Top 4

    Showing 9,041-9,050 of 9,412 items.
  • १ अर्बको लगानीमा युवाहरुद्धारा क्वालिटी पेपर ईण्डष्ट्रिज सञ्चालन

    चितवन /  चितवनको छिमेकी जिल्ला नवलपुरको आरुङ्गखोलामा १ अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालन आएको छ । कागज उद्योगको ईतिहास जोडिएको नवलपरासी जिल्ला हाल नवलपुर र पश्चिम नवलपरासीको रुपमा रहेको छ । भृकृटी कागज उद्योग हाल वन्द रहेपनि तत्कालिन अवस्थामा कागजको जिल्लाको रुपमा परिचित थियो ।नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रिज  प्रा.लिले सञ्चालन आएको हो ।उद्योगले आज पत्रकार सम्मेलन गर्दै स्वदेशमा खेर गएको कागजजन्य फोहर र स्थानिय कच्चा पदार्थको प्रयोगबाट नयाँ क्वालिटी पेपर ईण्डष्ट्रिज प्रा।लिले सञ्चालन ल्याएको जनाएको छ । नवलपुरस्थित

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 888 पटक पढिएको
    • "राजेन्द्र आचार्य"
  • प्रदेश १ मा कोरोनाबाट ९ जनाको मृत्यु, १६ सय संक्रमित

    विराटनगर, २८ साउन । प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ छन् । अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज मोरंगको बुढीगंगाका २ का ५५ बर्षीय पुरुषको आज विहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ । आज ४८ जना थपिएका छन् । मोरंगका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश १ बाहिरका १ जना छन् । मोरंगको विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष, सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहवीका ३ र क

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 1,246 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि,६४ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ श्रावण २८ बुधबार / आज थप ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २४ हजार ४ सय ३२ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  ८७ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ७ सय २८  जना  जना रहेका छन् ।  

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 678 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुहवीमा आज थप ४ जनामा कोरोना संक्रमण

    दुहबी सावन २८ / सुनसरीको दुहवीमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरूमा दुहवी नगरपालिका वडा नं.६ का ६७ वर्षिय महिला, वडा नं. १० का ४२ वर्षिय पुरुष छन । त्यसैगरी दंगा गण दुहवीका ३५ वर्षिय पुरुष र ३२ वर्षिय पुरुष रहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देशर प्रसाद महतोले बताए । त्यसैगरी दुहवी नगरपालिकाले साउन २४ गते उद्योगका २१८ मजदुरहरुको स्वाब संकलन गरिएको मध्ये आज १९७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 659 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सांसद कुसुम श्रेष्ठ सहित उनका श्रीमानलाई पनि कोरोना संक्रमण

    इटहरी । सुनसरीको इटहरीमा थप दुइ जनामा कोरोना पुष्टि भएको छ । धनकुटा घर भएकी तर इटहरीमा बस्दै आएकी प्रदेश एककि सांसद कुसुम श्रेष्ठ सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । श्रेष्ठले आफ्नो फेशबुकबाट संक्रमण भएको सार्वजनिक गरिसकेकी छिन् ।   गत साउन २४ गते धरान स्थित एन्फा क्वारेन्टाइनमा उनको स्वाव परीक्षण गरिएको थियो । २८ गते बिहान प्राप्त रिपोर्ट अनुसार आफुलाइ कोरोना पुस्टी भएको सार्बजनिक गरेकी थिइन । उनि हाल इटहरी ४ मा बस्दै आएकि छिन् । त्यसैगरी उनकै श्रीमान् लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दुवैजनाले एकैदिन एकै स्थानबाट स्वाब संकलन गरीएको थि

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 1,051 पटक पढिएको
    • "तेजबहादुर बन "
  • एक साता लम्बियो धरानमा लकडाउन

    धरान । कोरोनाको संक्रमण बढ्दै गए पछि धरान उपमहानगरपालिकाले थप १ साता लकडाउन घोषणा गरेको छ । आज बसेको नगरपालिका बैठकले भदौ ३ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघिको साउन २२ गतेदेखिको लकडाउनको समय आज मध्यराती १२ बजे सकिदैछ। यस्तै, बाहिरी नाकाबाट आउन खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय गरेपनि आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको कार्यपालिका सदस्य तथा वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले बताए । धरान बाहिरबाट दुध, तरकारी आउन नदिने तर धरानभित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको उनले बताए । उनले भने,‘धरानको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दुध, सब्जी सहजीकरण

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 1,473 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभा सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टि

    विराटनगर । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । स्वाब परीक्षणको रिर्पोट आएपछि बुधबार श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको हो ।सांसद श्रेष्ठका अनुसार ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ आएको बताइन । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिएकी छन् । यसअघि प्रदेश १ का न्यायाधीवक्ता चुणामणी आचार्यलाई कोरोना संक्रमण देखिएको थियो । परिवारसहित उनी आईसोलेसनमा छन् ।सांसद श्रेष्ठले सामाजिक संजालमा स्टाटस लेख्दै एक सातादेखि आफूँसंग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 705 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एनवी बैँकद्धारा स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान

    भेडेटार । नेपाल बंगलादेश बैँक लिमिटेड साँगुरीगढी  शाखाले सागुरीगढी गाँउपालिका र इलाका प्रहरी कार्यालय भेडेटारलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  बैँकका शाखा प्रमुख विनम श्रेष्ठका अनुसार सागुरीगढी गाउपालिकालाई पहिलो चरणमा ८ थान फेस सिल्ड र ८ थान एन ९५ मास्क उपलब्ध गराइएको बताए ।गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यबहादुर भण्डारीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिए । यसको उपयोगिता र प्रभाबकारीकालाई हेरेर पुनः सहयोग गर्न सकिने उनले जानकारी दिए । त्यसैगरि इलाका प्रहरी कार्यालय भेडेटारमा पनि बैकले पहिलो चरणमा १६ थान फेस सिल्ड र ८ थान एन ९५ मास्क उपल

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,914 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्कुल, यातायात, होटल व्यवसाय भदौ १६ गते सम्म बन्द

    सुनसरी । भदौ १ गते संचालन गर्न दिइने भनिएको स्कुल तथा सार्वजनिक यातायात लगाएतका होटल व्यवसाय भदौ १६ गते देखि मात्रै संचालन गर्न पाउने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस अघि साउन ५ गतेको मन्त्रिपषिद्को बैठकले होटल रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ खोल्ने निर्णय गरे पनि त्यसलाई परिमार्जन गरी होटल रेस्टुरेन्टबाट तयारी खाजा लैजान (टेक अवे)को लागि मात्रै खोल्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको बताए । भदौ १ गतेदेखि सञ्चालन गर्न दिने निर्णयलाई परिमार्जन गरी भदौ १६ गते पु¥याएको छ । जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोके

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,406 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छलि गरि ल्याएको ८० बोरा सुर्ति बरामद

    धरान । भन्सार छलि गरी ल्याइएको ८० बोरा तयारी खैनी (सुर्ती) सुनसरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । मंगलबार बिहान भारतीय बजारबाट नेपाल तर्फ भन्सार छलि गरि ठुलो मात्रामा खैनी भण्डारण गरिएको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी निरिक्षकको नेतृत्वमा गएको टोलिले तयारी खैनी ५८ बोरा र खुल्ला खैनि २२ बोरा बरामद गरेको हो । सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर ५ मा भण्डारण गरि राखएको अवश्थामा सुर्ति पक्राउ गरेको जनाएको छ । बरामद भएका सुर्तिको मुल्य स्थानीय बजार अनुसार ४ लाख रुपैया पर्ने प्रहरीले जनाएको छ । थप आवश्यक कारवाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved