प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि दमकलाई

  • चैत २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/  मोरङको सुन्दरहरैँचास्थित गछियामा सम्पन्न एक नम्बर प्रदेशस्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि झापाको दमकले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक जनसहयोग युवा क्लब सुन्दरहरैँचालाई ३–० को सोझो सेटमा पराजित गर्दै दमकले उपाधि जितेको हो ।

उपाधि विजेता दमकले १ लाख १ हजार १ सय ११ रूपैयाँसहित ट्रफी पाएको छ । उपविजेतामा चित्त बुझाउन बाध्य आयोजकले ५१ हजार १ सय ११ रूपैयाँ र ट्रफी पाएको छ ।
यस्तै, आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा सुनसरीको रामधुनीलाई पराजित गर्दै विमान ट्रेडर्स बिर्तामोड विजयी भएको छ ।

तेस्रो भएको बिर्तामोडले नगद २५ हजार १ सय ११ रूपैयाँ र ट्रफी हात पारेको छ । शनिबार भएको पहिलो सेमीफाइनल खेलमा विमान ट्रेडर्स बिर्तामोडलाई ३–१ ले पराजित गर्दै आयोजकले फाइलनमा स्थान पक्का गरेको थियो भने दोस्रो सेमीफाइनल खेलमा सुनसरीको रामधुनीलाई ३–१ को सेटमा पराजित गर्दै दमकले भिडन्त पक्का गरेको थियो ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कृत गरिएको छ । विजेता तथा उपविजेता खेलाडीहरूलाई सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, वडा ६ का वडाध्यक्ष जीवन राई, नेता केदार गुरागाईं, काङ्ग्रेस नेता भक्ति सिटौलालगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा समिट धरान, रामधुनी, बबियाबिर्ता, विमान ट्रेडर्स बिर्तामोड, इटहरी उपमहानगरपालिका, दमक झापा, मधेशा ट्रेनिङ सुनसरी, आदर्श युवा क्लब लक्ष्मीमार्ग, केराबारी मोरङ, भोक्राहा सुनसरी र आयोजक टिमलगायत गरी १२ वटा टिम सहभागी थिए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved