प्रदेश १ को हजार बेडको कोभिड अस्पतालको पत्तो छैन नागरिक केयर सेन्टर निर्माणमा पनि ढिलासुस्ती

  • मंसिर १७, २०७७
  • कुमार लुइटेल
alt

विराटनगर । प्रदेश १ सरकारले बनाउने भनेर घोषणा गरेको एक हजार बेड क्षमताको कोभिड १९ अस्पालको अझै पत्तो छैन । तर, निजी क्षेत्रसमेतको साझेदारीमा शुरु गर्ने भनिएको कोभिड केयर सेन्टर संचालनमा समेत ढिलाइ भएको छ ।

सरकारको ढिलासुस्तीका कारण विराटनगर– १० को रोडशेष चौक दक्षिण नेशनल ट्रेडिङ कम्पनीको परिसरभित्र हाल कोसी कोभिड–१९ अस्पताल संचालनमा छ । त्यसलाई नै विस्तार गर्ने गरी हजार क्षमताको अस्पताल संचालन गर्ने निर्णय भएको थियो । तर, अस्पताल बनाउने र यसको संचालनको अझै अत्तोपत्तो छैन । चिसो बढ्न शुरु भएसंगै कोरोना संक्रमण फैलने त्रास उत्तिकै छ ।

सामाजिक विकास मन्त्रालयले जिम्मेवारीमा अस्पताल विस्तार गर्ने सरकारले घोषणा गरेको थियो । बजेट पनि विनियोजन भएको थियो । तर, पूर्वाधार व्यवस्थापनको काम अझै बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकार र निजी क्षेत्रको नागरिक केयर सेन्टरको संयुक्त लगानीमा नयाँ अस्पताल बनाउन लागिएको हो । त्यहाँ गोदाम घरमा हाल रङ्गरोगन, एसी जडान र बिजुलीबत्ती लगायतका पूर्वाधार जडानको काम भईरहेको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले नागरिक केयर सेन्टर संचालनमा आएपछि उपचारमा थप सहजता हुने बताउँदै आएका छन ।

यसको निर्माणमा निजी क्षेत्रबाट उद्योगी तथा पूर्वसांसद पवनकुमार सारडा संयोजक रहेको समितिले निजी क्षेत्रबाट सहयोग जुटाएको थियो । लक्षणसहितका बिरामीहरु बढ्न थालेपछि अहिले सरकारी अस्पतालमा ठाउँ पाउनै कठिन छ ।

अस्पतालहरुमा आईसियु, भेन्टिलेटर र अक्सिजन अवाश्यक पर्न थालेपछि नगारिक केयर सेन्टरमा एक सय शैयाको व्यवस्थापन हुन लागेको हो । यसमा प्रदेश सरकारले रु. २ करोड र निजी क्षेत्रबाट रु. १ करोड ५० लाख रुपैयाँ लगानी भएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यो काम सकारात्मक भएको बताउँदै भने, “यसमा महानगरले पनि सहयोग गरेको छ । निजी क्षेत्रले समेत सहयोग गरेको छ ।”

उता, मोरङको जहदा गाउँपालिकाले पाँच शैयाको कोभिड–१९ आइसोलेसन अस्पताल शुरु गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले सोमबारदेखि वडा नंं. ५ स्थित मझारे स्वास्थ्य चौकीलाई नै कोभिड अस्पतालको रुपमा संचालन गरिएको जानकारी दिएका छन । उनले भने, “ग्रामीण भेगमै कोभिडका लक्षण सहितका बिरामीलाई उपचार गर्न आइसोलेसन संचालन गरेका हौं ।” यसको लागि संघीय सरकारले रु. १० लाख सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved