‘पार्टी कुनै हालतमा फूट्दैन’ : पूर्व प्रधानमन्त्री खनाल

  • मंसिर १६, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम । नेकपाका अध्यक्षद्वयको आन्तरिक विवादका कारण पार्टी फुट्ने हल्ला चलिरहे पनि पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले कुनैपनि हालतमा पार्टी नफूट्ने दाबी गरेका छन् ।

प्रचण्ड निकट देखिएका खनालले पार्टी भित्र अन्तरसंघर्ष र बहस चलिरहे पनि ७१ वर्षको संघर्षले एकता भएको पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका हुन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण भएको अस्पतालको शिलान्यास र आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले भने, ‘अहिले पार्टी अत्यन्त महत्वपूर्ण घडिबाट अघि बढिरहेको छ, अन्र्तसंघर्ष छन, आन्तरिक बहस चलिरहेका छ, यसले समस्या समाधान गराएर देशलाई तिब्र विकास गरेर लैजान्छ ।

बहस र छलफल बाट समस्या समाधान गरेर पार्टी झन बलियो बन्ने बताउँदै नेता र कार्यकर्तालाई पार्टीको निति नियम अनुसार अघि बढ्न आग्रह गरेका छन । उनले भने, ‘कतिपय नेताको सोच र दृष्टिमा भिन्नता भएको कारण अहिले समस्या आएको छ, ७१ वर्षको संघर्षले बनेको नेकपालाई समृद्घ बनाई सरकारलाई लोकप्रिय बनाउन लाग्नुपर्ने समय आएको छ ।’

फरक प्रसंगमा खनालले देशका सबै पालिकामा स्वास्थ्य पूर्वाधारको विस्तार गर्न महत्वपूर्ण कदम चालेको बताउँदै वर्तमान सरकारले नयाँ कामको थालनी गरेको बताए । उनले भने, ‘विश्वमा महामारीका रुपमा कोभिड १९ फैलिरहेको बेला देश व्यापी रुपमा अस्पताल निर्माण हुनुले स्वास्थ्य क्षेत्रको विकास भएको छ, यसबाट बँच्न सबैले स्वास्थ्य मापदण्डको पालना गरेर अघि बढ्नु पर्छ ।’

स्वास्थ्य, शिक्षा सबैभन्दा ठूलो सम्पति रहेकाले यसको विकासले सुखी नेपाली समृद्घ नेपाल बनाउन सहयोग पुग्ने हुँदा विकास सँगै गाउँ गाउँमा सडक र विजुली पुर्याउन लागि परिरहेको र धेरै ठाउँमा काम भईरहेको उनको भनाई छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved