धनकुटा, २४ भदौ/ सल्लेरी साहित्य सङ्गम धनकुटा र राईटर ईन्टरनेशनल (युएसए) को संयुक्त आयोजनामा आयोजित बृहत अनलाइन गजल प्रतियोगितामा ललितपुरका चिरन्जीवी सिग्देल प्रथम भएका छन् । प्रतियोगितामा बाराकी सरु बस्नेत द्वितीय, झापाका हरी पराजुली तृतीय घोषित भएका छन् । त्यस्तै प्रोत्साहन पुरस्कार ओखलढुङ्गाका छिरिङ् शेर्पा अविरल र धनकुटाका सुर्य चापागाईले प्राप्त गरेका छन् । मोती जयन्तीको अवसरमा आयोजना गरिने भनिएको प्रतियोगिताको मिति राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनका कारण सारिएको थियो । अग्रज गजलकार पुष्प अधिकारी अञ्जलीको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन भएको थियो । जसमा स्थापित गजलकार मधु प
इलाम/ रोङ गाउँपालिका ४ का भिम बहादुर मगरको घर जग्गा पहिरोमा पर्यो । उनको आफ्नो घरको आँगनमा पहिरोको चिरा–चिरा छ । चार वर्ष अघि आफ्नो घर पहिरोको जोखिममा परेपछि छिमेकिको घरमा बस्दै आएका भिम बहादुर आफू बस्दै गरेको छिमेकिको जग्गा पनि पहिरोको जोखिममा परेपछि बिचल्लित बनेका छन् । रोङ ४ कै टेकबहादुर मगरको घर पनि पहिरोमा पर्यो । शारिरिक रुपमा अशक्त र परिवारमा कोहि पनि नभएको कारण एक्लो जीवन चलाईरहेका टेकबहादुर पहिरोले घर बगाएपछि घरबिहीन बनेका छन् । सोही ठाउँका नर बहादुर बस्नेत बुबाको नाममा भएको ६० रोपनि जग्गा पहिरोमा पर्यो अब घर बस्ने जग्गा पनि नभएको भन्दै आँखा भरि आँशु झार्छन् । नरबहादुरको घ
धरान / सुनसरी प्रशासनले आज देखि दिउँसो २ बजे सम्म व्ययवसाय सञ्चालन गर्न अनुमित दिएको छ । आज बसेको डिसिसिएमसिको बैठकले १० बजे सम्म व्ययवसााय सञ्चालन गर्न पाउने निणर्यलाई परीवर्तन गरि यस्ता निणर्य गरेको हो । उद्योगी, व्यवसायीहरु सग भएको छलफल अनुसार २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए । बैठकले सैलुन, ब्युटि पार्लर, स्पा, जिमहल भने खोल्न नपाइने निणर्य गरेको छ । यस्तै होटल तथा रेष्टुरेष्टहरुलाई अनलाइन अर्डर होम डेलिभरी गर्न तथा ग्राहक आफै आएर प्याकिंग लैजाने(टेक अवे) विध
इलाम / २०७७ साल भदौमा चिया किसानले स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दैसंघर्ष समिति नै बनाएर किसान आन्दोलनमा उत्रिए । स्थानीय तहले तोकेको मूल्य उद्योगले नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका चिया किसान यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेश गरे । पटक पटक आन्दोलनमा उत्रिए चिया किसान कहिले सम्म आन्दोलन गरिरहनु पर्ने कुनै टुङ्गो छैन । कोरोना संक्रमणका कारण राम्रो मुल्यमा विक्री हुने चियाको फष्ट फ्लस ‘पहिलो टिपाइको मुना’ बारीमानै हुर्किएपछि चिन्तित किसान सूर्योदय नगरपालिकाले चिया टिपाई शुरु गर्ने नि
धरान । नेपाली भुमिमा लगाइएको धानबालीमा भारतिय सिमाबाट छिरेको भैंसी धपाउन जादा भारतियको कुटाइबाट नेपालिको मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ कटैया दशगजामा भारतीयको कुटाईबाट घाइते भएका३५ बर्षीय नेपाली नागरिक रामदेव यादवको भदौ २१ गते मृत्यु भएको हो । घाइते भएका रामदेबको उपचारका क्रममा धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । प्रहरीका अनुसार भदौ ६ गते भएको घटनामा भारत बिहारको मधुबनी जिल्लाको करियौत गामपञ्चायत ८ का १९ बर्षीय प्रदिप चौधरी, २० बर्षीय देवगोरा यादव र १८ बर्षीय सरोज यादवले रामदेवको धानबालीमा भैसी चराएका थिए । रामदेवले
विराटनगर । मोरङ कांग्रेसले चार दिनसम्म विविध कार्यक्रम गरी बीपी जयन्ती तयारी गरेको छ । पार्टीको विराटनगरमा उपलब्ध पदाधिकारी तथा जिल्ला सदस्यहरुको सहभागी भएको बैठकले बीपी जयन्ती मनाउने निर्णय गरेको पार्टी सचिव नागेश कोइरालाले जानकारी दिए । भदौ २४, २५,२६ र २७ गते चार दिनसम्म बीपी जयन्ती मनाउने निर्णय गरिएको बताउँदै कोइरालाले भने,“पहिलो दिन बीपीको सालिक भएको स्थानमा माल्यार्पण गरिने छ । लेटाङ र बीपी सेवा केन्द्रमा मनाइने कार्यक्रममा भौतिक दूरी कायम गर्दै सीमित कांग्रेस कार्यकर्ताहरु सहभागी हुनु हुनेछ ।” त्यसको भोलिपल्ट मोरङका १७ स्थानीय तहका सभापति तथा पदाधिकारीसंग भर्चुअल छलफल गरिने
विराटनगर–प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको छ । हाल सम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १७७ को पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, मेची अस्पताल झापाबाट २ हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको छ । प्रदेश
धरान / धुलिखेल समाज धरानमा युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आगामि ३ वर्षका लागि प्रथम उपाध्यक्षमा ईन्दु श्रेष्ठ कोजु, दुतीय उपाध्यक्षमा सुनिल श्रेष्ठ तुसुजु, सचिवमा मोहन श्रेष्ठ गज्याजु, कोषध्यक्षमा भिम श्रेष्ठ धालाछें, सहसचिवमा अभिमन्यू श्रेष्ठ खाछें, सदस्यहरुमा निःल श्रेष्ठ तुसुजु, प्रदिप श्रेष्ठ गज्याजु, अनिता श्रेष्ठ धालाछें, मेहरलाल श्रेष्ठ याकाछे., राजेन्द्र श्रेष्ठ तक्सारी, मेन कुमार श्रेष्ठ ध्वजु, सुमन श्रेष्ठ चोच्छे, निविरोध निर्वाचित भएको छ । संस्थाको विधान अनुरुप १५ जनाको कार्यसमिति रहेको जस्मा वर्तमान अध्यक्ष दिपक कुमार श्रेष्ठ कोजु निवर्तमान अध्यक्ष र
इटहरी । सुनसरीको इटहरीमा कोरोना संक्रमणको दर दैनिक बढिरहेको बेला आइतबार पहिलो पटक जनप्रतिनिधिलाइ पनि कोरोना देखिएको छ । इटहरी वडा नं ५ का वडाध्यक्ष कल्याण र्काकीलाई कोरोना पुष्टि भएको हो । गत भदौ १८ गते गरेको पिसिआर परिक्षणको आइतबार आएको रिर्पोट अनुसार वडा नं ५ का अध्यक्ष कार्कीलाइ कोरोना पुष्टि भएको हो । केहिदिन यता ज्वोरो र रुघा खोकि एवम स्वास प्रस्वासमा समस्या आएपछि अध्यक्ष कार्कीकोे पिसिआर परिक्षणका स्वाब संकलन गरीएको थियो । कार्की सहित उनको परिवारको पनि पिसिआर परिक्षण गरिएकोमा अन्यको भने रिर्पोट नेगेटिभ आएको छ । कोरोना पोजेटभि देखाए पछि वडाध्यक्ष होम आइसोलेसनमा रहेका छन ।जनप्रतिनि
काठमाडौ २०७७ भदौ २१ आइतबार १६:२३:३८ प्रकाशित / आज थप ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४६ हजार २५७ जना पुगेको छ । नेपालमा मृतकको संख्या २८९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८१४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ जना रहेका छन् । आइतबार काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित