इटहरी । सुनसरीकाे इटहरी उपाहानगरपालीकामा शुक्रबार थप पाँच जनामा काेराेना संक्रमण पुस्टी भएकाे छ । गत भदाै १ गते स्वाब संकलन गरी पठाइएकाेमा ५ गते प्राप्त रिपाेर्ट अनुसार पाँच जनामा काेराेना संक्रमण पुस्टी भएकाे हाे । इलाका प्रहरी कार्यालय इटहरीका एक प्रहरी सहित ५ जनामा काेराेना पुस्टी भएकाे हाे ।
त्यसैगरी इटहरी वार्ड नं २० , ४ , ५ र ८ मा एक एक जना गरी ४ जनामा काेराेना संक्रमण पुस्टी भएकाे इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख राम कुमार धमलाले बताए । संक्रमित मध्ये इटहरी ४ कि एक महिला हुन भने बाकि सबै पुरूष रहेकाे बताइएकाे छ ।
शुक्रबार ५ जनामा काेराेना पुस्टी भएसंगै इटहरीमा संक्रमितकाे संख्या ६४ पुगेकाे छ भने १६ जना उपचारपछि घर फर्किएका छन । जिल्ला जनस्वास्थ्य कार्यलयको तथ्यांक अनुसार इटहरीमा ६५ कोरोना संक्रमीत देखिए पनि एक जना इटहरीको एक बैंकका कर्मचारी बिराटनगर घर भएका हुन ।