धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान

  • कार्तिक २, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा/ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् धनकुटा ईन्चार्ज हेमराज भण्डारी सहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् ।
नेकपा नेता भण्डारी सहित चौबिसे गाउँपालिका–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी चौबिसे गाउँपालिकालाई प्रदान गरेका हुन् । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा घर भएका नेता भण्डारी पहिलो संविधानसभाका सदस्य समेत हुन् । भण्डारी सहित लिम्बू, राई र बराईली पनि काठमाडौं बस्दै आएका छन् ।

उनीहरुले आफ्नै लगानीमा करिब १३ लाख मूल्यको एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन् । गाउँमा एम्बुलेन्स अभावमा धेरै बिरामीले हनाकहको ज्यान गुमाउनुको साथै सास्ती बेहोर्नु परिरहेकाले बिरामीलाई अस्पताल पु¥याउन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिएको संविधानसभा सदस्य हेमराज भण्डारीले बताए ।

गाउँपालिकामा कार्यक्रम आयोजना गरी दाताहरुले गाउँपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचाललाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका छन् ।

अब गाउँपालिकाले नै उक्त एम्बुलेन्स सञ्चालन गर्नेछ । कार्यबिधि निर्माण गरी गाउँबासीलाई सहुलियतमा एम्बुलेन्स सेवा उपलब्ध गराईने चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । गाउँपालिकालाई एम्बुलेन्स प्रदान गर्ने दाताहरुलाई गाउँपालिकाले एक कार्यक्रमका बीच सम्मान गरेको छ । गाउँपालिकाले अबिर, दोसल्ला, माला लगाई सम्मान–पत्र सहित एम्बुलेन्सदाताहरुलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved