विराटनगर । प्रदेश १ मा तीव्र गतिमा फैलिरहेको कोरोनाको संक्रमण मुख्यत मोरङमा केन्द्रीत भएको तथ्यांकले देखाएको छ । परीक्षण भई कोरोना पोजेटिभ भएकाहरुको तथ्यांकले संक्रमण मोरङ र त्यसमा पनि प्रदेश राजधानी विराटनगर केन्द्रीत भएको देखिन्छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कको पछिल्लो तथ्यांकअनुसार प्रदेशभर कूल संक्रमितको संख्या १९ हजार ७९१ पुगिसकेको छ । तीमध्ये मोरङमा मात्र संक्रमितको संख्या ९ हजार ३५२ जना छ । जिल्लामा कोरोना संक्रमणबाट ७० जनाले ज्यान गुमाई सकेका छन । प्रदेशको आंकडा हेर्दा कूल संक्रमितमध्ये ४७ दशमलब २५ प्रतिशत मोरङका छन । मोरङमा ५ हजार
धरान । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सुनसरीको क्षेत्र नम्बर १ का १ हजार फुसका घरमा जस्तापाता लगाईदिने भएको छ । फुसको घर भएका विपन्न परिवारको घरधुरीमा निशुल्क जस्तापाता लगाइदिने भएको हो । सुनसरी क्षेत्र नम्बर १ का संघीय सांसद जय कुमार राईको पहलमा धरान, बराहक्षेत्र र रामधुनीका १ हजार घरधुरीमा जस्तापाता लगाइदिने भएको हो । सांसद राईको अध्यक्षतामा जिल्ला समन्वय समितीको कार्यालयमा भएको बैठकमा धरानका ३ सय ३१, रामधुनीको २ सय २४ र बराहक्षेत्रका ४ सय ४५ घरधुरीमा फुसको छानो हटाएर जस्तापाता लगाइदिने निर्णय भएको छ । लाई सरकारले निःशुल्क जस्तापाता जडान गरिदिने भएको छ । जस्तापाता जडान गर्न प्रति
धरान । कोरोना संक्रमण पुष्टि भएका सबै बीमितहरूलाई एक हप्ताभित्रै दाबी भुक्तानी दिनुपर्ने बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दाबी रकम भुक्तानीमा ढिलाइ भएको गुनासो आए पछि सरकारले ७ दिनभित्रै दाबी भुक्तानीको व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए पछि बीमा समितीले सोही अनुसार सबै बीमा कम्पनीहरुलाई सात दिन भित्र भुक्तानी दिन निर्देशन जारी गरेको हो । अर्थ मन्त्रालयले मंगलवार बीमा समितिलाई निर्देशन दिएको थियो । बीमा समितिले मंगलवार नै एक परिपत्र जारी गर्दै कम्पनीहरूलाई तोकिएको समयावधिभित्रै दाबी भुक्तानी दिन निर्देशन दिएको हो । कोरोना पुष्टि भएका बीमितले समयमै दाबी पाउनेछन् । पेन्डि
इलाम / इलाम बजारमा सुविधा सम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माणको काम अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु गरेको कम्प्लेक्सको काम अन्तिम चरणमा पुगेको हो । ९ करोड ३८ लाख रुपैयाँ लागत अनुमान गरिएपनि निर्माणको अन्तिम चरणमा १३ करोड लागत पुगेको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले बताए ।उनले भने ‘भवनको भित्रिकाम सबै सकियो अव फिनिसिङ र बाहिर इन्टर लकिङको काम मात्रै बाँकि रहेको बताए ।’ भवनमा ९२ सटर र २ वटा लिफ्टसहितको रहेको ‘व्यापारिक प्रयोजनका लागि भवन निर्माण गरिएको हो । सिटी मार्टका लागि पार्किङस्थलको
धरान । धरानको विकाश र समाज परिवर्तनका अभियन्ता गजेन्द्र इस्वो (गजेन्द्र दाई) को आज बिहान करिब ४ बजे निधन भएको छ । केही दिन अघि कोरोना संक्रमण देखिए पछि उनको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो । भुतपुर्व बिट्रिश गोर्खा सैनिक संघका पुर्व अध्यक्ष समेत रहेका इस्वो धरानको विकाश र समाज परिवर्तनका लागि अभियन्ता थिए । उनका पहलमा विभिन्न समयमा थुप्रै विकाश निर्माणका कामहरु भएका छन् । किरात याक्थुङ चुम्लुङका केन्द्रिय सचिव तथा वर्तमान सल्लाहाकार इस्वो विदेशको लोभ त्यागरेर देशमै बस्दै आएका थिए । उनका थुपै्र सहकर्मीहरु बेलायत पलायन भएका छन्, तर उनी देशमै रहेर विकाशमा लागेका थि
विराटनगर। प्रदेश १ मा आज २सय५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २–२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १–१, मोरंगको विराटनगरमा ३७, सुनबर्षीमा ७, कटहरी र रंगेलीमा ६–६, सुन्दरहरैचा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १&
निरीह म, सरकार खोजिरहे।चिसो भुइमा रात बिताइरहेका हरुको माझमा।बिदेश बाट फर्किरहेका हरुको महङ्गो जाहज मा।अनि,टुढिखेलमा अरु कसैले पस्किएको एक चोईली भातमा।तर, तिमी त अस्पतालका बिल काउन्टरमा पो भेटियौ।महङ्गो आई. सि.यु. को बिल तिर्न नसकेर।आफन्तको जिम्मा लाग्न नपाएको ।बिचरो त्यो लास सङ्गै ।एकदम निरीह भेटियौ।बिचरो म, सरकार खोजिरहे।कुनै नया कुरा सहित आउछौ कि भनेर।तिम्रा बेतुकका बक्तब्य हरुमा घन्टौ घोत्लिरहे।अनि,केही आशाको पन्तुरो फुकाउछौ कि भनेर कुरिरहे।तर, तिमी त दोष केलाउन मा ब्यस्त पो देखियौ।उल्टो असाबधानी तिम्रै हो ूभन्दै।मृत्यु को डर अझ तिखारी तिखारी कन।मात्र गोटा गन्ती गर्दै रह्यौ।भर्खर १ ,२ गन्न
इलाम/ इलाम नगरपालिका सातमा निर्माणधिन सिटिमार्टको नालीमा सेफ्टी टेड्ढी बगाउने पाँच घरलार्ई नगरपालिकाले कार्वाहीगर्ने भएको छ । सिटिमार्टको नालीमा सेफ्टी टेड्ढी बगाउने धनमान बराईली,दुर्गा श्रेष्ठ मदन,कल्याण खाकी,इश्वर चिपालु र राजेन्द्र श्रेष्ठ रहेको इलाम नगरपालिकाले जनाएको छ । उनीहरुको घरमा भएको सेफ्टी टेड्ढीदेखि पाईप जडान गरेर नालिमा लगाएको पाएपछि कार्वाही गर्ने भएको हो । गरपालिकाले अनुसूची १६ को ऐनको दफा १७ अन्र्तगर्त सार्वजनिक नाली तथा ढलमा जथाभावी सेफ्टी टेड्ढीको मल बगाएमा वा जथा भावी फोहोर मैला थुपारेमा फोहोर मैला विधेयक व्यवस्थापन विधेयक , नियमावली अनुसार पहिलो पटकलाई एक हजार रुपैय
विराटनगर । पछिल्लो २४ घण्टामा कोरोना विराटनगरमा दुई जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई पुरुषको मृत्यु भएको अस्पतालले जनाएका छन । कोसीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का ७० वर्षीय वृद्ध छन । उनमा गत कात्तिक ७ गते कोरोना पुष्टि भई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका वडा नम्बर २ का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन । संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार
धरान । प्रत्येक वर्ष संघीय कृषि मन्त्रालयले विश्व खाद्य दिवसको अवसरमा प्रदान गर्दै आएको कृषि थोक बजार उत्कृष्ठ पुरस्कार यस वर्ष पनि धरान स्थित कृषि उपज बजार स्थलले प्राप्त गरेको छ । धरान १३ स्थित कृषि थोक बजार यो बर्ष पनि देशभरिका थोक बजारहरुमध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ । यो वर्षको पुरस्कार कृषि बजार सातौं पटक हो । यस अघि २०६१, २०६३, २०६८, २०७२ र २०७५ देखि लगातार प्राप्त गर्दै आएको छ । सरकार मातहतमा रहेका ११ वटा कृषि बजार मध्ये धरान स्थित कृषि बजार उत्कृष्ठ बन्न सफल भएको छ । त्यसै गरि उत्कृष्ठ व्यापारीमा कृषि बजारकै थोक ब्यपारी अजय कुमार गुप्ता राष्ट्रिय स्तरमा तेश्रो हुन सफल हुनु भएका छ