शम्चूको ‘अनुहारमा आप्पा’ विमोचन

  • फागुन १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ युवाकवि दीपक शम्चूको कवितासङ्ग्रह ‘अनुहारमा आप्पा’ को विमोचन गरिएको छ ।

कृष्णभूषण बल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको विमोचन वरिष्ठ साहित्यकार डा तुलसीप्रसाद भट्टराई, प्राडा टङ्कप्रसाद न्यौपाने, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, गीतकारसमेत रहेका प्रदेश–१ प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी टेक तामाङलगायतले संयुक्त रूपमा गरेका थिए ।

‘अनुहारमा आप्पा’ शम्चूको पहिलो कवितासङ्ग्रह हो । विभिन्न पत्रपत्रिकामा उनका फुटकर सिर्जना प्रकाशित भएका छन् । विमोचित कृतिमाथि समालोचक भूषण ढुङ्गेलले टिप्पणी गरे । उनले कवितासङ्ग्रहमा विभिन्न स्वादका कविताहरू समावेश गरिएको बताए । आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका विषयलाई कविले सूक्ष्म रूपमा उठाएको उनको भनाइ थियो ।

कवि एवम् पत्रकार मीनकुमार नवोदितले सञ्चालन गरेको सो कार्यक्रममा कवि शुभलक्ष्मी लम्साल र धीरज राईले विमोचित कृतिका कविता सुनाए । सङ्ग्रहमा ३३ वटा कविता समावेश छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved