प्रदेश १ मा खोप अभियानले अपेक्षित गति लिन सकेन १३ हजारले लगाए खोप

  • माघ १८, २०७७
  • कोशीपत्र संवाददाता
alt

विराटनगर÷ कोरोनाविरुद्धको खोप कार्यक्रमले प्रदेश १ मा अपेक्षित गति लिन नसकेको देखिएको छ ।

भारत सरकारको अनुदानमा नेपाल सरकारले प्राप्त गरेको कोभिसिल्ड खोप लगाउन माघ १४ गते सुरु गरिएको हो । पहिलो खोप लगाएपछि दोस्रो खेप लगाउने सरकारको तयारी छ ।

उद्घाटन कार्यक्रमकै दिन प्रदेश सरकारले २८ हजारभन्दा धेरैलाई खोप लगाइने घोषणा गरेको थियो तर योजनाअनुसार खोप अभियान अघि बढ्न नसकेको देखिन्छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म १३ हजार २८३ जनाले खोप लगाएका छन् । प्रदेश १ मा खोप कार्यक्रम सुरु भएको आइतबार पाँच दिन भएको छ ।

मन्त्रालयको आँकडाअनुसार सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २ सय२४, इलाममा १ हजार १ सय४, भोजपुरमा ५ सय ८२, ओखलढुङ्गामा ५ सय ६३, धनकुटामा ५ सय ३९, पाँचथरमा ४ सय ८९, तेह्रथुममा ४४२, खोटाङमा ३४६, उदयपुरमा ३ सय ३४, सोलुखुम्बुमा २२६, सङ्खुवासभामा २ सय ८१ र ताप्लेजुङमा २ सय१८ जनाले खोप लगाएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले पहाडी र हिमाली जिल्लामा समेत खोप अभियान सुरु भइसकेको जनाए । बस्नेत भन्छन्, ‘तोकिएकै अवधिमा अभियानमा सहभागी गराएर सबैलाई खोप लगाउने सरकारको योजना रहेको छ ।

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाइकर्मीसहित ३५ हजार ५ सय ७६ जनालाई खोप लगाउने कार्यक्रम छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा खोप केन्द्रमार्पmत् खोप लगाइँदैछ । दुई नम्बर प्रदेशका सिरहा र सप्तरीका लागि पनि विराटनगरस्थित औषधि गोदामबाटै खोप पठाइएको छ ।

चिकित्सकहरूले यो खोप चरणबद्ध रूपमा परीक्षण भएकाले लगाउन कुनै डर नहुने बताएका छन् । कोशी कोभिड–१९ अस्पतालका संयोजक डा दीपक सिग्देलले कोभिसिल्ड तेस्रो चरणको समेत परीक्षण पास गरेर आएकोले यो खोप लगाउन कुनै जोखिम नभएको जनाए ।

सिग्देल भन्छन्, ‘पहिलो खोप लगाएपछि दोस्रो डोज पनि लगाउनुपर्छ । यसले शरीरमा एन्टीबडी विकास गरेर कोरोनाविरुद्ध लड्ने शक्ति प्रदान गर्दछ ।’ कसैलाई विगतमा कुनै खोप लगाउँदा नै एलर्जीको समस्या भएको थियो भने कोरोना खोप नलगाउन सिग्देलले सुझाव दिए ।

कोशी अस्पतालका मेसु डा चुमनलाल दासले आफूले अभियान उद्घाटन गर्दै खोप लगाएको तर त्यसले कुनै नकारात्मक असर नगरेको बताए । ‘सबै स्वाथ्यकर्मी र सरकारले खोप लगाउन मापदण्ड तोकेका महानुभावहरूलाई खोप लगाउन अनुरोध गर्दछु ।’ उनले भने ।

दासले कोरोनाको सङ्क्रमणलाई समाजमा फैलनबाट रोक्न बलियो प्रतिरोधी क्षमता चाहिने भएकोले खोप यसको उचित विकल्प भएको सुनाए ।

 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved