Top 4

    Showing 9,401-9,410 of 9,414 items.
  • भारतको विरोधमा नेविसंघका पूर्वपदाधिकारीद्वारा विराटनगरमा प्रदर्शन

     भारतले नेपाली भू–भाग मिचेर तिब्बत मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेको विरोधमा नेपाली कांग्रेस सम्बद्ध पूर्वविद्यार्थी नेताहरुले प्रदर्शन गरेका छन् ।विराटनगरका मेनरोडस्थित गुद्रीको ‘बी’ प्लटमा जम्मा भएका नेविसंघका पूर्व पदाधिकारी तथा प्रतिनिधिले भारतीय गतिविधि सह्य नभएको बताए । उनीहरुले भारतले नेपालको मिचेको भूभागसमेत फिर्ता गर्नुपर्ने माग गरे । विरोधसभामा बोल्दै संयोजक विमल संग्रौलाले सरकारले लकडाउन गरेको तर यहीबेलामा भारतबाट नेपालको सार्वभौमिकतामाथि नै धावा बोलिएको बताए । भने,‘‘संकटकै बेला भारतले नेपालमाथि थिचोमिचो गरेको छ । हाम्रो भूभाग कब्जा गर्ने नीति

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 1,098 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • व्यवसायी झमक बस्नेतले दिए खुट्टाले हात धुन मिल्ने धारा

    धरान । कोरोनाको संक्रमणबाट बच्नका लागि सुरक्षित खुट्टाले चलाउन सकिने हात धुने धारा धरानका एक समाजसेवी तथा व्यवसायीले सुनसरी उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका छन् । जेबि स्टिल तथा आइरन इण्डष्ट्रिका संचालक झमक बहादुर बस्नेतले संघलाई खुट्टाद्वारा चलाउन सकिने हात धुने धारा हस्तान्तरण गरेका हुन् । संघको परिषरमा रहने गरि ५ सय लिटरको पानी टंकि सहितको धारा दिएका हुन् । उनले एक कार्यक्रमको आयोजना गरि सोमबार संघका अध्यक्ष गिरिधारी सापकोटालाई हस्तान्तरण गरेका हुन् । धारामा खुट्टाकै माध्यमबाट हेण्डवास पनि निकाल्न सकिन्छ भने खुट्टाले थिचेर धारा समेत खोल्न सकिन्छ । हातबाट कोरोना संक्रमण फैलिन सक्ने भएक

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 1,115 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली भुमि अतिक्रमणको विरोधमा धरानमा प्रदर्शन

    धरान । भारतले नेपाली भुमि मिचेर चिन जोड्ने सडक निर्माण गरेको विरोधमा धरानका सामाजिक अभियन्ताहरुले विरोध प्रदर्शन गरेका छन् । सोमबार बिहान धरानका सामाजिक अभियन्ता सहित बुद्धिजिवीहरुले विरोध र्याली प्रदर्शन गरेका हुन् । भारतले नेपाली भुमि लिपुलेकमा चिन जाने सडक निर्माण गरेको थियो । त्यसैको विरोधमा धराने अभियन्ताहरु स्वस्फुर्त विरोधमा निस्किएका थिए । करिब दर्जन हाराहारीमा निस्कीएको विरोध र्यालीमा कालापानी, लिम्पियाधुरा लिपुलेक हाम्रो हो, अन्तराष्ट्रिय मान्यताको राष्ट्रिय नक्शा सार्वजनिक गर, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो भुमि फिर्ता गर, हामीलाई नेपाली माटो प्यारो छ, नेपाली भुमि माथि अतिक्रम

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 1,316 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको महामारीबाट जोगिने कि स्कुल खोल्ने ?

    एजेन्सी । नेपालमा लकडाउन खुलेको भोलिपल्ट परीक्षा लिने शिक्षामन्त्री गिरिराजमणि पोखरेलेको भनाइ सार्वजनिक भएलगत्तै आलोचना भएको थियो । कोरोनाको महामारीबाट जोगिने कि स्कुल खोल्ने भन्ने विषयमा संसदमा समेत प्रवेश गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शिक्षामन्त्रीको उक्त भनाइ गैरजिम्मेवारपूर्ण भएको भन्दै टिप्पणी गरेका थिए । नेपालमा एसईईसमेत अन्तिम अवस्थामा स्थगित भएको थियो । परीक्षाको अघिल्लोदिन बेलुकामात्रै एसईई रोक्ने निर्णय भएको थियो । नेपालमा मात्रै होइन अहिले विश्वभर स्कुल खोल्ने कि नखोल्ने भन्ने विषय बहसमा छ ।  कोभिड–१९ सम्बन्धी स्पष

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 1,352 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारत– चीन सामरिक सन्तुलन राख्न लिपुलेक–मानसरोवर सडक निर्माण, नेपाल– चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा भारतीय उपस्थिति आवश्यक

    काठमाडौं । भारतले चीनको पदचिन्ह (रणनीति) नजिकबाट नियाल्नका लागि सामरिक रुपमा कालापानी क्षेत्रलाई अत्यन्तै अहम् रुपमा लिएको छ ।  लिपुलेक भएर मानसरोवर जोड्ने बाटो निर्माणलाई भारतीय सञ्चार माध्यमहरुले ठूलो सामरिक सफलताका रुपमा ब्याख्या गरिरहेका छन् । बाटो निर्माणले कैलाश–मानसरोवरको अध्यात्मिक बाटो सुगम मात्रै नभएर चीनसँग सामरिक सन्तुलन पनि कायम भएको उनीहरुको ठहर छ ।   ‘नवभारत टाइम्स’ ले नेपाल र चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा बलियो उपस्थिति भारतका लागि अत्यन्त जरुरी रहेको उल्लेख गरेको छ । उसले ‘बोर्डर रोड अर्गनाइजेसन’ ले हिमालयको दुर्गम टाकुरा

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 2,270 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साथी छाडेर चाउचाउ–भूजा बोकेर हिंडे, ट्याक्टरले किचेर मारिदियो

    मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर १ का १८ वर्षीय आयुष गिरीको हत्या नभएर दुर्घटनामा परी मृत्यु भएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ । बैसाख २५ गते बिहान साढे ५ बजे मोरङ बेलबारी नगरपालिका वडा नं. ७ दौलतपुरस्थित मोरङ सुनसरी सिंचाई आयोजनाको मुल नहरको सडक दक्षिण किनारमा गिरीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शरीरको बिभिन्न भागमा चोटपटक समेत देखिएको थियो । तर, गिरीको हत्या नभएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चाउचाउ र भुजा कसले बोक्ने भन्ने निहुँमा साथीभाईसंग विवाद गरी एक्लै गन्तब्यतर्फ लाग्दा गिरी दुर्घटनामा परेका थिए । २४ गते राति ८ बजेसम्म मृतक संगै बसेर

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 541 पटक पढिएको
    • "कोशीपत्र संवाददाता/विराटनगर"
  • सुत्केरी तथा गर्भवती महिलालाई नगर प्रमुखद्वारा राहत वितरण

    वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले नगरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत वितरण गरेका छन् । वराहक्षेत्र– १० स्थित प्रकाशपुरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई ओरेक नेपाल सुनसरीले नगरको एकद्वार प्रणालीमार्फत प्रदान गरेको राहत खाद्यान्न नगर प्रमुख खनालले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको वडाध्यक्ष महेन्द्रबहादुर खत्रीले जानकारी दिए । वराहक्षेत्र नगरपालिका र ओरेक नेपाल सुनसरीको समन्वयमा नगरका सबै वडाका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत उपलब्ध गराइने ओरेक प्रतिनिधि विमला घिमिरेले जानकारी दिइन् ।   वराहक्षेत्र नगरपालिकाको ११ वटा वडामा ३ महिनासम्मका १२५ जना सुत्

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,692 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ८ हजार ३५ जनाको कोरोना परीक्षण

    प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार ३ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षणाको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल १ ह

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 537 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फेसबुक पेजमा परीक्षाफल प्रकाशित गर्दै विद्यालय

    सामुदायिक तथा निजी विद्यालयहरुले गत चैत्र ५ गते सम्पन्न गरेको शैक्षिक सत्र २०७६ को परीक्षाफल सामाजिक सञ्जाल फेसबुक पेजमार्फत प्रकाशन गरेका छन् । कोरोना भाइरसको संक्रमणको विषम परिस्थितिमा परीक्षाफल प्रकाशित गर्नुपर्ने विद्यालयहरुको कर्तव्य रहेकाले नतिजा प्रकाशन गर्नुपरेको वराहक्षेत्रस्थित हिमालयन इङ्लिस स्कुलका प्रिन्सिपल आलोक श्रेष्ठले जानकारी दिए । चतरास्थित हिमालयन इङ्लिस स्कुलसँगै, वराह राइजिङ स्टार इङ्लिस स्कुल, आइरिस वराह एकेडेमीलगायतका विद्यालयले फेसबुकमार्फत परीक्षाफल प्रकाशित गरेका छन् ।स्थानीय केही सामुदायिक विद्यालयहरुले समेत फेसबुक पेजमार्फत् परीक्षाफल प्रकाशित गरिरहेका छन् । कक्

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 1,289 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अमेरिकन आइडलको टप १० मा दिवेश पोखरेल

    काठमाडौं । अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवक दिवेश पोखरले टप १० मा पुगेका छन् । उनले एक घण्टा अगाडि आफ्नो फेसबुक पेजमा आफूलाई टप १० मा पुर्याउने सबैलाई धन्यवाद भनेका छन् । उनले विश्वभरबाट आफूलाई भोट गरेर सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।     

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 1,367 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved