Top 4

    Showing 8,481-8,490 of 9,410 items.
  • पाँचथरका तीन हजार घरमा एकैदिन विद्युतीकरणको शुभारम्भ

    पाँचथर । पाँचथर जिल्लामा शुक्रवार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको छ । मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका दुई हजार ९ सय ९० घरमा विस्तार भएको विद्युतको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शुभारम्भ गरेका हुन् । शुक्रवार जिल्ला आएका उनले अलगअलग पाँच कार्यक्रममा सहभागी भई विद्युतीकरणको शुभारम्भ गरेका हुन् । दुई गाउँपालिकाका ६ ओटा वडामा विद्युतीकरणको काम पूरा भएपछि शुक्रवार एकैदिन शुभारम्भ सम्पन्न भएको हो । सबै स्थानमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युत् विस्तार गरिएको हो । कुम्मायक – २ माङ्जाबुङका ७

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • 1,091 पटक पढिएको
    • "रासस"
  • प्रदेश १ मा शनिवार थप १ सय ३५ जना कोरोना संक्रमण पुष्टि

    धरान : प्रदेश नम्बर १ आज थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरंगमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँचथरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ५०, बुढीगंगामा ३, कानेपोखरी, बेलबारी र लेटाङमा २–२, ग्रामथान, उर्लाबारी, धनपालथान, पथरीशनिश्चरे, केराबारी र कटहरीमा १–१, स्थानीय तह नखुलेका ३ जना छन् । झापाको कनकाईमा १२, भद्रपुरमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, मेचीनगरमा ४, शिवसताक्षीमा २, गौरादह, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सुन

    • प्रकाशित मितिः मंसिर ६, २०७७
    • 801 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङको रतुवामाईबाट सोह्र जुवाडे पक्राउ

    धरान । जुवा जन्य खेलहरुमा प्रहरीको नियन्त्रण तिब्र रुपमा बढेको छ । चाडपर्वको समयमा हुने जुवाजन्य खेलहरुलाई नियन्त्रण गर्न प्रदेश १ प्रहरीले अभियान नै चलाएको छ । यसै बिच मोरङको रतुवामाई नगरपालिका ८ बाट तास तथा जुवा खेलिरहेका अवस्थामा डेढ लाख भन्दा बढी नगद सहित १६ जनालाई पक्राउ गरेको छ । शुक्रवार राती साँढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रतुवामाईका डिल्लीराम चौलागाई, मोती पौडेल, रामनाथ मैनाली, देवी प्रसाद प्रसाई, रामनाथ नेपाल, हेमलाल प्रसाई, नारायण

    • प्रकाशित मितिः मंसिर ६, २०७७
    • 1,259 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बैदेशिक रोजगार ठगी मुद्धामा फरार अभियुक्त उदयपुर प्रहरी द्वारा पक्राउ

    धरान । बैदेशिक रोजगार ठगी मुद्धामा अदालतबाट दोषी ठहर भएका फरार एक अभियुक्तलाई उदयपुर प्रहरी ले पक्राउ गरेको छ। जिल्ला अदालत उदयपुरबाट १ लाख ५० हजार जरीवना र १ वर्ष ६ महिना ३ दिन कैद पाएका फरार अभियुक्त पक्राउ परेका हुन् । ४३ वर्षीय सुजन राई लाई आफ्नै घरमा लुकीछिपी बसेको अबस्थामा शुक्रबार साझ ७ बजे ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको बिशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ६, २०७७
    • 1,375 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो यो वर्षको छठ

    धरान/ सुर्यको विशेष पुजा आरधना गरि मनाइने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ चढाएर यस वर्षको छठ पर्व विधिवत रुपमा समापन गरिएको छ । यो वर्ष कोरोना भाइरसको महामारीका कारण छठमा विगतकोजस्तो उल्लास भने पाइएन । शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका हुन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न

    • प्रकाशित मितिः मंसिर ६, २०७७
    • 1,497 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घरमै पोखरी बनाएर अस्ताउँदै सुर्यलाई पानी चढाएर मनाइयो छठ पुजा

    धरान । खोला किनारमा अस्ताउँदै सुर्यलाई अर्घ दिएर गरिने छठ पुजा कोरोना संक्रमणका कारण यस वर्ष केही धर्मावलम्बीहरुले घर मै मनाएका छन् भने केहीले नजिकैको पोखरीमा पुजा आजा गरेका छन् । कसैले खेतबारीमा पानीको पोखरी बनाएर छठ पर्व मनाएका छन् । कोरोना भाइरस र यसको त्रास संसंगै धार्मिक गतिविधि नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि घरमै खाल्डो खनि पानिले भरेर खोलाझै रंगाई बिधिवत रुपमा ब्रत बसेर पर्व मनाएका छन् । कोरोना भाइरसका कारण खोलामा जादाँ भिड भएकाले यहि पुजा गरेको धर्मावलम्बीहरुको भनाई छ । विगतका वर्षहरुमा धुमधामका साथ विभिन्न खोला, नदिका किनारहरुमा भिड लाग्ने गरेको थियो । १ हप्ता अघि देखिनै खोला

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • 1,456 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छठ पर्वमा सिंगारिएन खोला किनार, धरानका सर्दु र सेउती सुनसान

    धरान । विगतका बर्षहरुमा छठ पर्व आउनुपूर्व अर्थात एक हप्ता अगाडि देखि नै तयारीमा सर्वसाधारण छठ पूजाका लागि तयारीमा जुट्थे । खोला किनारामा सरसफाइसगै सजिसजाउ गर्थे तर यस बर्ष छठ पुजाकै दिनमा पनि कोरोना महामारीका कारण सुनसरीको धरानका सर्दु र सेउती खोला सुनसान छ । कार्तिक शुक्ल चौथीका दिन बुधबारबाट छठ पर्व शुरु भइसकेको छ । चारदिनको छठ पर्वमा शुक्रबार सा“झ अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिने र शनिवार विहान भने उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न हुन्छ । तराईबाट शुरु भएको छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रहरुमा पनि मनाउन थालिएको छ । पछिल्लो सयम धरानका जुनसुकै जातीले मनाउन थालिएको छ

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • 1,145 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङ, सुनसरी सहितका थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

    धरान/ स्वास्थ्य मापदण्ड विपरित स्यानिटाइजर बनाउने मोरङ,सुनसरीका सहितका ६ कम्पनीलाई औषधि व्यवस्थ विभागले प्रतिबन्ध लगाएको छ । औषधि व्यवस्था विभागले स्वास्थ्य मापदण्ड विपरित मेथानोलको प्रयोग गरि स्यानिटाइजर उत्पादन गरेको पाइएपछि त्यस्ता कम्पनिलाई विभागले प्रतिबन्ध लगाएको हो । विभागले नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाइन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार सीता हर्बल सुनसरीले उत्पाद

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • 1,051 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लुमन्तीको सहयोगमा बनेका योजनाको अनुगमन

    विराटचोकः आवासका लागि सहयोग समूह लुमन्तीले सुन्दरहरैंचाका विपन्न र लक्षित समुदायका लागि निर्माण गरेका भौतिक पूर्वाधारको अनुगमन गरिएको छ । वडा नम्बर ४, ५ र ६ मा निर्माण भएका योजनाको अनुगमन गर्ने क्रममा सहभागीले लुमन्तीको सहयोगको प्रशंसा गर्दै विपन्न र लक्षित वर्गको सीप विकासमा पनि सहयोग गर्नुपर्ने बताएका थिए । लुमन्तीकी सुन्दरहरैंचा प्रमुख लक्ष्मी राईले यसअघि सीप विकास तालीम पनि दिइएको र यसपटक हालै निर्माण सम्पन्न भएका भौतिक पूर्वाधारकोे अनुगमन गरिएको बताइन् । लुमन्तीले वडा नम्बर ४ को चरिगुवाको सुकुम्बासी बस्ती शिवालय टोलमा २० फुटको सडक एजिङसहित निर्माण गरेको छ । राईका अनुसार सो स्थानमा पहिले

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • 1,058 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चाडवाड सकिए सगै धान थन्काउन किसानलाई चटारो

    रंगेली/ हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैं तिहार सकिए सगै गाउँवासीहरुलाई धान थन्काउने चटारो सुरु भएको छ । वर्ष भरीका लागि उब्जाएको धान थन्काउन आहिले गाउँवासीहरुमा चटारो सुरु भएको हो । गत वर्षको तुलनामा उब्जनीमा केही कमी आएको छ । नोभेल कोरोना भाइरस कोभिड १९ को संक्रमणको त्रासका बिच लागाइएको बाली विगतको तुलनामा कमि भएको किसान तिलक बजगाईको गुनासो रहेको छ । संक्रमणका बाबजुद खेतीमा उत्रिएका किसानहरुलाई यसपालिको उब्जनिले केही निरास बनाएको देखिन्छ । आकाशे पानिको भरमा खेती गर्न बाध्य याहाँका किसानहरुलाई सिचाईंका लागि उचित ब्यबस्थापन नहुदाँ थप समस्या झेल्नु परेको किसान बजगाईं गुनासो छ । सिचाई

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • 1,141 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved