एक साता पछि भेटियो इटहरीका १ सय २५ को स्वाब "दोषि को ? एम्बुलेन्स चालक कि वीपी प्रतिष्ठान"

  • भदौ ५, २०७७
  • " तेजबहादुर बन "
alt

इटहरी । गत साउन ३० गते इटहरीबाट १ सय २५ जनाको पिसिआरबाट स्वाब संकलन गरी परिक्षणका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइयो । ४ गते सम्म पनि संकलन भएका स्वाबहरूको रिपोर्ट नआउदा इटहरी अस्पतालका प्रतिनिधि र इटहरी उपमहानगरकै स्वास्थ्य शाखाबाट खोजि शुरू गरीयो ।
जब प्रतिष्ठानको ल्याब रूमबाट गत साउन ३० गते संकलन भएका स्वाब प्राप्त नभएको जानकारी आयो तब इटहरीमा संकलित १ सय २५ जनाको स्वाब हराएको भनी हल्ला चल्यो ।

५ गते बिहान ९ बजे पुनःप्रतिष्ठानले नै ति स्वाबहरू भेटिएको तर परिक्षण गर्नै नमिल्ने गरी बिग्रिएको भनि जानकारी दिएपछि अर्को समस्या उत्पन्न भयो ।

इटहरीमा संक्रमणको जोखिम बढीरहेको बेला १ सय २५ जनाको स्वाब हराउनुले इटहरी उपमहानगर र धरान स्थित बिपी प्रतिस्ठानको सेवा प्रति नै प्रश्न उठेको छ । धरान स्थित बिपि प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार इटहरीबाट संकलित गरि ल्याइएको स्वाब एम्बुलेन्स चालकको लापरवाहिका कारण ल्याव करिडोर सम्म नपुगेको बताउँछन ।

प्रतिष्ठानले शुरुवात ताका संकलन गर्दे आएको स्थान सारिदिए पछि सुचना नपाउँदा चालकले पुरानै स्थानमा छाडेर जाँदा समस्या आएको उनको भनाई छ । उनले भने, ‘इटहरीबाट स्वाब बोकेर आउने एम्बुलेन्स चालकले सुचना नहेरी पहिले जहा राख्ने गरेको थियो त्यहि राखेर हिडनुले काम बिग्रीयो ।’

चालकले कसैलाइ जानकारी नै नदिइ सुटुक्क स्वाबहरू राखेर हिडेकोले प्रतिष्ठान घटनाको जिम्मेवार नरहेको भन्दै दोष जति इटहरी उपमहानगरपालिकालाइ थुपारेको छ भने इटहरी उपमहानगर प्रतिष्ठानले लापरवाहि गरेको आरोप लगाउदै आएको छ ।

यता आरोप र प्रत्यारोप बिच इटहरीका १ सय २५ जना स्थानीयहरू अलमलमा परेका छन । त्यो बेला ककस्को स्वाब संकलन गरेको थियो खोजि गरी पुनः स्वाब लिने तयारी गरिएको इटहरी उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताए ।
पुनः स्वाब संकलन गर्न जाने या नजाने भन्ने दुविधा उत्पन्न भएको छ भने कतिलाइ आफुले दिएको स्वाब हराएको भन्ने जानकारी समेत पाएका छैनन । एम्बुलेन्स चालकले ढोकामा लेखिएको सुचना बोर्ड नपढी संकलन भएका स्वाबहरू राखेर हिडिदिदा अहिले इटहरीमा १ सय २५ जना स्थानीयहरूको स्वास्थ्य माथी गम्भिर खेलवाड भएको देखिएको छ ।
१ सय २५ मध्ये कति कोरोना संक्रमित थिए या थिएनन भदौ ४ गते प्राप्त रिपोर्टबाट थाहा हुनेथियो । तर संकलन गरिएको स्वाबहरू परिक्षण गर्नै नमिल्ने गरी भेटिएपछि यसको जिम्मेवार कसले लिने ?
सम्बन्धित निकाय इटहरी उपमहानगरपालीका धरानको बिपि प्रतिष्ठानलाइ दोष देखाइरहेको छ भने धरानको बिपि प्रतिष्ठान इटहरी उपमहानगरलाइ दोष देखाउदै आफु पन्छिने काम गरिरहेको छ ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved