कोरोना नियन्त्रणमा इलामका तिन स्थानीय तहको खर्च २ करोड बढी

  • मंसिर १७, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम । इलामको तिन नगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि २ करोड १७ लाख ७५ हजार ४ सय ६० रुपैया खर्च गरेको छ । सूर्योदय नगरपालिकामा कोभिड–१९ व्यवस्थापनका लागि ७५ लाख ६६ हजार ७ सय ८ रुपैया खर्च भएको छ भने माई नगरपालिकाको ४८ लाख ५० हजार र इलाम नगरपालिकाको ९३ लाख ५८ हजार ७ सय ५२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

सूर्योदय नगरपालिकामा पशुपतीनगर नाका प्रवेश गर्नेलाई सम्बन्धित क्षेत्रसम्म पु¥याउन, होल्डिङ सेन्टरबाट क्वारेन्टाइनसम्म ल्याउन, संक्रमितलाई आइसोलेसनसम्म पु¥याउनका लागि यातायातमा ५ लाख ३१ हजार ८ सय ७० रुपैया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा १५ लाख ५८ हजार ६ सय ८५ रुपैया, स्वास्थ्य सामाग्री खरिद १२ लाख ८३ हजार ९ सय ९९, राहत वितरण २५ लाख २३ हजार ४ सय ३४ रुपैया र क्वारेन्टाइनमा खाना र खाजाको लागि १६ लाख ६८ हजार ७ सय २० रुपैया रहेको छ । नगरले क्वारेन्टाइनमा बस्नेहरुको लागि दैनिक ३ सय ८० रुपैयाको दरले खर्च भएको जनाएको छ ।

नगरपालिकाको विपद व्यवस्थापनको कोषमा रहेको १४ लाख ३४ हजार १ सय ९८ रुपैया ३६ पैसा मौजदात रहेका थियो । नगरको कोषमा ७२ लाख ७४ हजार ८ सय २९ रुपैया सहयोग प्राप्त भएको छ । नगरपालिकाको कोभिड कोषमा ८७ लाख ९ हजार २७ रुपैया जम्मा भएकोमा कोषका लागि संघीय सरकारबाट १० लाख, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट ५ लाख, आन्तरिक मामिला मन्त्रालयबाट २० लाख अन्य संघसंस्था तथा कर्मचारीहरुबाट ४६ लाख ७४ हजार ३ सय २९ रुप्रया सहयोग प्राप्त भएको आन्तरिक लेखा परिक्षण अधिकृत प्रदिप चापागाईले बताए ।

उता माई नगरपालिकामा क्वारेन्टाइनमा बस्ने र सुरक्षाका लागि खटिने सुरक्षाकर्मीलाई खाना र खाजा गरी ७ लाख खर्च भएको छ । बाहिरबाट आएकालाई नगरपालिकामा ल्याउन सवारी भाडाबापत ३ लाख खर्च भएको नगरपालिकाले जनाएको छ । प्रचार–प्रसार, मास्क वितरणमा १ लाख ५० हजार खर्चभएको लेखा अधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिए । विपद् व्यवस्थापन कोषको ५० लाख र प्रदेशबाट प्राप्त १० लाख खर्च गरेको छ । समस्यामा परेका २३ सय घरपरिवारलाई २५ लाख बराबरको राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

विपन्न नगरवासीलाई दैनिक उपभोग्य सामग्री दाल, चामल, तेल, नुन, साबुन र चिनी बाँडिएको थियो । नगरपालिकाले बाहिरबाट आउनेलाई राख्ने क्वारेन्टाइनमा ६५ वटा शैया खरिद गर्न १२ लाख खर्च गरेको छ ।

इलाम नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि हालसम्म ९३ लाख ५८ हजार ७ सय ५२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । यो खर्च स्थानीय तह आकस्मिक कोषबाट कोभिडका लागि छुट्याएको कुल रकमको ९४ दशमलव शून्य ३ प्रतिशत रहेको नगरपालिकाले बताएको छ ।

नगरपालिकाको आकस्मिक कोषमा ५ लाख ९४ हजार ३ सय १० रुपैयाँ बचत छ । उक्त रकमबाट अहिले कोरोना नियन्त्रण व्यवस्थापनको काम भइरहेको नगरपालिकाको भनाइ छ । नगरको १२ वटै वडामा बन्दाबन्दीको समय समस्यामा परेका २ हजार ५ सय घरपरिवारलाई ५६ लाख ८७ हजार १ सय ८३ रुपैयाँ बराबरको राहत वितरण गरेको छ ।

नगरपालिकाले क्वारेन्टाइन निर्माण, व्यवस्थापनसँगै त्यहाँ बस्नेलाई खाना, खाजा, शैया, औषधी र स्वाब संकलन किटको एकमुष्ट २४ लाख ४७ हजार रुपैयाँ खर्च गरेको छ । ‘क्वारेन्टाइन व्यवस्थापन गर्न ४० थान शैया खरिद गरेका हौं’, नगरपालिकाकी स्वाथ्य शाखा प्रमुख रमन्ता पौडेल भन्छिन् । १८ लाख ४ सय २४ कोरोना बिमामा खर्च भएको उनले बताइन् ।

कार्यालयमा दैनिक काम गर्ने नगरपालिकाको ३ सय ७ कर्मचारीको कोरोना बिमा गरिएको छ । महामारी नियन्त्रणसँगै नागरिकको स्वाथ्यलाई ध्यानमा राखेर एम्बुलेन्स खरिद गर्न १० लाख ४० हजार ३ सय १७ खर्च छुट्याएको छ । नगरपालिकाले कोरोना भाइरस नियन्त्रण गर्न विभिन्न क्षेत्र तथा विषयको रकम, अनुदानसँगै दाताबाट ९९ लाख ५३ हजार ६२ रुपैयाँ स्थानीय तह आकस्मिक कोषमा संकलन गरेको छ ।

 

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved