बराहक्षेत्र / बराहक्षेत्र–८ स्थित शिवशक्ति चोकमा सोमबार साप्ताहिक हाट लगाउन थालिएको छ । नेपालकै अग्ला व्यक्ति राजन अधिकारीले गत सोमबार हाटको औपचारिक उद्घाटन गरे । अब हरेक सोमबार यहाँ हाट लाग्ने छ । यस क्षेत्रका अधिकांश नागरिक कृषि पेसामा आबद्ध छन् । उनीहरूले खेतीसँगै पशुपालन पनि गरेका छन् । स्थानीयले उत्पादन गरेका कृषिजन्य सामग्री नजिकै बिक्री गर्न सहज होस् भन्ने उद्देश्यले हाट लगाउन थालिएको हो । स्थानीय उपभोक्ताले पनि सहज रूपमा खरिद गर्न सकून् भनेर हाट लगाउन शुरु गरिएको बजार व्यवस्थापन समितिका सचिव ख्यामबहादुर थापाले बताए ।सोमवारे सामुदायिक बजार नाम दिइएको हाटमा पहिको साता नै कृषि उत्
इलाम/ कोरोना भाइरस सङ्क्रमणका कारण लामो समयसम्म बन्द भएको जिल्लाको खेलकुद गतिविधि जुर्मुराउन थालेको छ । कोरोना सङ्क्रमणका कारण बन्द रहेको खेलकुद गतिविधि फाट्टफुट्ट हुन थालेका छन् । यति बेला जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सम्पन्न भइसकेका छन् भने कतिपय प्रतियोगिता शुरु हुन लागेका छन् । माई नगरपालिकामा गत फागुन २१ गते शुरु भएको वडास्तरीय प्रथम सुखानी शहीद स्मृति पूmटबल प्रतियोगिताको फाइनल २९ गते सम्पन्न भयो । माई–४ को शुक्रबारे खेल मैदानमा महिला र पुरुषतर्पm प्रतियोगिताको आयोजना गरिएको थियो । राष्ट्रिय स्तरका खेलाडी छनोट गर्ने उद्देश्यले युवा सङ्घ, माई नगर कमिटीले प्रतियोगि
विराटनगर / सरकारविरुद्धको अविश्वास प्रस्ताव र नेकपाबीचको विवादका कारण प्रदेश नं १ को प्रदेशसभा बिजनेसविहीन बन्न पुगेको छ । विधेयक अधिवेशन भएपनि सरकारले विधेयक नै नदिएपछि प्रदेशसभा विधेयकविहीन बन्न पुगेको हो । प्रदेशसभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले हिउँदे अधिवेशन शुरु भएपनि हालसम्म जम्मा एउटा विधेयकमात्र दर्ता गराएको जानकारी दिएकी छन । अर्को बैठक कहिले बस्ने भन्ने टुंगो नभएको बताउँदै भनिन्, “यो विधेयक अधिवेशन हो, तर सरकारद्वारा कृषि अनुदान सम्बन्धी जम्मा एउटा विधेयकमात्र दर्ता भएको छ ।” प्रतिनिधिसभा विघटनसंगै प्रदेशसभामा समेत सरकार गिराउने र बचाउने खेल शुरु भएसंगै प्रदे
धरान/ उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका बिरामीहरुले घण्टौं लाइनमा उभिएर नाम दर्ता गर्नु पर्ने बाध्यता कायमै रहेको छ । प्रदेश १ र २ का विरामीहरु दैनिक ३ हजार भन्दा बढी उपचारका लागि आउने गर्दछन् । तर बिल काट्ने काउण्टर व्यवस्थापन नहुँदा बिरामीले अझै पनि झञ्झट व्यहोर्नु परीरहेको छ ।दुई दिन अघि पेटको समस्या लिएर ओपीडीमा चेकजाँच गराउन आएकी झापा बिर्तामोडकी सम्झाना मोतेले ओपीडीको बिल काट्नै झन्झटिलो रहेको सुनाईन् । पहिलो दिन त उनले बिल काट्नै पाइनन् । दोस्रो दिन करिब ३ घण्टा लाइनमा बसेर बिल काटिन् । उनी भन्छिन्, ‘यति ठुलो अस्पताल छ, बिल काट्न भने दुई
इटहरी/ नवयुग भेन्चर प्रालिले एक कार्यक्रमकाबीच आफ्नो पहिलो वार्षिकोत्सब सम्पन्न गरेको छ ।प्रालिले इटहरीस्थित रोयल रिसोर्टमा आफ्नो पहिलो वार्षिकोत्सब सप्पन्न गरेको हो । उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष एवं उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलको प्रमुख आतिथ्यमा मंगलबार साँझ इटहरीमा भेन्चरले आफ्नो वार्षिकोत्सब मनाएको थियो । पौडेलले प्रदेश १ मा रहेर नवयुगले एक वर्षमा उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे । उनले कोभिडका कारण धेरै व्यवसाय धरासायी भएको भएपनि पछिल्लो समय व्यापार सुधारोन्मुख अवस्थामा आएको बताए । यद्यपि, व्यवसायीका लागि राज्यका तर्फबाट हुने पहल नरहेको उनको गुनास
इलाम / इलाम नगरपालिका–५ का मेघनाथ आचार्यको घरमा सानो गाई थियो । गाईबाट दैनिक दुई÷तीन लिटरमात्र दूध उत्पादन हुन्थ्यो । धेरै दूध दिने गाई किन्ने पैसा पनि थिएन । आफूसँग पैसा नभएपछि धेरै दूध दिने गाई किन्न नसकेका आचार्य दुःखले घर खर्च चलाइरहेका थिए तर गाई किन्नका लागि इलाम नगरपालिकाले अनुदान दिएपछि उनको दैनिक आम्दानी बढेको छ । अनुदानको रकमबाट उनले धेरै दूध दिने गाई किने । अहिले दैनिक २२ लिटरसम्म दूध बेचिरहेका छन् । पहिले दैनिक चार लिटर दूध बेचेर मासिक पाँच हजार दुई सय ८० रूपैयाँ आम्दानी गरिरहेका आचार्य अहिले मासिक २९ हजार रूपैयाँ आम्दानी गरिरहेका छन् । आफूले उत्पादन गरेको दूध सङ
इटहरी / नेपाली काङ्ग्रेस सधैँ लोकतन्त्र र संविधानको रक्षक भएकोले सत्तामा लोभिएर सरकारमा नजाने काङ्ग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । पत्रकार महासङ्घ सुनसरीले सोमबार यहाँ आयोजना गरेको पुरस्कार वितरण समारोहमा कार्कीले भने, ‘तत्काल सरकारमा जाँदैनौँ, हामी जनतामाझ जान्छौँ ।’ मुलुकमा विद्यमान् राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको बताउँदै उनले काङ्ग्रेस प्रतिपक्षमै बस्ने प्रस्ट पारे । कार्कीले पछिल्लो राजनीतिक द्वन्द्वका कारण लोकतन्त्र धरापमा पर्नुका साथै संविधानको अस्तित्व नै सङ्कटमा परेको जिकीर गरे । उनले पत्रकार महासङ्घ सुनसरीले स
धरान/ कोभिड–१९ को महामारी विश्वभरि फैलिएपछि यसको रोकथामका लागि खोपसमेत उत्पादन भइसकेको छ । लामो समयपछि उत्पादन भएका खोपहरू नेपालमा समेत लगाउन थालिएको हो । भारत र चीनको सहयोगमा ल्याइएका त्यस्ता खोप लगाउनेको सङ्ख्या भने जनचेतनाको अभावका कारण कम रहेको पाइएको छ । धरान–१४ मा खोप लगाउन पुगेका ६० वर्षीय चन्द्रमणि न्यौपानेले खोप लगाउँदा कोरोना सर्छ कि सर्दैन भन्ने अन्योलमै खोप लगाएको बताए । सामाजिक सञ्जालमा आएका प्रचार र बाहिर सुनिएका हल्लाका कारण खोप लगाउनेको सङ्ख्या थोरै भएको उनकै भनाइबाट प्रस्ट हुन्छ । उनले भने, ‘कसैले यो प्रयोगका लागि आएको औषधि भने, कसैले के भने, हल्लैहल्ला
विराटनगर । भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरबाटै पुनः भारततर्फ डिजेल तस्करी गर्ने कार्यमा संलग्न दुई जना भारतीय पक्राउ परेका छन । विराटनगर महानगरपालिका वडा नं. ४ कन्चनबारी स्थितमा रहेको नेपाल आयल नियम १ नं. प्रदेश कार्यालयबाट भारत जिल्ला अररिया मिरगन्ज बस्ने वर्ष २६ को मोहमद सजाद र वर्ष २१ को ईमरोज आलम पक्राउ परेका हुन । उनहिरुले को १ ख ५९१२ नम्बरको ट्याङकरमा निगमको विनियम तथा प्रचलित कानुन विपरित पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गरेको प्रहरीको भनाई छ । दुबैले नेपालतर्फबाट ट्यांकरमै लोड गरेर पुनः भारततर्फ डिजेल तस्करी गर्ने तयारी गरेका थिए । बुढीगंगा गाउँपालिकाको
इटहरी / एक साताअघि सुनसरीको भन्टाबारी नाकाबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले त्यसकै भोलिपल्ट अर्काे सीमा क्षेत्रबाट हतियारसहित एकजनालाई पक्राउ गरेको थियो । सुनसरीसँग सीमा जोडिएका हरिनगरा र भन्टाबारीबाटै प्रहरीले अवैध बोइलर कुखुरा, अन्डा र लत्ताकपडाहरू पनि बरामद गरकेको छ । जाँचकै क्रममा प्रहरीले आइतबार पनि भन्टाबारी नाकाबाटै अवैध रूपमा सुनसरीमा ल्याइँदै गरेको अवस्थामा को विभिन्न जातका १०० किलो माछा बरामद गरी नष्ट गरेको छ । यसरी भारतीय नाकाहरूबाट दैनिकजसो तस्करी बढ्न थालेपछि पछिल्लो समय नेपाल प्रहरी थप चुनौतीको सामना गर्न बाध्य बनेको छ । नेपाल स