लकडाउन पछि थलापर्दै इलामका होटल व्यवसायी

  • कार्तिक ३, २०७७
  • " भगीरथ भण्डारी "
alt

इलाम । पर्यटकीय नगरीको रुपमा चिनिएको इलामको सूर्योदय नगरपालिका–८ मा एक वर्ष अघि १५ करोड लगानीमा होटल ‘स्टन ब्लू’ खुल्यो । होटलमा लगानी गरेका नरेन्द्र रिजालले एनआईसी एशिया बैक बाट ऋण लिएका थिए । झापाको शिवसताक्षी नगरपालिका–११ का रिजालले अघिल्लो वर्षको दशैको मुखबाट होटल सञ्चालन शुरु गरेका थिए ।

होटल शुरु गरेको छ महिना वित्न नपाउँदै गएको चैत ११ गते देखि भएको लकडाउनसंगै होटल पनि बन्द भयो । होटल सञ्चालन शुरु भएको छ महिना वित्न नपाउँदै बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएपछि होटल बनाउन बैकबाट लिएको ऋणको किस्तानै बुझाउन गाह्रो भएको स्टन ब्लुका सञ्चालक नरेन्द्र रिजाल बताउँछन । उनले भने, ‘महिनाको छ लाख रुपैयाँ बैंकको लकडाउनको चार महिनामा एक रुपैयाँ पनि कारोवार भएन, होटल थालेकै वर्ष कोरोना महामारीका कारण व्यवसाय बन्द भएपछि ऋण माथि ऋण थपिएर थलानै परियो ।’

बंैकको मासिक किस्ता नतिर्ने ऋणीलाई कालोसूचिमा राख्थ्यो । माहामारीपछि नेपाल राष्ट्र बैंकले लोनको २० प्रतिशत लगाईदिने भने पछि मासिक किस्तामा केही सहज भएको रिजाल बताउँछन् । राष्ट्र बैंकले लगाइदिने किस्ताले ऋण लिएको बैंकमा तत्काल कालोसूचिमा पर्नबाट जोगिने मात्रै हो । बैंकले दिएको सहुलियत पनि ऋणकै रुपमा बढ्दै जान्छ । यसबाट व्यवसायीलाई केही राहात भएपनि बैंकको ऋण भने बढिरहेको उनले बताए । उनले भने, ‘किस्ता निर्त नसेपछि ऋण दिनदिनै बढिरहेको छ, लकडाउन अन्त्य भएपनि आम्दानी भएको छैन, लकडाउन खुलाए पनि आवतजावत नहुँदा अहिले पनि व्यवसायमा मन्दिनै छ, बैंकको ऋण अहिलेपनि पाँच करोड ऋण छ ।’

सूर्योदय नगरपालिका वडा नं. ५ को अन्तुमा स्थापना गरिएको होटल ‘माउण्ट भिजन रिसोर्ट’ गत वर्षको माघ महिनादेखि सञ्चालनमा आएको थियो । ४० लाखको लगानीमा बनाइएको होटल सञ्चालन थालेकोे दुईमहिना पछि नै कोरोना संक्रमणका कारण लकडाउँन घोषणा भएपछि बन्द भयो । लकडाउन पछि बन्द भएको होटल अहिले पनि खुलेको छैन । माउण्ट भिजन रिसोर्ट बनाउन होटल सञ्चालक मनोज कुमार केसीले सनराईज बैँक र झापाको एक सहकारीबाट ऋण लिएका छन् ।

बंैकबाट त्रैमासिक रुपमा ५० हजार रुपैयाँ किस्ता बुझाउने गरी ऋण लिएको भएपनि अहिले उनलाई किस्ता तिर्न धौधौ छ । सहकारीमा हालसम्ममा एक लाख १७ हजार रुपैयाँ तिर्नुपर्नेछ । सहकारीमा मासिक रुपमा बुझाउनुपर्ने रकमको जोहो गर्न नसकेपछि सहकारीको व्याज पनि सावा बराबरकै ऋणमा परिणत गरेको केशीले बताए । ‘ऋण काडेर पर्यटकीय क्षेत्रमा रिसोर्ट बनाउन थाले, सञ्चालन शुरु गरेको दुई महिनामै बन्द भयो’, केशी भन्छन्,‘ व्यवसायनै बन्द भएपछि आम्दानी सुको छैन, ऋण बढेको बढेकै छ ।’ सरकारले होटल खुलाउने निर्णय गरेपछि पाँच जना कामदार राखेर होटल खुलाएका थिए । तर पर्यटक नभएपछि कामदारलाई घर पठाएर परिवारकै दुईजनाले होटल खोलेर बसेका छन् । तर, पर्यटक नभएपछि होटल रुघ्ने भन्दा अरु केही नभएको केसीले बताए ।

कोरोनाको माहामारी पछि देखिएको आर्थिक संकटका कारण इलाम सदरमुकाममा चलिरहेका होटलहरु धमाधम बन्द हुन थालेका छन् । थप आर्थिक क्षति ब्यहोर्न नसक्ने भन्दै व्यवसायीले होटल बन्द गरेर घरधनीलाई चाबी बुझाउन थालेका हुन् । इलामको चोक बजारको बसपार्कमा २५ वर्षदेखि सञ्चालनमा रहेको तमु होटल कोरोना कहरकै कारण बन्द भयो । होटल सञ्चालक हिमा गुरुङ्गले थप आर्थिक क्षति व्यहोर्न नसक्ने अवस्था आएपछि व्यवसाय बन्द गर्नुपरेको बताउँछिन् । बसपार्कमै रहेको गजुरमुखी होटल सञ्चालन गरिरहेका कृष्ण राईले भदौको शुरु देखिनै होटल चलाउन छाडेका छन् । बसपार्कमै होटल हाम्रो पोखरेली होटल चलाइरहेका बिजय राईपनि बसपार्कको होटल बन्द गरेर ठाउँ सर्दैछन् । उनी बसपार्क भन्दा अपायक पर्ने ठाउँको निर्माणाधिन घरमा होटल चलाउने तयारीमा छन् ।

होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले लकडाउँन यता जिल्लामा सञ्चालित ठूलो लगानीको होटलबाट दैनिक ४० हजार हाहारहारी, मझौला लगानीका होटलबाट २० हजार हाराहारी र साना होटललाई छ हजार रुपैयाँ नोक्सानी हुने अनुमान गर्छन् । ‘१० देखि १५ लाख सम्म लगानीमा खुलेका साना होटलहरु सामान्य रुपमा चलेको भएपनि कर्जा लिएर ठूलो लगानीमा बनाइएका होटल बढि समस्यामा छन्’, पौडेलले भने, ‘सरकारले अन्य विभिन्न क्षेत्रका व्यवसायमा अनुदान समस्यामा परेका होटल व्यवसायमा लगानी नगरेका कारण व्यवसायनै संकटमा परेको हो ।’

होटलमा गरिएको सवै लगानी व्यसायीकै हुने भएकाले कोरोनाका माहामारी पछि उत्पन्न भएको आर्थिक संकटका कारण थला परेको पौडेलले बताए । ‘पर्यटन क्षेत्र पुरानै अवस्थामा नफर्किए सम्म सरकारले अनुदान दिए निजी क्षेत्रबाट धानिएको व्यवसायीलाई केहि सहज हुने थियो’, उनले थपे ‘बैंकबाट ऋण लिएर व्यवसाय गरेकाहरुलाई केही समस्या देखिने वित्तिकै बैंकहरुले झन तागेता गर्ने र थप ऋण पनि नदिने भएकाले व्यवसाय धान्नै समस्या भएको हो ।’

वीपी प्रतिष्ठानलाई छ ...

काठमाण्डौं/  वीपी कोइराला स्वास्थ्य विज्ञान प ...

धरानसहित विभिन्न ठाउ ...

धरान/ लागू औषधको कारोबारमा संलग्न एक गिरोहलाई प्रह ...

प्रधानमन्त्री ओलीले ...

धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास ...

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved