१६ नम्बर वडा बालमैत्री वडा घोषित

  • फागुन १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  धरानमा थप एउटा वडा बालमैत्री वडा घोषण भएको छ । सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरी धरान १६ नम्बर वडा लाई बालमैत्री वडा घोषणा गरिएको हो ।
यो सगैँ धरानमा बालमैत्री वडा घोषण हुने वडाको संख्या १४ पुगेको छ भने ६ वडा अझै पनि घोषणा हुन बाँकी रहेका छन् ।

स्थानीय शासन रणनिति २०६८ले निर्धारण गरेको सुचकहरु गत चैतमै पुरा गरेको भएपनि कोरोनाका कारण केही घोषणा गर्न केही ढिलाई भएइको वडा बाल सञ्जालका अध्यक्षा ऐनिस रेग्मीले बताए ।

१६ नम्बर वडाका वडाध्यक्ष दिलकुमार गिरीका अनुसार ३९ वटा सूचकमा तोकिएको नतिजा प्राप्त गरेको र १६ वटा तहगत खुड्किला पार गरेर बालमैत्री वडा घोषणा गरिएको बताए ।
उनले हाल ३२ वटा सूचकमा शत प्रतिशत र बाँकी ७ वटा सूचकमा ८० प्रतिशत भन्दा बढी नतिजा प्राप्त गर्न सफल भएको बताए । उनले ६ महिनासम्मको शिशुलाई आमाले पूर्ण स्तनपान, बालबालिकाले पूर्ण खोप पाएको, भिटामिन ए खुवाइएको, गर्भवती आमाको दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको लगायतका सूचक पार गरेको जानकारी दिए ।
वडाले बालबालिकाको क्षमता विकासकाले वर्षेनी वडाको १५ प्रतिशत बजेट छुट्याउने गरेको बताउँदै वडाध्यक्ष गिरीले बालमैत्री घोषणा भएर मात्र यसले पूर्णता नपाएको र बालमैत्री स्थानीय शासनलाई दिगो र संस्थागत बनाउन थप चुनौती रहेको बताए ।

उनले दिगोपनका लागि पञ्चवर्षीय योजना तयार गरिएको र यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रदेश सांसद उमिता विश्वकर्मा, सावित्री जोशी, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लगायतको उपस्थिति थियो ।

मनसुनको पहिलो दिनै ध ...

सुनसरी/ यस वर्षको मनसुन सुरु भएको पहिलो दिन शुक्रबार रा ...

मन्जु गुरुङ ‘मिसेस स ...

धरान/ वुमन्स वर्थ ग्रुप (WWG) द्वारा बिहीबार आयोजित &ls ...

भोजपुरको ऐतिहासिक से ...

भोजपुर/ नेपालमा फलाम खानीको उल्लेख्य सम्भावना हुँद ...

११४३ किलो गाँजासहित ...

उदयपुर/ उदयपुरमा प्रतिबन्धित लागूपदार्थ गाँजाको ठू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved