वराहक्षेत्रमा कांग्रेसद्बारा नगर सभा बहिस्कार "मेयर खनाललाई राजेश्व चुवावट सहित ४ बुदे असन्तष्ट पत्र "

  • फागुन २८, २०७७
  • "संगम बिष्ट"
alt

चतरा / शुक्रवार आयोजना भएको वराहक्षेत्र नगरपालिकाको सातौ नगर सभा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् । नेपाली कांग्रेस नगर कार्य समिति वराहक्षेत्रको हुइप अनुसार बिहान सम्पन्न नगर कार्यपालिका सदस्यको बैठक समेत बहिस्कार गरेका थिए । ३ वडाध्यक्ष सहित १२ जना जनप्रतिनिधिहरुले मध्यायनबाट सुरु नगरसभा लिखित असन्तुष्ट पत्र बुझाउदै बहिस्कार गरेका थिए ।

साढे ३ वर्षको नगरपालिका सञ्चालनमा मेयर निलम खनालले एकलौटि निर्णय गर्देे काम गरेको , ढेक्का पट्टा, टेन्डरमा सेटिङ्ग गरि कार्यक्रता रिजाउने गरेको, बिकास निर्माणमा एक्लौटि गरि राजनैतिक आग्रह पुर्वाग्र र मिलेमतो गरि आर्थिक अपचलन गरेको भन्दै चार बुदे असन्तष्ट पत्र मेयर खनाललाई बुझाएका थिए ।

कांग्रेसका जनप्रतिनिधिहरुले नगर सभाको निमन्त्रणा पाएका नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि तथा वडा नं १ वडाध्यक्ष सुरेश श्रेष्ठलाई बिना कारण प्रहरीले धरपकट गरि नियन्त्रणमा राख्दा पनि नगरपालिकाले एउटा बिक्षप्ति समेत ननिकालेको हुदा वडाध्यक्षनै असुरक्षित रहेकाले सामान्य जनताको नगरपालिकाले सुरक्षा गर्न नसक्केको हाम्रो ठहर सहित , नगरपालिकाको नगर सभाबाट पारित गरेको पानिबोटले वराहक्षेत्र नगरपालिकाको राजेश्ब शाखामा प्रति बोट भुक्तानि गर्ने ३ लाख पानिबोट सञ्चालकले नतिरेको र सो राजेश्व उढाउन पटक- पटक नगर सभामा कुरा उठाउदा समेत वेवास्ता गरी सो राजेश्ब नउढाएको , पानिबोट सञ्चालनकले मनोमानि भाडा दर असुल्ने गर्ने गरेको प्रति वेवास्ता गरेको र किरात धर्मालम्बीहरुले आस्थाको केन्द्रको रुपमा रहेको खुवालुङ धानाको ढुङ्गा फुटाउन नेपाल सरकारले बजेट छुटाई जातिय हिसां फैलाउन खोज्दा पनि नगरपालिका मौन रहेको बिषयमा असन्तष्ट जनाएका थिए ।

नगर सभा सुरु हुन साथ नगर सभाध्यक्ष मेयर निलम खनालसंग बोल्न समय लिदै वराहक्षेत्र नगर सभाका प्रमुख प्रतिपक्षका नेता समेत रहेका वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईले २ पाना लामो असन्तष्ट पत्र बाचन गरेका थिए ।

received_733298350710482

received_457493105686101

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved