले सरकारी संयन्त्रको असक्षमतालाई पनि छताछुल्ल पारिदिएको छ । समयमै उद्धार गर्न सकिएको भए केही सर्वसाधारणको ज्यान जोगाउन सकिने सम्भावना बढ्ने धारणा व्यक्त भइरहेको छ । केही स्थानमा उद्धार कार्यमा देखिएको सरकारी संयन्त्रको बेवास्ताका कारण यस्तो अनुमान गरिएको हो । यो अनुमान आधारहीन पनि छैन । ललितपुर उपमहानगरपालिकाभित्र पर्ने नख्खु खोलाको बाढीमा फँसेका चारजनाको उद्ध

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 268 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रिय विपत्तिमा सबै एकजुट बनौँ

    बिहीबारयता परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको र ६४ जना बेपत्ता भएको समाचार आएको छ । बाढी–पहिरोमा परी काठमाडौँ उपत्यकामा मात्र ३४ जनाको मृत्यु भएको छ । यो पङ्क्ति लेख्दासम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको समाचार आएको छ । हजारौँ घर डुबानमा परेका छन् भने कयौँ परिवार विस्थापित भएका छन् । यसबाट करोडौँको धनमाल नष्ट भएको छ । बाढीले कयौँ पक्की र झोलुङ्गे पुलका साथै सडक पनि बगाएको छ । यस्तो विषम् परिस्थितिका कारण कतिपय स्थानमा आवागमन नै बन्द भएको छ । वास्तवमा अहिले राष्ट्रिय विपत्तिको सिर्जना भएको छ । कोशी ब्यारेजमा प

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 278 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved