रौतहटका पुजारी हत्याको बिरोधमा सुनसरीमा ज्ञापन पत्र

  • भदौ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । रौतहटमा गोली हानी पुजारीको हत्या गर्ने दोषिलाई कडा कारवाहीको माग गर्दै सुनसरीमा ज्ञापन पत्र बुझाइएको छ ।

वृहत सनातन महासंघ (प्रस्तावित) ले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुगेर शुक्रबार ज्ञापन पत्र बुझाएको हो । संयोजक युवा सन्त श्रीनिवासाचार्यले पुजारी हत्या घटनाको बिरोध सहितको ज्ञापन पत्र प्रजिअ फणिन्द्रमणि पोखरेल समक्ष बुझाएका हुन् ।

बुधबार माधव नारायण नगरपालिका वडा नम्ब २ खेसरहिया स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोली हानेर हत्या भएको थियो ।

हत्यामा संलग्न दोषिहरुलाई कारवाहीको माग गर्दै धर्ममाथिको प्रहार सहयै नहुने ज्ञापन पत्रमा बताइएको छ । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी उपर कडा कार्वाही हुनुपर्ने वृहत सनातन महासंघ (प्रस्तावित) को ज्ञापन पत्रमा उल्लेख छ । त्यसैगरी ज्ञापन पत्रमा भनिएको छ, ‘धर्म गुरु, धार्मिक व्यक्तित्व र अनुयायीहरुको सुरक्षाको सवालमा सरकार गम्भिर हुन आवश्यक छ ।

सबैले निर्धक्क भएर बाँच्न र जीवनयापन गर्न पाउनु पर्छ ।’

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved