Top 4

    Showing 8,431-8,440 of 9,409 items.
  • बराहक्षेत्रमा आदर्श माविको भवन उद्घाटन

    धरान । बराहक्षेत्र–२ मा रहेको आदर्श माविको नवनिर्मित भवनको आज (शुक्रबार) उद्घाटन भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं. १ का संघिय सांसद जयकुमार राईबाट प्राप्त रकमबाट विद्यालयको दुई तले भवन निर्माण सम्पन्न भएको हो । शुक्रबार सांसद जयकुमार राईले भवनको उद्घाटन गर्नुभएको हो । २० लाखको लागतमा विद्यालयको भवन निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद जयकुमार राईले विद्यालयको शैक्षिक विकासकालागी संघिय सरकारले महत्वका साथ हेरिरहेको बताए  । उनले शिक्षाको क्षेत्र अहिले आइटिको युगमा प्रवेश गरेको भन्दै सोही अनुरुप शिक्षाको

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 988 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रथम पट्नाली च्यालेन्ज कपको फाइनलमा बराहक्षेत्र र धरान भिड्ने

    धरान । धरान–१७ स्थित पट्नालीमा भइरहेको प्रथम पट्नाली च्यालेन्ज कपको फाइनलमा बराहक्षेत्र फुटबल क्लब चतरा र गोधुली फुटबल क्लब धरानबीच प्रतिष्पर्धा हुने भएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा धरानको ज्योती एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बराहक्षेत्र फुटबल क्लबले फाइनलको यात्रा तय गरेको हो । ज्योती एफसीका क्याप्टेन योगेश राईको अनगोलमा बराहक्षेत्र विजयी भएको हो । शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलको म्यान अफ द म्याच बराहक्षेत्रका क्याप्टेन आकाश राई घोषित भए । उनलाई ट्रफी तथा नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो । शनिबार पटनाली खेल मैदानमा धरानको गोधुली क्लब र बराहक्षेत्र फुट

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,235 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषणदासलाई थुनामानै राख्न सर्वोच्चको पनि आदेश

    धरान । उच्च अदालत बिराटनगरको फैसला विरुद्ध सर्वाेच्च अदालत गएका सिद्ध बाबा भनिने कृषण बहादुर गिरिको मुद्धामा आज (शुक्रबार) सर्वाेच अदालतले आदेश गरेको छ । उच्च अदालत बिराटनगरले गिरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । गिरि माथि आफ्नै एक महिला अनुयायी माथि बलात्कार गरेको मुद्धा जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो । आज सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलाशले उच्च अदालतको आदेशलाई नै सदर गरेको । सर्वाेच्चको यो आदेश सगै सिद्धबाबा भनिने कृषण बहादुर गिरि अनिश्चितकालका लागि कारागारमै बस्ने भएका छन् । गिरिलाई जिल्ला अदालत सुनसरीले३ लाख धरौटि

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,945 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा २ सय २० कोरोना संक्रमित थपिए, १ सय ८८ डिस्चार्ज

    विराटनगर । प्रदेश १ मा आज २सय २० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०–१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बा¥हदशी, अर्जुनधारा, झापा गाउँपालिकामा २–२, हल्दिबारी, गौरादह र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ४४, सुन्दरहरैचामा ८, पथरीशनिश्चरे र बेलबारीमा ५–५, उर्लाबारीमा ४, रतुवामाईमा ३, मिक्लाजुङमा २, कटहरीमा १, सुनसरीको धरान

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 831 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा प्रचण्ड–नेपाल समूहको प्रदेशस्तरीय अलग भेला

    विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेता नेपाल निकटका केन्द्रीय सदस्यले सुनसरीको इटहरीमा अलग्गै भेला आयोजना गरेका छन । प्रदेश १ स्तरीय भेलाका रुपमा केन्द्रीय नेताको सहभागितामा प्रदेशस्तरीय नेतृत्वले अलग्गै भेला आयोजना गरेका हुन । केहीअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूँ निकटका प्रदेशस्तरीय नेता कार्यकर्ताहरुसंग भर्चुअल छलफल आयोजना गरेका थिए । ओलीको छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि सहभागी थिए । सुनसरीमा गोप्य रुपमा आयोजना गरिएको भेलामा भूगोलका इन्चार्ज र सहइन्चार्जसहित प्रदेशका नेता कार्यकर्ता सहभागी थिए । इटहरीको साथी पेट्रोल पम्प अगाडिको

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,243 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तहमा विद्यालय सञ्चालन, कतै खुल्दै कतै मोडालिटी बनाउँदै

    इलाम/ इलामको फाकफोकथुम गाउँपालिकाले मंसिर १४ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको कारण गत चैत्र ११ गतेबाट बन्द रहेका विद्यालय १४ गतेबाट खुल्ने भएका हुन । पालिकाले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार सुरक्षाका उपाए अपनाएर मंसिर १४ गतेबाट पठनपाठन सञ्चालन गर्न विद्यालयलाई पत्र पठाईसकेको प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले बताए । उनले भने ‘स्टाफ, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला समेत राखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेर मंसिर १३ गते भित्र गाउँपालिकामा पेश गर्नुपर्ने र १४ गतेबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।’ विद्य

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,726 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • पिडकहरु धरौटीमा छुटेर धम्काउन थाले पछि सुकुम्बासी परिवार विस्थापित हुने अवश्था

    मोरङ । ज्यानै जाने गरि केही दिन अघि भएको घटनामा पिडित बनेका मोरङ बेलवारी नगरपालिका ५ कसेनीका एक सुकुम्बासी परिवार अहिले थातथलो नै छाड्नु पर्ने अवश्थामा पुगेका छन् । गत भदौ १२ गते भएको घटनामा एक जनाको हत्या र तिन जना सदस्य सिकिस्त घाइते बनेका धन कुमार राईको परिवार अहिले विस्थापित हुनुपर्ने अवश्थामा पुगेका छन् । घटनाका दोषिहरु धरौटीमा छुटेर धाकधम्की दिन थाले पछि उनीहरुमा सुरक्षा जोखिम बढेको छ । रिहा भई हुन थाले पछि बाँसको पुल तर्दा चर्को शुल्क उठाएको भन्दै विरोध गर्नेलाई आक्रमण गरेको झगडा मिलाउन जाँदा एक जनाको हत्या भएको र तीन जना सदस्य सिकिस्त घाइते बनेपछि पिडित बन्ने पुगेको एक सुकुम्बासी परि

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,300 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यालय टाढा भएका विद्यार्थीले साइकल पाउँदा फुरुङ्ग

    बराहक्षेत्र । बिहीबार पवित्रा मगरको मन फुरुङ् थियो । फुरुङ्ग मन लिएर झण्डै २ घण्टा हिंडेको पनि पत्तो पाइनन् । हिंड्दै चम्पापुर आइपुगिन् । त्यहाँ एकघण्टा हिउँदे घाममा उभिइन् । सामाजिक कार्यकर्ता बोलेको सुनिन् । राजनीतिक दलका नेता बोलेको सुनिन् । वडाध्यक्ष बोलेको सुनिन् । मेयर बोलेको सुनिन् । सांसद बोलेको सुनिन् । सबै बोलिसके पछि फुरुङ्ग भएको उनको मन झनै फुरुङ्ग भयो । उनलाई १ घण्टा भन्दा बढी हिंडेर विद्यालय आउनुपर्छ । कोशी नदी उकास श्रीलंकाटप्पुस्थित चिलैयाबाट बेलका ९ स्थित कमलाबारी आइपुग्न लाग्ने समय हो यो । कक्षा ८ मा पढ्छिन् पवित्रा । बिहान परिवारका सबै सदस्यलाई खाना बनाएर मात्रै उनको फुर्सद

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,481 पटक पढिएको
    • "नवराज विष्ट"
  • सिपमुलक तालिमलाई एकरुपता दिन कार्यदल गठन

    मोरङ । विभिन्न मन्त्रालयहरुबाट प्रदान गरिने सिपमुलक तालिमलाई एक रुपता दिन प्रदेश नम्बर १ मा अध्ययनका लागि कार्यदल गठन गरिएको छ । सामाजिक विकाश मन्त्रालयको संयोजकत्वमा तिन मन्त्रालयका महाशाखा प्रमुख सदस्य रहने गरि कार्यदल गठन गरिएको हो । सामाजिक विकाश मन्त्रालय, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय बिच भएको छलफलले बनाएको कार्यदललाई तालिम सञ्चालनको खाँका तयार गर्ने जिम्मेवारी दिईएको छ । सीपमुलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगरि मन्त्रालयवीच छलफल भएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा छलफल भएको थ

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,038 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरेश गन्धर्वको सहयोगार्थ अभियान शुरु ,आर्थिक सहयोग जुट्दै

    धरान । लोक गायक सुरेश गन्धर्वको उपचारको सहयोगार्थ रंगकर्मी विष्णु मोक्तानको संयोजकत्वमा १९ सदस्यीय सुरेश गन्धर्व सहयोग अभियान गठन गरीएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ट्रपिकल वार्डमा उपचार गराईरहेका गन्धर्वको उपचारका लागि संचालन भएको अभियानमा नेता फोक्वाहाङ सुब्बा चोत्लुङ, युवा व्यवसायी गंगा कालिकोटे, पत्रकार दिनेश गजमेर, संजिता धमला, भैरव आङ्ला, सौरभ श्रेष्ठ, सन्तोष काफ्ले, गोपाल दाहाल रहेका छन । यस्तै, समाजसेवी सविता राई, खेलाडी किशोर सम्बाहाम्फे, कलाकारहरु मिना सिंगक, रेखा फागो, विनायक राई, हेम सुब्बा, हर्षु राई, नेता युवराज शंकर, राजिव दाहाल र ज्ञान सुब्बा थे

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,151 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved