बजेट सुनिश्चित नहुँदा अलपत्र काठेपुल "पिल्लर ठडेको पाँच वर्ष पछि बन्ने भयो पक्की"

  • मंसिर १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दिगो बजेटको सुनिश्चित नहुँदा विगत ५ वर्ष देखि धरान उपमहानगरपालिकाको वडा नम्बर १५ र ४ जोड्ने सेउती पुल अलपत्र बनेको थियो । ३ वर्षमा सम्पन्न हुने गरि २०७३ सालमा निर्माण शुरु भएको सेउती पुलमा ३ वटा पिल्लर बने पछि बजेटको सुनिश्चित नहुँदा निर्माण कार्य ठप्प रहेको थियो ।

पक्की पुल निर्माण कार्य शुरु भएको ५ वर्ष पछि बल्ल पुल निर्माणले गति पाएको छ । पोहोर साल संघीय सरकारबाट बजेट सुनिश्चित भए पछि ठेक्का लागेको थियो ।

गत बर्ष नै ठेक्का लागेको पुलको निर्माण कार्य कोरोनाका कारण बन्द रहेको थियो । कोरोनाको त्रास कम हुँदै गए पछि खामपचे कम्पनीले ७ महिना भित्र निर्माण सम्पन्न गरिसक्ने गरि काम शुरु गरेको छ । अहिले पुलको लागत स्टिमेट ३ करोड ५६ लाखमा खामपचे कम्पनीले २ करोड ३६ लाखमा ठेक्का पाएको हो ।

आयोजना शुरु हुँदा पुलको लागत स्टिमेट ४ करोड ५० लाख रुपैया रहेको थियो । निर्माण शुरु भएको पहिलो वर्षमा सुनसरी जिल्ला विकाश समिती मार्फत ४७ लाख रुपैया सहित जनसहभागिताको करिब ९ लाख रुपैयाले दुई वटा पिल्लर मात्रै तयार भएको थियो । त्यस पछि संविधान सभा सदस्य कृष्ण कुमार राईले निर्वाचन क्षेत्र पुर्वाधार विकाश कोषबाट उपलब्ध गराएको ३० लाख रुपैयामा थप जनसहभागिताबाट ६ लाख रुपैया उठाएर तेस्रो पिल्लर बनेको थियो ।

अहिले ३ वटा पिल्लरको लगानी बाहेक पुनः रि स्टीमेट गरेर ३ करोड ५६ लाखको स्टिमेट गरिएकोमा २ करोड ३६ लाखको टेण्डरमा परेको वडा नम्बर ४ का वडासदस्य धन बहादुर कुलुङले बताए ।पुल ५० मिटर लम्बाई, ७ मिटर चौडाईको रहने छ ।

कम्पनीका प्रतिनिधी विश्व लिम्बुले भने, ‘कोरोनाले गर्दा पोहोर काम हुन पाएन, अहिले दशैं तिहार पनि सकेर काम शुरुवात गरेका छौं, भैपरि केही आइलागेन भने यो आर्थिक बर्षको अन्तिमसम्म पुल तयार हुन्छ, र गाडी कुदाउछौं ।’ स्थानीयबासी पनि आउँदो बर्षाको समयमा पक्की पुलबाट ओहोरदोहोर गर्न पाउनेमा आशावादी छन् ।

राष्ट्रिय योजनामा पार्ने उद्देश्य सहित पुलको शिलान्यास २०७३ साल जेठ १४ गते सुनसरी क्षेत्र नं. १ का संसद मिन विश्वकर्माले गरेका थिए । त्यस पछिका निर्वाचनमा पनि राजनितिक दलहरुको नारा बनेको थियो । तर बजेटको सुनिश्चित हुन सकेको थिएन । अघिल्लो वर्ष संघीय संसद जयकुमार राईको पहलमा राष्ट्रिय योजनामा परे पछि पुल निर्माणको काम अघि बढेको हो । फागुन महिनामै टेण्डर ठेक्का लागि काम शुरु भएको थियो । तर कोरोनाको महामारीका कारण चैत्र ११ गते देखि घोषणा गरिएको लकडाउनले काम बन्द गरिएको थियो ।

स्थानीयले २०६३ सालमा विकल्पको रुपमा काठे पुल निर्माण गरेका थिए । स्थानीयवासी र पत्रङबारी सामुदायिक वन उपभोक्ता समुहको लगानीमा पुल निर्माण भएको थियो ।

सोही काठे पुल पनि २०६९ सालमा आएको बाढीले क्षति पु¥याए पछि कठिन अवश्थामा आवात जावत गर्न बाध्य छन् । समयमै पक्की पुल निर्माण हुन सके वडा नम्बर ४ र ५ का खैरेनी टार, बसन्तटार, पत्रङबारी, देवी गाउँ, निशान डाँडा, हरिया लगायतका २० गाउँ लाभन्वित हुने छन् ।

ठेक्का सम्झौता अवधि करिब ७ महिना मात्र भए पनि काम धमाधम हुँदा समयमा नै निर्माण सम्पन्न हुने आशा गरिएको बताउँछन् । पुल वडा नं ४ लगायत वडा नम्बर ५ को उत्तरी क्षेत्र हुँदै धनकुटा सम्मका स्थानीयका लागि विकाशको मेरुदण्डको रुपमा रहेको उनको भनाई छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved