छथर जोरपाटी गाउँपालिकाद्वारा औधोगिकग्रामको निर्माण कार्य शुरु

  • मंसिर १७, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा÷ धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्नो पालिकाको दुर्गम क्षेत्र मानिएको वडा नं. ३ को सिंभुवा क्षेत्रमा औधोगिकग्रामको निर्माण कार्य शुरु गरेको छ ।

संघीय सरकारको एक स्थानिय तह एक औधोगिकग्रामको नीति अनुसार उद्योग मन्त्रालयको बहुबर्षिय योजना अन्तर्गत गाउँपालिकाले काम शुरु गरेको हो । ४८ रोपनी सरकारी जमिनमा निर्माणधिन ग्रामको धनकुटाका संघीय सांसद राजेन्द्र कुमार राईले उद्घाटन गरेका छन् ।

औधोगिकग्रामको उद्घाटन गर्दै सांसद राईले उक्त औधागिकग्रामको स्थापनाले उक्त क्षेत्र तथा गाउँपालिकाको आर्थिक बिकासमा टेवा पुग्ने बताए । चालु आर्थिक बर्ष २०७७÷०७८ मा ९२ लाख बिनियोजित उक्त ग्राम निर्माणका लागि मोरङ जिल्लाको चिसाङ कन्ट्रक्सन एण्ड सप्लायर्सले ६३ लाख १२ हजार ३ सय ६५ रुपैंयाको ठेक्कामा काम शुरु गरेको हो ।

औधोगिकग्रामको यस बर्ष २ वटा ३ कोठे भवन, ३ सय मीटर वाल कम्पाउण्ड र एक सय ५० मीटर ग्राभेल सडक बन्ने छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । पछाडि परेको क्षेत्र तथा गाउँबस्तीको विकास गरेर जनसमुदायको जीवन स्तर उकास्न उक्त दुर्गम स्थानमा औधोगिकग्राम निर्माण गर्न लागिएको अध्यक्ष लिम्बूले बताए । उहाँले धनकुटा बजार हुदै यस क्षेत्रसम्म करिब एक अर्बको लागतमा २३ किलोमिटर कालोपत्रे हुन लागेकोले पनि पछि परेको भनिएको यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा थप टेवा पुग्ने बताए ।

कुल ३७ करोड २ लाख ८९ हजार ९ सय ५३ रुपैंयाँ बराबरको डिपिआरमा निर्माण हुने उक्त ग्राममा ३३ वटा औधोगिक भवन लगायत बिभिन्न भौतिक संरचना बन्ने गाउँपालिकाका ईन्जिनियर दिपेश पौडेलले बताए ।

IMG_5920

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

तीन शीर्ष नेताको बैठ ...

काठमाडौं/ समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved