सेनिटाईज गर्दै इटहरी ९ का टोलवासी

  • भदौ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । समुदाय स्तरमा कोरोना संक्रमण फैलिए थाले पछि थप सुरक्षा सतर्कता अपनाउदै इटहरी वार्ड नं ९ का अस्पताल टोलवासीले आफ्नै पहलमा शुक्रबार सेनिटाइज गरेका छन् ।

अस्पताल टोल बिकास समितिको अगुवाइमा संक्रमणबाट जोखिम रहेको वार्ड नं ९को मुख्य स्थानहरूमा सेनिटाइज गरिएको हो । आफ्नो गाउलाइ संक्रमणबाट जोगाउन वडाका मुख्य चौकहरूमा अत्याधुनिक प्रविधिद्वारा सेनिटाइज गरिएको अस्पताल टोल बिकास समितिका अध्यक्ष बिजय केसीले बताए ।

गाउमा कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानीयहरूको सल्लाहमा थोरै रकम उठाएर संक्रमित बसेका स्थान र ९ नं वार्डका मुख्य स्थानहरूमा (सोडीयम हाइड्रोक्लोराइड) द्वारा सेनिटाइज गर्ने निर्णय बमोजिम शुक्रबार सेनिटाइज गरिएको हो ।

हाल वडामा ४ जना संक्रमितहरू रहेका छन । संक्रमितहरूको घर घर पुगेर सेनिटाइज गरिएको थियो । त्यस्तै वडा नं ९ कै भिडभाड हुने स्थानहरू, चिया पसल लगायतका ठाउहरूमा पनि सेनिटाइज गरिएको थियो ।

कोरोनाको महामारीबाट आक्रान्त भइरहेको बेला इटहरी वार्ड नं ९ का युवाहरूले थालेको अभियानबाट सिक्दै उपमहानगरले पनि संक्रमणबाट जोखिम मानिएका स्थानहरूमा तत्काल सेनिटाइज गर्नु पर्ने उद्योग वाणीज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवश पोख्रेलले बताए ।

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

भोजपुरको ऐतिहासिक ‘ग ...

भोजपुर/ धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको भोजपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved