काठमाण्डौं/ काममा चमत्कारिक छबि बनाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ४४ घण्टा जनता सडकमा भोकैप्यासै रातदिन बिताइरहँदा पनि उद्धारमा कुनै चमत्कार देखाउन नसेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनु भएको छ । अध्यक्ष राईले जतना सडकमा बिचल्ली हुँदा मन्त्री घिसिङ भने भारतीय राजदुतसंग भेटघाटमा रमाईरहेको बताउनुभएको छ । मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिक असोज ३ गते साँझ साढे ६ बजे खसेको पहिरो अझैसम्म पन्छाउन सकेको छैन । सडक डिभिजन कार्यालय भरतपुरले कहिले दुईवटा कहिले पाँचवटा लोडर तथा एक्जाभेटरले पन्छाउने काम गरेको भएपनि सरकारले अन्
इलाम/ माइजोगमाई ५ सिरिसेका जीवन बुढाथोकीले कृषि ज्ञान केन्द्रको दश लाख अनुदान सहयोगमा शीत भण्डार गृह (कुल बुट) बनाए । आफ्नो बुढाथोकी कृषि तथा पशुपंक्षि फर्मको तीन लाख ३४ हजार थप लगानी गरेर बनाएको कुल बुट सञ्चालन गरी किवी भण्डार गर्ने उनको योजना रहेको थियो । २०७९ चैत्रमा कुल बुट बनाएका उनले आफ्नो बारीमा उत्पादन भएको किवी र अन्य गाउँको समेत भेला गरेर कुल बुटमा राखे । तर लाखौँ लगानीमा बनाएको कुल बुट मा मेसिनले चिसो हावा फाल्नुको साटो तातो हावा फाल्न थाल्यो । भण्डारण गरी राखिएको किवी बिग्रियो । किवी फल बिग्रन थालेपछि कोसेलीको रूपमा बाँडेर सकिएको फर्मकी रुपा बुढाथोकी बताउँछिन् । आफ्नो बारीम
काठमाडौं/मुग्लिङ–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक असोज ३ गते खसेको पहिरोले ४० घण्टादेखि बाटो अवरुद्ध हुँदा करिब ३५ हजार सवारी साधन र ८० हजार यातायात मजदुरसँगै ५ लाख यात्रु अलपत्र परेका छन्। यस्तो अवस्थामाः नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले उद्धार तथा सहयोगका लागि विशेष टिम परिचालन गरेको छ। महासचिव केशव थापा (निरु) को संयोजकत्वमा बनेको टिमले समस्या परे तत्काल सम्पर्क गर्न आग्रह गरेको छ। सहयोगका लागि सम्पर्क: • महासचिव केशव थापा (निरु): ९८५५०६११५२ • अध्यक्ष दीपक सिलवाल: ९८४५०२४४३३ • कोषाध्यक्ष राजु पौडेल: ९८५५०५१३६३ संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले तत्क
काठमाण्डौं/मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरो ३९ घण्टासम्म पन्छाउन नसकेपछि यात्रुहरु पैदलै सुरक्षित स्थान तर्फ हिँडेका छन् । सरकारले पहिरो पन्छाइदेला र गन्तव्यतर्फ जाँउला भन्ने आसले रातदिन सडकमै अलपत्र परेका यात्रुहरु घण्टौँ हिँडेर सुरक्षित स्थानतर्फ लागेका छन् । असोज ३ गते काठमाण्डौंबाट धनगढी हिँडेका ललित चन्द ३९ घण्टादेखि सडकमै छन् उनि रातमाटेदेखि घण्टौ हिँडेर असोज ५ गते विहान साढे ९ बजे मुग्लिङ पुगेकाछन् । कतिपय ठाउँमा सडक एकतर्फी जान सक्ने स्थानमा पनि ट्राफिक प्रहरीहरुले सवारी रोकपछि विभिन्न स्थानमा वादविवाद भएको र प्रहरी प्रशासनको रुखो बोलीले यात्रुहरु झ
काठमाडौं/चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला पुल नजिक खसेको लगातार पहिरोले करिब ३६ घण्टादेखि यातायात ठप्प बनेको छ । यसले गर्दा हजारौँ यात्रु तथा यातायात मजदुर सडकमै बिचल्लीमा परेका छन् । असोज ३ गते साँझ साढे ६ बजेदेखि खस्न थालेको पहिरो अझै पन्छाउन नसकिएको हो । लगातार पहिरो खसिरहेकाले सडक सफा गर्न कठिनाइ भएपछि यात्रुहरू अलपत्र परेका छन् । लामो अवरोधका कारण खानपिनमा समेत समस्या देखिएको छ । यसबीच, मुग्लिङका स्थानीयवासीले पहल गर्दै यात्रु तथा मजदुरलाई खानपिनको सहयोग गरेका छन् । साथै, राइडर्स युनियन नेपाल चितवन जिल्ला कमिटीले बिस्कुट र पानी वितरण गरेको छ । उपाध्यक्ष आलोककु
धरान/लामो प्रतीक्षापछि धरान उपमहानगरपालिकाले आ.व. २०८२/०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। शनिबार उपमहानगरको प्राङ्गणमा बसेको १७औं नगरसभामा बजेट प्रस्तुत गरिएको हो। मेयर हर्कराज राईका अनुसार पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई यस वर्षको बजेटको प्राथमिकतामा राखिएको छ। उपमेयर अइन्द्र विक्रम बेघाले प्रस्तुत गरेको बजेटमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख, राजस्व बाँडफाँडबाट ३४ करोड १८ लाख र गत वर्षको मौज्दातसहित अन्य श्रोतबाट रकम जुटाउने प्रक्षेपण
झापा/ दसैं नजिकिँदै गर्दा नगदे बाली अलैँचीको मूल्य ओरालो लागेको छ। नेपाल अलैँची व्यवसायी महासङ्घका अनुसार प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा प्रतिमन (४० किलो) अलैँची हाल ८१ हजारदेखि ९२ हजार रुपैयाँमा मात्रै बिक्री भइरहेको छ। भदौको सुरुवातमा प्रतिमन ९४ हजार रुपैयाँसम्म पुगेको मूल्य अहिले २–३ हजार रुपैयाँले घटेको हो। अहिले बजारमा सबैभन्दा राम्रो ‘बोल्ड’ अलैँची प्रतिमन ९२ हजार र सामान्य ‘चालु’ अलैँची ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अध्यक्ष दीपक नेपालका अनुसार दसैं खर्च धान्न किसानले सानो मात्रामा अलैँची बजारमा ल्याएपछि मूल्य घटेको हो। लेकाली
धरान/संविधान दिवसको अवसरमा सर्वपक्षीय समन्वय समितिको आयोजनामा धरानमा आज भव्य ¥याली तथा कोणसभा सम्पन्न भयो। धरान–२ छाताचोकबाट सुरु भएको ¥याली ‘संविधानको रक्षा गरौँ’ नारासहित भानुचोकमा पुगेर कोणसभामा परिणत भएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, महिला प्रतिनिधि, विद्यार्थी, नागरिक समाजका अगुवासहित ठूलो जनसमुदायको उपस्थिति रहेको थियो। सहभागीहरूले संविधानको संरक्षण र अराजक गतिविधिको विरोधमा ऐक्यबद्धता जनाए। कोणसभामा विद्यार्थी नेता रविन्द्र श्रेष्ठले धरानमा भदौ २४ पछि भएका तोडफोड र आगजनीप्रति चिन्ता व्यक्त गर्दै मेयर हर्कराज राईमाथि नै जिम्म
काठमाण्डौं/नेपालको संविधान श्रमिकहरुको संघर्षको उपलब्धी भएकाले संविधानको रक्षा श्रमिकहरुको मुख्य एजेण्डा भएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताउनु भएको छ । शुक्रबार पुतलीसडकस्थित मनमोहन मजदुर भवनको खुल्ला प्राङ्गनमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसका समारोहमा जिफन्ट तथा आवद्ध घटकका सयौँ श्रमिक नेता कार्यकर्ताहरु सभागी सभा मार्फत शुभकामना दिनुहुँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो सात दशक लामो नेपाली श्रमजीवी जनताको रगत र पसिनाले निर्माण गरिएको संविधान विरुद्ध प्रतिगामीहरुलाई खबरदारी गर्नुभयो । अध्यष श्रेष्ठले भन्नुभयो संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको विरोध श्रमिक जनताले
विराटनगर/ विराटनगरबाट बिहीबार राति प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार विराटनगर–८ यादवचोक नजिक भातीगछतर्फ जाने सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको प्रदेश १–०२–००१ च १६६६ नम्बरको कारभित्र ५३८ किलो गाँजा भेटिएको हो। बिहीबार राति करिब १०:१५ बजे प्रहरीले नियन्त्रणमा लिएको कार तलासी गर्दा १५ बोरा गाँजा फेला परेको थियो। कार छाडेर चालक फरार भएका कारण उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। बरामद गाँजा भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रारम्भिक अनुमान छ। कारसहित गाँजा नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडि