विराटनगर/ बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको जहदा गाउँपालिकाकी अभिभावकविहीन ११ वर्षीया बालिकालाई जर्बजस्ती गरेको आरोपमा ४५ वर्षीय राजेन्द्र सरबरियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीको साहेबगन्जमा नेपाल–भारत सीमा नजिकबाट उनलाई पक्राउ गरिएको हो । पीडितकी ठूलीआमा ३८ वर्षीया पार्वतीदेवी मुखियाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले सरबरियालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताए । जहदा–१ को धुनीटोलमा बालिकालाई बलात्कार गरिएको आफन्तको दावी छ । गाउँमा एक सातासम्म ‘गुपचुप’ पारिएको घटनालाई गम्भीररूपमा लिइएको प्रहरीले बताएको छ । सरबरियाले साहेबगन्ज हुँदै भारतको दिल्ली पुगेर त्यहाँबाट जाहेरी दिनेलाई बदला लिने धम्की दिने गरेको आफन्तको भनाइ छ ।
यसैगरी, जहदा–१ को राजवंशी टोलमा गत माघ २६ गते एक बालिकालाई अपहरणपछि बलात्कार गरिएको थियो । पिसाब फेर्न बाहिर निस्केको बेला मोटरसाइकलमा आएका दुई युवाले आपूmलाई बलात्कार गरेर फेरि घरमै छाडिदिएको पीडित १४ वर्षीया बालिकाले बताएकी छन् ।
घटनामा संलग्न रहेका भनिएका जितेस यादव र अजय धोबिया फरार छन् । उनीहरूलाई भगाउन सहयोग गरेको आरोपमा स्थानीय लङ्काटोलका उदयानन्द सरबरियालाई प्रहरीले पक्राउ गरेको छ ।