बालिकालाई करणी गरेको आरोपमा पक्राउ

  • फागुन १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको जहदा गाउँपालिकाकी अभिभावकविहीन ११ वर्षीया बालिकालाई जर्बजस्ती गरेको आरोपमा ४५ वर्षीय राजेन्द्र सरबरियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीको साहेबगन्जमा नेपाल–भारत सीमा नजिकबाट उनलाई पक्राउ गरिएको हो । पीडितकी ठूलीआमा ३८ वर्षीया पार्वतीदेवी मुखियाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले सरबरियालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताए । जहदा–१ को धुनीटोलमा बालिकालाई बलात्कार गरिएको आफन्तको दावी छ । गाउँमा एक सातासम्म ‘गुपचुप’ पारिएको घटनालाई गम्भीररूपमा लिइएको प्रहरीले बताएको छ । सरबरियाले साहेबगन्ज हुँदै भारतको दिल्ली पुगेर त्यहाँबाट जाहेरी दिनेलाई बदला लिने धम्की दिने गरेको आफन्तको भनाइ छ ।

यसैगरी, जहदा–१ को राजवंशी टोलमा गत माघ २६ गते एक बालिकालाई अपहरणपछि बलात्कार गरिएको थियो । पिसाब फेर्न बाहिर निस्केको बेला मोटरसाइकलमा आएका दुई युवाले आपूmलाई बलात्कार गरेर फेरि घरमै छाडिदिएको पीडित १४ वर्षीया बालिकाले बताएकी छन् ।

घटनामा संलग्न रहेका भनिएका जितेस यादव र अजय धोबिया फरार छन् । उनीहरूलाई भगाउन सहयोग गरेको आरोपमा स्थानीय लङ्काटोलका उदयानन्द सरबरियालाई प्रहरीले पक्राउ गरेको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved