सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय नाघे

  • भदौ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । सुनसरीमा समुदाय स्तरमै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार सम्मको रिपोर्ट सार्वजनिक भए सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ ।

शुक्रबार २३ जना थपिए पछि सुनसरीमा कोरोना संक्रमितको संख्या कुल ४ सय ९ जना पुगेका छन् । स्वास्थ्य कार्यालय सुनसरीको अनुसार कार्यालयमा प्राप्त रिपोर्टका आधारमा सबैभन्दा बढी कोरोना संक्रमित धरानमा देखिएका छन् ।

कार्यालयकी फोकल पर्सन शिर्जना लिङथेपका अनुसार धरानमा संक्रमितको संख्या १ सय ९ रहेको छ । त्यसैगरी इटहरीमा ६५, दुहवीमा ५९, हरिनगरमा ३४, कोशीमा २९, रामधुनीमा २५, भोक्राहामा २० जना छन् । त्यस्तै बर्जुमा १९, इनरुवा र देवानगञ्जमा १५–१५ जना कोरोना पोजेटिभ पाइएका छन् । बराहक्षेत्रमा १२ र गढीमा ७ जना संक्रमित भेटिएको कार्यालयले जनाएको छ ।

जिल्लामा १६ हजार ४१ जनाको स्वाब परिक्षण गरिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार कुल संक्रमित मध्ये १ सय ८१ जना निको भएका छन् । जिल्लामा अझै २ सय २८ जना उपचारमै रहेका छन् ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved