प्रदेश १ को विभिन्न स्थानमा भएको सवारी दुर्घटना २ जनाको मृत्यु

  • मंसिर १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

बिराटनगर ।  मोरङ र पाँचथरमा मंगलवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मंगलवार राती सवा ७ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका-९ ईटहरा चोकमा मे ९ प १७२३ र बा ३४ प २८१० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका २८१० नम्बरका मोटरसाईकल चालक भोजपुरको दिङला घर भई ईटहरी बस्दै आएका ३५ बर्षीय बिजय गौतमको उपचारको क्रममा अरनिको अस्पताल उर्लावारीमा मृत्यु भएको हो ।

यसैगरी पाँचथरको जोरसालमा मंगलवार राती पौने ८ बजे बा १९ च ५७३६ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअपमा सवार रहेका फिदिम नगरपालिका-१ का २० बर्षीय अर्जुन शंकरको मृत्यु भएको छ ।

फिदिमबाट जोरसाल तर्फ जाँदै गरेको पिकअप अचानक अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका शंकरको उपचारको क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved