सुरक्षामा बाधक बन्दै भारतीय नाका : जति कडाइ, त्यति तस्करी

  • चैत २, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी /  एक साताअघि सुनसरीको भन्टाबारी नाकाबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले त्यसकै भोलिपल्ट अर्काे सीमा क्षेत्रबाट हतियारसहित एकजनालाई पक्राउ गरेको थियो ।

सुनसरीसँग सीमा जोडिएका हरिनगरा र भन्टाबारीबाटै प्रहरीले अवैध बोइलर कुखुरा, अन्डा र लत्ताकपडाहरू पनि बरामद गरकेको छ । जाँचकै क्रममा प्रहरीले आइतबार पनि भन्टाबारी नाकाबाटै अवैध रूपमा सुनसरीमा ल्याइँदै गरेको अवस्थामा को विभिन्न जातका १०० किलो माछा बरामद गरी नष्ट गरेको छ ।

यसरी भारतीय नाकाहरूबाट दैनिकजसो तस्करी बढ्न थालेपछि पछिल्लो समय नेपाल प्रहरी थप चुनौतीको सामना गर्न बाध्य बनेको छ । नेपाल सरकारले प्रत्येक सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाइ खटाउने गरेको छ । प्रहरी एकाइले जति कडाइ र सावधानी अपनाए पनि तस्करी नरोकिएपछि पछिल्लो समय सुरक्षा चिन्ता पनि बढ्न थालेको छ ।
प्रहरीको आधाभन्दा बढी जनशक्ति सीमा नाकाहरूमा परिचालन गरिए पनि तस्करीका सामग्री र हतियारसँगै लागूऔषध बरामद हुने क्रम अझै रोकिएको छैन । सुनसरीमा भन्टाबारी, हरिनगरा, देवानगन्जसहित सातवटाभन्दा बढी नाकाहरू छन् । सबै नाकामा सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट) स्थापना भइसकेका छन् । नेपाल प्रहरीले पनि नियमित जाँचलाई तीव्रता दिएको छ ।

कोरोना सङ्क्रमणको बेला पनि चुनौती बनेका सीमा क्षेत्रहरू अहिले दैनिकजसो हुने तस्करीका कारण प्रहरीका लागि समस्या बनेका छन् । यसले गर्दा शान्ति सुरक्षा कायम राख्न पनि हम्मे बनेको छ । गएको चैत ११ गते मुलकमा बन्दाबन्दी शुरु भएयता गत फागुनसम्म अवैधरूपमा नेपाल प्रवेश गरेका कम्तीमा ६ सय भारतीय नागरिकलाई नियन्त्रणमा लिएर प्रहरीले भारत प्रसाशनलाई बुझाएको देखिन्छ ।

आफूले भर्खरमात्र सुनसरीको कार्यभार सम्हालेको जनाउँदै सुनसरीका नयाँ सीडीओ उमेशकुमार ढकालले सीमा क्षेत्रका विषयमा निकै चर्चा हुने गरेको बताए । उनले जिल्लामा प्रवेश गरेलगत्तै आफूले भारतीय नाकामा हुने अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । त्यसैको फलस्वरूप अहिले दैनिकजसो तस्करीका सामानहरू बरामद गर्न सफल भइरहेको उनको भनाइ छ ।

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved